images
images
  • Latest Update

    Trending

    ईलाम उपनिर्वाचनबाट नेपाली ख्रीष्टियनहरुले सांकेतिक आन्दोलनको घोषणा गर्नुपर्छ : पत्रकार निरोज तोलाङे

    ललितपुर । नेपाली ख्रीष्टियन समुदायले इलामको उपनिर्वाचनमार्फत आफनो मतलाई शक्तिमा बदल्न सांकेतिक आन्दोलनको घोषणा गर्नुपर्ने पत्रकार निरोज तोलाङे बताएका छन।

    ईलाम क्षेत्र नं. २ मा वैशाख १५ गते हुने उपनिर्वाचन नजिकिदैँ गर्दा ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालका सचिव समेत रहेका पत्रकार निरोज तोलाङेले मंगलबार रेडियो पर्यावरणको कार्यक्रममा आफनो धारणा राखदै इलाममा ख्रीष्टियनहरुको मत संख्या ४० हजार रहेकोले ख्रीष्टियनहरुको हक हित र पहिचान स्थापनाका लागि सरकारमा र बाहिर रहेका कुनै पनि दलले बिगतदेखी वर्तमानसम्म ख्रीष्टियन हितमा कुनै पनि आशा लाग्ने काम नगरेकोले भोट नहाल्न र इलामको उपनिर्वाचनमार्फत आफनो मतलाई शक्तिमा बदल्न सांकेतिक आन्दोलनको घोषणा गर्नुपर्ने बताएका हुन ।

    हालै गृह मन्त्रालयको परिपत्रका बारेमा आफनो धारणा राख्दै उनले भने, गृहको परिपत्र अन्तरराष्ट्रिय मानव अधिकारविरुद्ध छ, यो अल्पंख्यक धार्मिक समुदायको धार्मिक स्वतन्त्रतामाथिको प्रतिवन्द्ध लगाउने गृहको सुनियोजित कुटिल चाल हो, यो कदापी सह्यै छैन सरकारले यो कुनै पनि हालतमा सो परिपत्र खारेज गर्नुपर्छ ।’

    देश धर्मनिरपेक्ष हुँदा पनि नेपाली ख्रीष्टियन समुदाय राज्यको नजरमा आतंककारी जस्तै भएकोले ख्रीष्टियन समुदायले आफनो धर्म तथा आस्थाको अभ्यास गर्दा राज्यले नेपाली ख्रीष्टियनहरुलाई हतकडी, याताना, धरपकड र जेलचलानको उपहार दिएकोले अब सरकार र कुनै पनि दलहरुमाथि विश्वास गर्न सक्ने आधार नभएकोले उपनिर्वाचनमा आफनो मतलाई पुर्नविचार गर्नसमेत इलामेली ख्रीष्टियन समुदायलाई उनले आग्रह गरे ।

    संविधानको मर्मलाई नै मिचेर सरकारले ख्रीष्टियन समुदायलाई अनागरिक बनाउने प्रयास गरेको बताउँदै उनले भने, ‘आगामी दिनमा ख्रीष्टियन समुदायमाथि अझ बढी राज्यको तर्फबाट आक्रमण र विभेद हुने संकेत देखिएको छ, यसबारेमा नेपाली ख्रीष्टियन समुदाय सचेत भई एक भएर अघि बढनुको विकल्प छैन्।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्