images
images
  • Latest Update

    Trending

    कर्णालीका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण

    कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

    कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए ।

    गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि आज मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले भोलि विश्वासको मत लिने तयारी गरेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्