images
images
  • Latest Update

    Trending

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको अनुमति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार हुने उपनिर्वाचनका लागि सेना परिचालन गर्न अनुमति दिएका छन् ।

    गत वैशाख १० गतेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न अनुमति दिएका हुन् ।

    इलाम क्षेत्र नं २ मा हुने प्रतिनिधि सभा र बझाङ १ (१) मा हुने प्रदेश सभाको निर्वाचनमा सेना परिचालनका लागि मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति दिएका हुन् ।

    वैशाख १५ गते शनिबार इलाम क्षेत्र नं २ र बझाङ १(१) मा उपनिर्वाचन हुँदैछ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्