images
images
  • Latest Update

    Trending

    ‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

    काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन आदेश दिएको छ ।

    सर्वोच्चले यही वैशाख २० गते ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाउन आदेश दिएको हो ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा हदैसम्मको सजायको माग गरिएको थियो ।

    सर्वोच्चले ‘सिधाकुरा डटकम’ले ‘द डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडिओको प्राविधिक अनुसन्धान गर्न पनि प्रहरीलाई आदेश दिएको छ ।

    ‘श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सोसम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनू र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने’, आदेशमा भनिएको छ ।

    प्रसारण स्थगित

    यसैबीच ‘सिधाकुरा’ डटकममा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको प्रकाशन र प्रसारण रोकिएको छ ।

    प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई उक्त श्रृङ्खलाका प्रकाशित सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको ‘सिधाकुरा’का सम्पादकले सोमबार जनाएका छन् ।

    सम्पादकको उक्त निर्णयसँगै उक्त श्रृंखलाका यसअघि प्रसारित-प्रकाशति सामाग्री पनि ‘सिधाकुरा’ले हटाएको छ ।

    सर्वोच्चको आदेश

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्