images
images
  • Latest Update

    Trending

    सुहाङलाई बिहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिने

    काठमाडौं । पाँच हजार ८३० मतान्तरसहित इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान आएको मतपरिणामअनुसार नेम्वाङले कांग्रेस उमेदवार डम्बर खड्कालाई पराजित गर्दै जित हासिल गरेका हुन् ।

    विजयी उमेदवार सुहाङले २७ हजार ७७२ मत प्राप्त गरे । निकटतम बनेका कांग्रेसका खड्काले २१ हजार ९४२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

    यस्तै तेस्रो स्थानमा पहिचान पक्षधर रह्यो । उमेदवार डेकेन्द्र थेगिमले ११ हजार ४५७ मत प्राप्त गरे । चौथो बनेका रास्वपा उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरे । यहाँ ६९ हजार ३७४ मत खसेको थियो । जसमध्ये ९०२ मत बदर भयो । बाँकी रहेको ६८ हजार ४७२ मत गणना भएको आयोगले जानकारी दिएको छ ।

    यता, आज बिहान ११ बजे मतगणनास्थल गौतमबुद्ध सम्मेलन केन्द्र सिटी हलमा नवनिर्वाचित सांसद नेम्वाङलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्