
काठमाण्डौँ । सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २८ गते दिउँसो २ बजे संघीय दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।
सरकारको सिफारिसपछि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को बजेट अधिवेशन आह्वान समेत गरिसकेका छन् ।
बैठकले वैशाख २३ गतेबाट हुने जापानका परराष्ट्रमन्त्री योको कामिकावाको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता गर्न परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
बैठकले समस्याग्रस्त सहकारी वा संघको व्यवस्थापन समिति गठन गरिएको र समितिमा अध्यक्ष पदमा उच्च अदालतका पूर्व न्यायाधीश रमण कुमार गौतमलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् ।
बैठकले देशभरको डढेलो नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्ने र शुक्रबार गृहमन्त्रालयमा बैठक बसेर आवश्यक राहत सहयोगबारे निर्णय गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्