images
images
  • Latest Update

    Trending

    आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवाका लागि प्रदेश सरकारबाट विशेष राहतको माग

    जनकपुरधाम । मधेश केन्द्रीत दलहरुको संयुक्त प्रतिनिधिमण्डलले आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको माग गरेको छ ।

    तराई-मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साहसहितको प्रतिनिधि मण्डलले शुक्रवार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेट गरी विशेष राहत माग गरेको हो ।

    पुनः बसोबासको अहिलेसम्म कुनै व्यवस्था नभएको र जनता बिचल्लीमा रहेको वहाँहरुको भनाई हो । वहाँहरुले एक द्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिरहिएको खबरप्रति समेत बिरोध प्रकट गर्नु भएको छ । प्रशासन, स्थानीय सरकार, प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटको निमित्त यस्तो गर्नु नहुने, राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने वहाँहरुको भनाई थियो ।

    गत बैशाख १२ गते सो टोलमा अगिलागी भई करीब १५० घर परिवार पूर्णतः नष्ट भएको थियो । प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको निमित्त बसोबास लगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत(सहयोगको घोषणा नगरेकोमा क्षोभ प्रकट गर्दै यथाशिघ्र कदम उठाउन मांग गरेको छ ।

    प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह सवाट्टै झरेर दैनिक उपयोग र पेयजलको आभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गरायो । यस क्षेत्रमा तत्काल अग्रसरता र पेयजलको आपूर्ति गर्नुका साथै भूमिगत जलको रिचार्जिंगमा आइरहेको खठिनाई, चुरे भाँवरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउँदै भूमिगत जलको रिचार्जिंगको निमित्त अल्पकालिन र दिर्घकालिन परियोजना संचालन गर्न आग्रह गरे ।

    मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै प्रतिनिधि मण्डलले यसलाई तत्काल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन मुख्यमन्त्रीसंग अनुरोध गरेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्