images
images
  • Latest Update

    Trending

    जातीय भेदभावको अन्त्य गर्न सरकार समक्ष पहल गरेका छौँ : अध्यक्ष विश्वकर्मा

    दिपेश रोक्का / गाईघाट, २१ वैशाख । दलित अधिकार संजाल उदयपुर गाइघाटको आयोजनामा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

    राष्ट्रिय दलित आयोगले दलित समुदायलाई विभेदको नीति अन्तर्गत विभिन्न सेवा सुविधा, सहुलियत, संरक्षणको काम गरिहरेको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

    आयोगले दैनिक रुपमा भएका विभेद्का घटनाहरुका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा दर्ता गर्ने अधिकार रहेको तथा छुवाछूत र जातीय भेदभावको अन्त्य गर्न सरकार समक्ष पहल गरेको अध्यक्ष विश्वकर्माले बताए ।

    कार्यक्रममा दलित अधिकार संजालका उदयपुरका अध्यक्ष, पुर्व समन्वय समितीको अध्यक्ष, सामाजिक व्यक्तिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दलित अधिकार संजाल उदयपुरका सचिव कृष्ण नेपालीले गरेका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्