images
images
  • Latest Update

    Trending

    दलित जनप्रतिनिधिहरुको दुई दिने सम्मेलन आजदेखि, नीतिनियमहरु बनाउन केन्द्रीत हुने

    दिपेश रोक्का / उदयपुर, २१ वैशाख । दलित संघ कोशी प्रदेश तथा दलित महिला संघ उदयपुर गाइघाटको आयोजनामा दलित जनप्रतिनिधिसंग आजदेखि दुई दिने सम्मेलन सुरु भएको छ ।

    समग्र विकासको अवरोध, जातिय लैंगिक विभेद नाराको साथ शनिबार उदयपुरको राजावास स्थित महिला पुनस्थापना केन्द्र ओरेकमा आयोजित दलित जनप्रतिनिधिहरुको प्रथम जिल्ला सम्मेलनको आयोजना गरिएको हो । सम्मेलन आइतबार समापन हुनेछ ।

    दलित महिला संघले राज्यलाई सघाउन दलित समुदायको हित र विकास केन्द्रीत नीतिनियमहरु बनाउने उदेश्यले २ दिने सम्मेलनको आयोजना गरिएको संघका कोशी प्रदेशकी अध्यक्ष पान्डु परियारले बताइन ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय तहले दलित समुदायको सशक्तिकरणकालागि योजना ल्याउनु पर्ने र बजेट बिनियोजन गरेर कार्यक्रम संचालन नगर्दासम्म दलितको पक्षमा काम गरेको नदेखिने भएकोले दलितको हक अधिकार स्थापित गराउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकोले पहिले दलितहरुलाई सार्वभौम बनाउनु पर्ने बताउनु भयो ।

    अध्यक्ष बिश्वकर्माले नेपालमा ६० लाख दलित रहेको र ति सबैका लागि अधिकार स्थापित गराउन राष्ट्रिय दलित आयोग लागि परेको बताउँदै दलित महिला जनप्रतिनिधि भनेर हेप्ने काम भएको छ, वडाका दलित महिला सदस्य भनिएको छत्यो भनाई गलत रहेकोले वडा सदस्य भनेर सम्बोधन गरिनु पर्ने बताउनु भयो ।इतिहासलाई हेर्दा दलितहरुले पढ्नु निषेधित कुरा भएको र राम्रो खानु लगाउनु असम्भव रहेको थियो, अहिले त्यस्तो अवस्था नरहेको अध्यक्ष देवराज विश्वकर्माले बताए ।

    जातीय भेदभावको अन्त्य गर्न राष्ट्रिय दलित आयोगले विभिन्न योजनाहरु, नीति नियमहरु बनाएको अध्यक्ष विस्वकर्माले बताए । आफ्नो नगर, पालिकामा दलित बालबालिका कती पढ्न पाएका छैनन् , कति दलितहरु गरिवीको रेखा मुनि छ भनेर अध्ययन तथा अनुसन्धान गर्न दलित कार्यपालिका सदस्यहरुलाई अध्यक्ष विश्वकर्माले निर्देशन समेत दिएका छन ।

    दलित महिलाहरुले जुन प्राप्ति गरेको चिज छ यसलाई अझ विकास गरेर जानू पर्छ र जुन उत्पीडनमा परेका समुदायहरुलाई अझ अगाडी लाग्न सकियो भने अझ समतामुलक समाज निर्माणमा सहयोग पुग्ने कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले बताइन ।

    उदयपुर जिल्लामा कुनै जातीय भेदभाव भएको घटनाबारे जानकारी दिएमा तत्काल सम्बन्धीत पक्षलाई कार्वाहीको दायरा ल्याउने उदयपुरका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले बताए । त्रियुगा नगरपालिका भित्र दलितहरुको उतथान र विकासका लागि विभिन्न योजनाहरु समावेश गरेको नगर प्रमुख बसन्त वसन्त बस्नेतले बताए ।

    कार्यक्रममा विभिन्न राजनीति दल, संघ संगठनका व्यक्तिहरु, कानुुन व्यवसायी, अधिवक्ता, पत्रकार लागयतका समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन दलित महिला संघ उदयपुरको अध्यक्ष सुशीला विश्वकर्माले गरेको थिइन ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्