images
images
  • Latest Update

    Trending

    अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

    काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेट्सको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति नतिजा सार्वजनिक गरेको हो ।

    नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नु पर्नेछ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।

    छनोट हुन सफल आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी उक्त साइटमा नै उपलब्ध हुने बताइएको छ ।

    दूतावासअनुसार दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्