images
images
  • Latest Update

    Trending

    परिणाम देखिने गरी काम गर्नुहोस् : मन्त्री चौधरी

    काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन्  ।

    आज मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन् । ‘अर्थपूर्ण रूपमा काम गर्न काम गर्नुपर्छ ‘, मन्त्री चौधरीले भनिन्, ‘जनगुनासो चासोअनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’

    उनले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी प्रतिवेदन  तयार गर्न कर्मचारीलाई निर्देशन दिइन् । सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने जनाउँदै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताइन् ।

    सो अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको जनाउँदै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्