images
images
  • Latest Update

    Trending

    उच्च अदालतका तीन न्यायाधीशको सरुवा

    काठमाण्डौँ । न्यायपरिषद्ले तीन जना न्यायाधीशको सरुवा गरेको छ । बिहीबार बसेको न्यायपरिषद् बैठकले दुई जनाको काज सरुवा र एक जनालाई सरुवा गर्ने निर्णय गरेको हो।

    हाल काज उच्च अदालत सुर्खेतमा कार्यरत खडकबहादुर केसी उच्च अदालत पोखराको न्यायाधीशमा सरुवा भएका छन्।

    उच्च अदालत विराटनगरक नातीबाबु लामिछाने उच्च अदालत पोखराको बागलुङ इजलासमा काज सरुवा भएका छन् । उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश मदन पोखरेल उच्च अदालत सुर्खेतमा काज सरुवा भएका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्