काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेसका महामन्त्री गगन थापा विरुद्ध आक्रोशित भएका छन् ।
शुक्रबारको संसद् बैठकमा कांग्रेसको अवरोधका कारण बोल्न नपाएका लामिछानेले कांग्रेस नेता थापालाई आफूले सहकारीमा ऋण मागेको प्रमाण देखाउन चुनौती समेत दिए ।
संसद् स्थगित भएर बाहिरिँदै गर्दा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले त्यो प्रमाण देखाए आफू समिति होइन राजनीति नै छाड्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्