images
images
  • Latest Update

    Trending

    प्रदेश सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौँ- कांग्रेस

    काठमाडौँ । कोशी प्रदेश सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेश सरकारबारेको मुद्दाको फैसला नआउन्जेलसम्म प्रदेश सभा बैठकमा उपस्थिति नहुने निर्णयअनुसार बैठकमा सहभागी नभएको बताएका छन् ।

    सोमवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोशी प्रदेश सरकारबारे सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला नआउन्जेलसम्म संसदमा उपस्थित नहुने बताएका हुन् । उनले काँग्रेसले आजको बैठक सारेर ९ गते सर्वोच्च अदालतले फैसला गरेपछि मात्रै बैठक राख्न सभामुखसँग आग्रह गरेको भएपनि त्यसो हुन नसकेको बताए । उनले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली काँग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको बताए । उनले अदालतको निर्णयलाई स्वीकार गरेर जाने पनि बताए ।

    उनले भने ‘अहिले कोशी प्रदेशको निर्वाचित सरकारको विषयमा अदालतमा यो मुद्दा विचाराधिन रहेको छ । यसको सुनुवाइ पनि ९ गते हुने सर्वोच्चबाट जनकारी पाएका छौँ । खासगरीकन अहिले सरकार निर्माणको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कारणले नेपाली काँग्रेस पार्टीले अहिलेको कोशी प्रदेश सरकारको वैधानिकतामाथि प्रश्न खडा गरेको छ । यसलाई स्वीकार नगरेको अवस्था नेपाली काँग्रेस पार्टीबाट हेर्दाखेरि । हामीले आग्रह, अनुरोध गर्यौँ, सभामुखज्यूमार्फत ९ गतेको फैसलापछि नै बैठक आह्वान होस् भनेर । बैठक बोलाइयोस् भनेर । अदालतको निर्णय जे आउँछ, अदालतको निर्णयलाई हामीले स्वीकार गरेर भोलि हिक्मत कार्कीजीको सरकारलाई नै अदालतले मान्यता दियो भने हामी विश्वासको मत पनि दिएर जाने भन्ने छलफल भएको थियो । आज प्रदेश सभाको बैठक बस्यो । केन्द्रीय परामर्श अनुसार यो मुद्दा विचाराधिन रहेको कारणले बैठक बहिष्कार पनि होइन, विरोध पनि होइन, सर्वोच्चको फैसला नआउन्जेलसम्म अस्वीकार गरेर जानुपर्ने हाम्रो निर्णय भएको छ ।’

    प्रदेश सरकारबारे अदालतमा मुद्दा चलिरहेको र अन्तिम सुनुवाइको मिति तोकिसकिएको समयमा हतारमा मुख्यमन्त्रीले विश्वासको मत लिन खोजेको काँग्रेसको आरोप छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्