images
images
  • Latest Update

    Trending

    सन्दीप लामिछानेको निलम्बन फुकुवा

    नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ।

    जिल्ला अदालत काठमाडौँले गरेको फैसलालाई उल्टाउँदै उच्च अदालत पाटनले बुधबार लामिछानेलाई नाबालिग बलात्कारको मुद्दामा सफाइ दिएको थियो।

    लगत्तै क्यानको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

    ‘सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौँ,’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्