images
images
  • Latest Update

    Trending

    सिरोहियालाई पक्राउ गर्न मैले भनेको हुँ -प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न आफूले पनि अनुमति दिएको बताएका छन्।

    विभिन्न सञ्चार माध्यमका सम्पादकहरूको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आफूले अनुमति दिएको बताएका हुन्।

    सम्पादकहरूको प्रतिनिधिमण्डललाई उनले भने, ‘म तपाईंहरूको मागप्रति संवेदनशील छु। अदालतबाट पक्राउ पुर्जी आएपछि मैले स्वीकृत दिएको हुँ।’

    त्यसअघि विभिन्न सञ्चार माध्यमका ३१ सम्पादकको भेलाले सिरोहियाको पक्राउ प्रतिशोधपूर्ण ठहर गरेको थियो।

    गृहमन्त्री लामिछानेकै राहदानी छानबिन गरी कारबाही चलाउनुपर्ने सम्पादकहरूको माग छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्