images
images
  • Latest Update

    Trending

    उपराष्ट्रपति यादव र ईजरायलका राजदूत गोल्डबर्गरबीच शिष्टाचार भेट

    उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि ईजरायलका महामहिम राजदूत हानान गोडर गोल्डबर्गरले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।

    भेटमा शुभकामना आदानप्रदानपछि दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोग लगायत आपसी हित र चासोका बिषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र ईजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर दुई पक्षीय सम्बन्धन रही आएकोमा सन्तोष व्यक्त गर्नुभयो ।

    ‘ईजरायलले विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा नेपाललाई गरेको सहयोग प्रशंसनीय छन्’ उहाँले भन्नुभयो, ‘नेपाल–ईजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढ्ने विश्वास लिएको छु ।’ उहाँले द्विपक्षीय व्यापार अभिवृद्धिका लागि थप प्रयत्नशील हुन आवश्यक रहेको समेत बताउनु भयो ।

    उपराष्ट्रपति यादवले भन्नुभयो, ‘ईजरायल सरकारले नेपाली युवाहरु (खासगरी महिला) लाई ‘केयरगिभर’ सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिन चाहन्छु ।’ उहाँले बहुपक्षीय सम्बन्धको चर्चा गर्दै नेपाल मध्यपूर्वमा शान्ति, अमनचयन र स्थिरताको पक्षमा सँधै रहिआएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघ लगायतका बहुपक्षीय मञ्चहरुमा नेपाल र ईजरायलबीच हुने गरेका आपसी सहयोगको प्रशंसा गर्दछु ।’ उपराष्ट्रपति यादवले विपिन जोशीलाई छुटाउन ईजरायल सरकारको तर्फबाट पहल भइरहेको छ भन्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले इजरायलको ७६औं स्वतन्त्रता दिवसको अवसरमा ईजरायली सरकार तथा ईजरायली जनतालाई हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्नुभयो ।

    नेपालका लागि ईजरायलका महामहिम राजदूत हानान गोडर गोल्डबर्गरले नेपाल र ईजरायलबीच विभिन्न क्षेत्रमा समानता रहेको उल्लेख गर्दै दुई देशको सम्बन्ध वर्षौयता सुमधुर र प्रगाढ रहेको बताउनु भयो । ‘जहाँसम्म विपिन जोशीको रिहाईको विषय छ, त्यसका लागि ईजरायल सरकार हरसम्भव प्रयासरत छ’ उहाँले भन्नुभयो, ‘ईजरायलबाट एउटा प्रतिनिधिमण्डल नेपाल आएर विपिनको घरमै गई परिवारलाई भेट्ने कार्यक्रम पनि छ । ’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्