images
images
  • Latest Update

    Trending

    तेक्वान्दो प्रतियोगितामा जाल्पा माबिका छात्रछात्रा प्रथम

    सिन्धुपाल्चोक । चौथो सिन्धुपाल्चोक जिल्ला स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगितामा सुनकोशी गाउँपालिका–७ कोठेस्थित जाल्पा माध्यमिक बिद्यालयका छात्रछात्रा प्रथम भएका छन् ।

    सिन्धुपाल्चोक तेक्वान्दो एकेडेमीले २० स्वर्ण पदकका लागि जेठ ११ गते संचालन गरेको प्रतियोगितामा २० वटा पदक प्राप्त गरी उक्त बिद्यालयका बिद्यार्थी प्रथम भएका हुन् ।

    एकेडेमीका अध्यक्ष समेत रहेका राष्ट्रिय रेफ्री रोहिन्द्र बिक्रम खड्काका अनुसार ८ स्वर्ण, ९ रजत, ३ कास्य पदकसहित जाल्पा माबि प्रथम, ५ स्वर्ण, ६ रजत, २ कास्य पदकसहित सुकुटे तेक्वान्दो डोजाङ द्धितीय र २ स्वर्ण, १ कास्य पदकसहित गणेश माबि तृतीय हुन सफल भएको जानकारी दिएका छन् । पुरुष उत्कृष्ट खेलाडीतर्फ जाल्पा माबिका ३३ केजीतर्फ डेभिड पौडेल र महिला उत्कृष्ट खेलाडी ४३ केजीतर्फ जाल्पाकै अनुसार नेपालीले बेस्ट खेलाडीको उपाधी जित हाँसिल गरेका छन् ।

    अन्तराष्ट्रिय निर्णायक मीन न्यौपाने नेतृत्वमा १२ जना रेफ्रीले प्रतियोगिता संचालन गरेका थिए । आयोजक एकेडेमीका अध्यक्ष खड्काले जिल्लाभरका बालबालिकालाई तेक्वान्दो खेलमा आर्कषित गर्दै स्वास्थ्य, अनुशासित बनाउदै तेक्वान्दो खेलमार्फत जिल्लालाई राष्ट्रिय, अन्तराष्ट्रिय रुपमा चिनाउन लागिरहेको बताए ।

    सो प्रतियोगितामा यमुनाडाँडा तेक्वान्दो डोजाङ (गणेश माबि), जनजागृति माबि कालिका डोजाङ, बाघभैरव माबि डोजाङ, महेन्द्रकान्ति माबि डोजाङ, जाल्पा माबि डोजाङ, सदाबहार एकेडेमी, सुकुटे तेक्वान्दो डोजाङ, बलेफी तेक्वान्दो डोजाङ लगायतका डोजाङहरु सहभागी थिए । सो खेलमा जाल्पा माबि सह–आयोजक रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्