काठमाडौं– सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन हुने भनिएको संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीले बुझेका छन् ।
संसद्को गतिरोध अन्त्य गर्न राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलको सुझावका आधारमा फास्ट ट्रयाकबाट काम अगाडि बढाउने प्रधानमन्त्रीले आश्वासन दिएका छन् ।
प्रतिवेदन बुझदै प्रधानमन्त्रीले भने, ‘सहकारीको छानबिन अब फास्ट ट्रयाकमा अघि बढ्छ ।’ आफ्नो भूमिकालाई कुशलतापूर्वक पूरा गरेकोमा कार्यदल संयोजकसहित सबै सदस्यहरूलाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन् ।
मंगलबार सत्ता पक्ष र प्रतिपक्षले सहमति गरेर प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपूर्ण नेतृत्वका कारण कार्यदलले सही रूपमा काम गर्न सकेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्