images
images
  • Latest Update

    Trending

    लोककल्याणकारी विज्ञापनलाई निरन्तरता, चलचित्र पर्यटनलाई बजेट

    काठमाडौं–सरकारले सञ्चारमाध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छ ।

    त्यसैगरी चलचित्र पर्यटन र छायांकन हव बनाउने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ ।

    संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ती कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

    ‘सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छु’, मन्त्री पुनले भने ।

    हुलाक सेवालाई पुनर्संरचना गरिने कार्यक्रमले पनि निरन्तता पाएको छ ।

    सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो कार्यक्रमले निरन्तता पाएको छ । जुन अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा पनि थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्