images
images
  • Latest Update

    Trending

    सूर्य थापाको संयोजकत्वमा सात सदस्यीय संसदीय छानबिन समिति गठन

    काठमाडौं । सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि ७ सदस्यीय सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा ‘संसदीय छानबिन विशेष समिति’ गठन भएको छ ।

    नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको हो ।

    मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सात सदस्यीय समिति गठन गरेको हो ।

    समितिमा एमालेबाट थापासहित सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल छन् ।

    यसैगरी, कांग्रेसबाट इश्वरी न्यौपाने र बद्री पाण्डे तथा राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।

    सङ्घीय संसदमा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अन्य विपक्षी दलका प्रतिनिधि सभाका सदस्यहरूले विगत केही समयदेखि मुलुकको वित्तीय प्रणाली र सहकारी क्षेत्रमा देखिएका समस्याका बारेमा मुद्दा उठाउँदै सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गर्दै आएका थिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्