images
images
  • Latest Update

    Trending

    अर्थमन्त्रीद्वारा आर्थिक वर्ष २०८१/८२ को लागि १ अर्ब ८६ करोडको वार्षिक बजेट सार्वजनिक (पूर्ण पाठ)

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रु एक अर्ब ८६ करोडको बजेट सार्वजनिक गरेको छ ।

    संघीय संसदको संयुक्त बैठकमा आज दिउँसो अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गरेका हुन् ।

    घोषणाअनुसार चालु खर्चतर्फ ११४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत) र पुँजीगत खर्चतर्फ ३५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) विनियोजन गरिएको छ ।

    त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकका लागि रु ३६७ अर्ब २८ करोड विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षको बजेटको आकार चालू आर्थिक वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले बढी छ भने चालु आर्थिक वर्षको बजेटको संशोधित अनुमानभन्दा २१ दशमलव ५६ प्रतिशत बढी हो ।

    प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि कुल विनियोजनमा रु ४०८ अर्ब ८७ करोड विनियोजन गरिएको छ ।

    आगामी आर्थिक वर्षको बजेट अनुमानका प्रमुख श्रोतमा राजस्व सङ्कलनबाट रु १२६० अर्ब ३३ करोड र वैदेशिक सहायताबाट रु ५२ अर्ब ३३ करोड र वैदेशिक ऋण सहायताबाट रु दुई खर्ब १७ अर्ब ६७ करोड रहेको छ । त्यसैगरी आन्तरिक ऋणबाट रु ३३० अर्ब सङ्कलन हुनेछ ।

    आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट (पूर्ण पाठ):-

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्