images
images
  • Latest Update

    Trending

    हाजिरी जमानीमा रिहा भए कैलाश सिरोहिया

    जनकपुरधाम- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा भएका छन् ।

    गत मंगलबार नागरिकतासम्बन्धी काठमाडौंबाट पक्राउ परेका उनी अहिले ललितपुरको मेडिसिटी अस्पतालमा छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले सिरोहियालाई हाजिर जमानतमा रिहा गरिएको जानकारी दिएका छन् ।

    प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गर्नका लागि जिल्ला सरकारी वकिलको कार्यालयलाई आग्रह गरेको थियो ।

    प्रहरीको आग्रह अनुसार सिरोहियालाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानमा रिहा गरिदिएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय धनुषाले स्वीकृति दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा उनलाई ललितपुर प्रहरीले मेडिसिटी अस्पतालबाटै हिरासतबाट मुक्त गरेको हो ।

    रिहा भएका सिरोहियाको बुधबार जिल्ला अदालत धनुषामा चौथो पेसी छ । उनी उक्त पेसीका क्रममा काठमाडौंबाटै भिडि‌ओ कन्फरेन्स कलबाट उपस्थित हुने भएका छन् ।

    गत मंगलबार पक्राउ परे‍पछि उनलाई अदालतबाट तीन पटकमा ९ दिनसम्म म्याद थपेर हिरासतमा राखिएको थियो । दोस्रो पटक म्याद थप गरिएपछि उनी धनुषाको काब्या अस्पतालमा भर्ना भएका थिए ।

    तेस्रो पटकको म्याद थपिएपछि उनी गम्भीर बिरामी परेको भन्दै हेलिकोप्टरबाट उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्