images
images
  • Latest Update

    Trending

    १६ प्रजिअसहित २५ जना सहसचिवको सरुवा (सूचीसहित)

    काठमाडौं । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित २५ जना सहसचिवहरूको सरुवा गरेको छ ।

    बुधबार मन्त्रीस्तरको निर्णयबाट १६ प्रजिअसहित सहसचिव तहका २५ कर्मचारीको सरुवा भएको हो ।

    सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ ।पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ ।

    धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ ।

    मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रजिअमा पदस्थापना गरिएको छ ।

    कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल प्रजिअ बनेका छन् ।

    हेर्नुहाेस् सूची

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्