images
images
  • Latest Update

    Trending

    पत्रकार महासंघलाई मन्त्री शर्माको सुझाव- सहमतिकै आधारमा विवाद समाधान गर्नुहोस्

    काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सहमतिकै आधारमा विवाद समाधान गर्न पत्रकार महासंघलाई सुझाव दिएकी छन्  ।

    राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाँचौँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री शर्माले पत्रकार महासंघ जस्तो संस्थालाई सहमतिकै आधारबाट अघि बढाउँदै संस्थागत ढंगबाट अघि बढाए राम्रो हुने बताइन्  ।

    मन्त्री शर्माले कानूनले गरेको व्यवस्था अनुसार विभिन्न निकाय तथा संस्थाहरूमा दलित प्रतिनिधित्वका लागि जागरणको आवश्यकता रहेको धारणा राखिन् ।

    उनले आमसञ्चार लगाएतका विभिन्न ऐन कानूनहरु निकै पुरानो भएकाले विभिन्न नयाँ ऐन कानूनहरु निर्माण भइरहेको अवस्थामा समावेशीका विषय प्राथमिकतामा पर्न नसकेकोले यस विषयलाई उच्च प्राथमिकता दिएर अघि बढाइने उनले बताइन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्