images
images
  • Latest Update

    Trending

    विश्व किर्तिमानी डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक

    काठमाडौं । विश्व किर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘दुई दिनको चोला’ सार्वजनिक भएको छ ।

    शिव परियारको स्वर र टेकेन्द्र नेपालीको संगीत र साहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो शुक्रवार सार्वजनिक भएको हो ।

    माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा ध्रुव न्यौपाने, विपना बुढाथोकी, रोनीश खड्का, कुमार भारतीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ भने, गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । गीतले अहंकार त्यागौं सँगै बाँचौँ भन्ने सन्देश दिएको छ ।

    डा. उपाध्यायले विभिन्न विधामा १५३ विश्व कीर्तिमान कायम गर्नुभएको छ । यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्