images
images
  • Latest Update

    Trending

    क्षितिज मर्हजनको ‘माया आयो’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । गायक क्षितिज महर्जन र गायिका नन्दनी अधिकारीको स्वर रहेको गीत ‘माया आयो’ शुक्रबार सार्वजनिक भएको छ ।

    गीतको भिडियो ‘क्षितिज महर्जन’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

    गीतमा नन्दनी अधिकारीको शब्द सङ्गीत छ । आमोस तामाङको एरेन्ज रहेको गीतको भिडियोमा क्षितिज महर्जन र सृष्टि श्रेष्ठको जीवन्त अभिनय रहेको छ । कास्बीन मिडिया होमको स्टुडियोमा उक्त गित रेकर्डिङ गरिएको हो ।

    रवी कार्कीको कोरियोग्राफी रहेको गीतमा प्रेमको यथार्थ वर्णन र अचानक भएको भेटपछिको अवस्थालाई निर्देशक विकासदत्त दुलालले सुन्दर तवरले भिडियोमा उतारिको छ । भिडियोका छायाँकार तथा सम्पादन दिपेन बस्नेत हुन् ।

    अहिलेको युवा पुस्तालाई मध्यनजर गर्दै बनाइएको गीतमा माया पिरती, खुशी साटासाटका कुरा समेटिएका छन् ।

    हेर्नुहोस् म्युजिक भिडियो यस्तो :

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्