images
images
  • Latest Update

    Trending

    पाखरखोलामा झोलुंगे पुल निर्माण

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नम्बर ४, ५ र ६ जोड्ने ९७ मिटर झोलुंगे पुल निर्माण सम्पन्न भएको छ । पुलको उद्घाटन सोमबार सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गर्नुभएको हो ।

    सुनखानी–थुम्पाखर–पाखरखोला झोलुंगे पुल उपभोक्ता समितिका अध्यक्ष कुमार बस्नेतले ५९ लाख ३४ हजार १ सय ६२ दशमलव २९ रुपैँया लागतमा पुल निर्माण भएको जानकारी दिनुभयो । उक्त रकम मध्ये सुनकोशी गापाबाट ७ लाख ७१ हजार ४४१ रुपैँया १० पैसा प्राप्त भएको थियो । एसडब्लुएपीबाट ४५ लाख ६४ हजार ४ सय ९३ रुपियाँ ९० पैसा पुल निर्माणमा लगानी भएको थियो भने पुलको निर्माण १ लाख १८ हजार ६ सय ८० दशमलव २५ पैसा श्रमदानबाट भएको छ ।

    झोलुंगे पुलबाट सुनकोशी गाउँपालिकाका २० हजार बढी जनसंख्याले प्रत्यक्ष लाभ पुगेको छ । उक्त पुल निर्माणमा जनहित ग्रामीण सेवा समितिको प्राबिधिक र सामाजिक सहयोग रहेको थियो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्