images
images
  • Latest Update

    Trending

    विकट गाउँ पिस्करमा दन्त उपचार पाएपछि गाउँले खुशी

    रातोपाटीन्यूज, सिन्धुपाल्चोक । धेरै पैसा र निकै समय खर्चेर राजधानी पुगेर दन्त उपचार सेवा लिनु पर्ने बाध्यताबाट त्रिपुरासुन्दरी गाउँपालिकाका नागरिकले मूक्ति पाएका छन् । गाउँमै दन्त चिकित्सकसहितको बिशेषज्ञ टोलीद्धारा सयौँलाई दाँतको उपचार दिएपछि विकट क्षेत्र पिस्कर, जलजले, चोकटी, घोर्थली, तौथलीका गाउँबासी हर्षित भएका छन् ।

    साथी फाउण्डेसन नेपाल, सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिकाले दुर्गम गाउँ पिस्करमा दुई दिने बृहत निशुल्क दन्त शिविर संचालन गरेपछि लामो समयसम्म दाँतको समस्या पालेर बसेका दन्त रोगीले निशुल्क उपचार पाएका छन् । उक्त शिविरमा २ सय ६३ जनाले दाँतको उपचार पाएको साथी फाउण्डेसन नेपालका अध्यक्ष समेत रहेका नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिनुभयो । सो शिविरमा १ सय ७७ जनाको काम नलाग्ने दाँत निकालिएको थियो भने २३ जनाको दाँत भरिएको थियो ।
    उक्त शिविरमा दन्त परीक्षण, मुख सम्बन्धि उपचार, परामर्श, टुथपेष्ट, टुथब्रस, दाँतको औषधी निशुल्क बितरण गरिएको थियो । लामो समय दाँतको समस्या पालेर बसेका पिस्करका रामबहादुर थामीले दाँतको उपचार सेवा लिदैं मोतियाबिन्दु, स्त्रीरोग लगायतका स्वास्थ्य शिविर ल्याउन आयोजकलाई आग्रह गर्नुभयो । शिविर समाज डेन्टलको आयोजना र प्राबिधिक सहयोगमा भएको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्