images
images
  • संघहरूलाई खेलकुदमन्त्रीको चेतावनी- तत्काल वार्षिक क्यालेन्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

    काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरुलाई तत्काल क्यालेन्डर बनाएर काम गर्न निर्देशन दिएका छन् ।

    आइतबार काठमाडौंमा विभिन्न सेखलकुद संघहरुको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले वार्षिक क्यालेन्डर सार्वजनिक नगर्ने संघहरुलाई तत्काल क्यालेन्डर बनाएर सार्वजनिक गर्न र क्यालेन्डर नबनाए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिए ।

    उनले खेलकुद सङ्घहरूले खेलहरू नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिरहन आवश्यक नरहेको पनि स्पष्ट पारे । उनले खेलकुदलाई कुनै संघ बन्धक बनाएर राख्न नहुने बताए ।

    उनले भने ‘यो संघहरुको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ । जुन सङ्घहरूले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ । त्यो संघले कार्यक्रम नगर्ने हो भने म अहिले नै शतर्क गर्न चाहन्छु । अप्रिय निर्णय लिनुपर्ने हुन्छ । ऐनले भनेका कुरा र संघ मात्र ओगटेर कार्यक्रम नै नगर्ने संघ चाहिएन । भार किन बनेर बस्ने । जतिसक्दो छिटो खेलकुद परिषद्मा बाँकी सङ्घहरूले पनि केही प्राविधिक त्रुटि भएका छन् भने खेलकुद परिषद् सहजीकरण गर्न चाहन्छ । प्राविधिक समस्या पनि नभएको र जनाइको साँचो भिरेको जस्तो गरेर खेलकुदलाई कुनै संघ कसैले पनि बन्धक बनाएर राख्न पाइँदैन । सङ्घहरूले क्यालेन्डर ननिकालेको भए यथाशीघ्र बनाउनुस् । सार्वजनिक स्थानमा खेल हेर्दा सबै साथीहरू जिम्मेवार भएर हेरिदिनुस् ।’

    फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्याण्डबीचको आइसिसी टी २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गरे ।

    कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि लैजानका लागि घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौती रहेको बताए । उनले सबै मिलेर मात्रै नेपाली खेल क्षेत्रलाई माथि लैजान सकिने बताए ।

    उनले भने ‘हामीले नेपाली खेलकुदलाई घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौती छ । यो कसको दायित्व हो । यो मेरो मम भन्ने स्थिति आउनुपर्छ । राष्ट्रिय सङ्घहरूले मम भन्नुपर्छ । राष्ट्रिय खेलकुद परिषद्का विभिन्न शाखाहरूले मम भन्नुपर्छ । सबैले सामूहिक रूपले अपनत्व लिनुपर्ने स्थितिमा आइसकेका छौँ ।’

    उनले खेलकुदलाई व्यवस्थित बनाएर लैजान सबै लाग्नुपर्ने बताए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै