images
images
  • Latest Update

    Trending

    धेरै अनलाइन सञ्चारमाध्यम कालोसूचीमा पर्दैछन् : काउन्सिल अध्यक्ष बस्नेत

    काठमाडौं- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने बताएका छन् ।

    भ्राम र तथ्यहीन समाचार प्रवाह रोक्नेतर्फ गम्भीर हुन सबै सञ्चारमाध्यमलाई बस्नेले आग्रह गरेका छन् ।

    अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको औँल्याउँदै अध्यक्ष बस्नेतले त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारी दिए ।

    नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक र सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताबारे अभिमुखीकरण दिइएको हो ।

    ‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दैछ’ उनले भने ।

    नयाँ खुलेका अनलाइन दिगो र बलियो बनाउन विश्वसनीय र परिपक्व पत्रकारिता हुनुपर्ने सुझाव उनको थियो ।नयाँ अनलाइन सञ्चालन गर्नुअघि काउन्सिलले नियमित अभिमुखिकरण गर्दै आएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्