images
images
  • Latest Update

    Trending

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गर्यो यी १० निर्णय

    काठमाण्डौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महत्वपुर्ण निर्णय गरेको छ। बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्णय सार्वजनिक गरेकी छन्।

    बिहीबारको बैठकमा महत्वपुर्ण १० वटा निर्णय भएका छन्।

    यी हुन् १० निर्णय

    १। प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने।

    २। लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।

    ३। हेटौंडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने।

    ४। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओलीलाई नियुक्त गर्ने।

    ५। मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने।

    ६। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने।

    ७। जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा ९१० बमोजिमका ५२ रोगहरूलाई सङ्क्रामक रोगहरूको रूपमा तोक्ने।

    ८। जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने।

    ९। ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने।

    १०। भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इसराइलका गरी ११ जना राजदूतलाई फिर्ता बोलाउने।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्