images
images
  • Latest Update

    Trending

    ‘सफा हिमाल अभियान’का लागि युनिलिभरको सहयोग जारी

    काठमाडौँ । नेपाली सेनाको अगुवाइमा अन्य सरकारी निकायसँगको सहकार्यमा चैत्र २९ गतेदेखि ज्येष्ठ २३ गतेसम्म सफा हिमाल अभियान–२०२४ सञ्चालन भएको थियो ।

    युनिलिभर नेपाल लिमिटेडले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्नको लागि आधिकारिक फोहोर व्यवस्थापन/रिसाइक्लिङ्ग साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ ।

    यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुप्त्सेबाट ११ हजार केजी भन्दा बढी फोहोर र १ थान कङ्काल सहित ५ शवको अवशेष सङ्कलन गरिएको छ ।

    युनिलिभरले सन् २०२१, २०२२ र २०२३ मा पनि नेपाली सेनालाई प्रत्यक्ष रूपमा सफा हिमाल अभियानमा सहयोग गरेको थियो । नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको सफा हिमाल अभियानमा १०८ टनभन्दा बढी फोहोर सङ्कलन भएको छ भने १२ जना मृतकको शवको अवशेष सङ्कलन भएको छ ।

    वातावरणको सुधारका लागि दिगोपन र परिवर्तनलाई समर्थन र अभ्यास गरिनुपर्छ भन्ने युनिलिभरको विश्वास रहेको जनाएको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्