images
images
  • Latest Update

    Trending

    युरोकप खेल्ने इङल्याण्डको टिमको घोषणा, ग्रीलिश र माग्युरे अटाएनन् (सूचीसहित)

    काठमाडौँ । इङल्याण्डले आगामी युरोकपका लागि २६ सदस्यीय टिमको घोषणा गरेको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले भेट्रान डिफेन्डर ह्यारी माग्युरे र मिडफिल्डर ज्याक ग्रीलिशलाई बाहिर राख्दै युरोकपको अन्तिम टिम घोषणा गरेका हुन् ।

    जेम्स माडिसन, जाराड ब्रान्थवेट, जेम्स ट्राफोर्ड, कर्टिस जोन्स र जारेल क्वानसाहलाई बाहिर राखिएको छ । म्यानचेस्टर युनाइटेडबाट खेल्ने मार्कस राशफोर्डलाई त युरोकपको प्रारम्भिक टिमबाट पनि बाहिर राखिएको थियो ।

    युरोकप खेल्ने इङल्याण्डको टिम:-

    गोलकिपर: जोर्डन पिकफोर्ड, आरोन राम्सडेल र डीन हेन्डरसन ।

    डिफेन्डर: जोन स्टोन्स, मार्क गुएही, एजरी कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाकर, लुक शा र किरन ट्रिपर ।

    मिडफिल्डर: डेक्लान राइस, कोनोर गालाघर, एडम व्हार्टन, कोबी माइनू, ट्रेन्ट अलेक्जेंडर-अर्नोल्ड र जुड बेलिङ्घम ।

    फरवार्डः बुकायो साका, फिल फोडेन, कोल पाल्मर, एन्थोनी गोर्डन, जारोड बोवेन, एबेरेची इजे, ह्यारी केन, ओली वाटकिन्स र  इभान टोनी ।

    यही जुन १४ बाट जर्मनीमा सुरु हुने युरोकपमा इङल्याण्ड समूह सी मा रहेको छ । समूह सी मा इङल्याण्डसहित स्लोभेनिया, डेनमार्क र सर्बिया रहेका छन् । इङल्याण्डले आफ्नो पहिलो खेल जुन १६ मा सर्बियाविरुद्ध खेल्दै छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्