images
images
  • Latest Update

    Trending

    मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंहको दाबी पेस

    काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको नेतृत्वमा दावी पेश गरिएको छ । आज बिहान प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो ।

    जनमत पार्टीका सतिश सिंहलाई मुख्यमन्त्री बनाउन ५५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरिएको हो । जनमत पार्टीका १३, नेकपा एमालेका २५, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका १/१ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दावी पेश गरिएको हो ।

    बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा विश्वासको मत लिएकोमा बहुमत सदस्यको विश्वासको मत प्राप्त गर्न सकेका थिएनन् । त्यसपछि प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दावी पेश गर्न आह्वान गरेकी थिइन् । हाल १०६ जना प्रदेशसभा सदस्य रहेको मधेसमा बहुमतका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थनको आवश्यक छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्