images
images
  • मधेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए शपथ, यस्तो बन्यो मन्त्रीपरिषद्

    काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    आज दिउँसो प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष उनले शपथग्रहण गरेका हुन् । यसैबीच मुख्यमन्त्री सिंहले सत्ता गठबन्धनका अन्य दलहरूसहित १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । उनिहरु सबैले आजै शपथ ग्रहण गरेका छन् ।

    मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) का तर्फबाट अर्थमन्त्रीमा प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा युवराज भट्टराई नियुक्त भएका छन् ।

    त्यस्तै, नेकपा (एमाले) बाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृति, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या तथा केशव राय स्वास्थ्य राज्यमन्त्री र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

    नेकपा (एकीकृत समाजवादी) का तर्फबाट संसदीय दलका नेता नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, बेची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री, नेपाल सङ्घीय समाजवादी पार्टीका तर्फबाट विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    सिंहले आजै आफ्नो पार्टी जनमतसहित एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    यसअघिका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादवले विश्वासको मत प्राप्त गर्न नसकेपछि मधेसमा नयाँ सरकार बनेको हो ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै