images
images
  • Latest Update

    Trending

    समाजसेवी रमेश थापा नेतृत्वमा सरस्वती मन्दिर निर्माण

    सिन्धुपाल्चोक, जेठ २५ गते । चौतारा साँगचोकगढी नगरपालिका–३ आलमछाप स्थित दक्षिणकाली माध्यमिक बिद्यालयमा समाजसेवी रमेश थापा नेतृत्वमा सरस्वती मन्दिर निर्माण गरिएको छ ।

    बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कटुवालका अनुसार समाजसेवी समेत रहेका(होटेल ड्रिम्स कनेट, ठमेल) थापा(चौतारा नगरपालिका–३)ले उक्त मन्दिर निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ, आध्या फाउण्डेशन(गोपाल धिताल तथा परिवार अमेरिका) १ लाख, खुशी कार्की तथा परिवार (थाईल्याण्ड) ६५ हजार, प्रकाश मिश्र (अमेरिका) ५० हजार, खडानन्द गिरी तथा अञ्जु बस्नेत (अमेरिका) ५० हजार, ध्रुव पौडेल भोटेकोशी गाउँपालिका ५० हजार सहयोग गरेका छन् । साथै सो मन्दिर निर्माणका लागि तुला गुरुङ (अमेरिका) २६ हजार, बुद्ध बाँनिया(अमेरिका) २६ हजार, यदु शर्मा (अमेरिका) २० हजार, किरण गजमेर (अमेरिका) १५ हजार, मदन अधिकारी(अमेरिका) १३ हजार, ज्ञानेन्द्र केसी काठमाडौं ११ हजार पाँच सय, सौरव तिमल्सिना (अमेरिका) १० हजार, कमल दाहाल काठमाडौं ८ हजार ८ सय, अर्जुन शेरचन बाग्लुङबाट ५ हजार रुपियाँ प्राप्त भएको अध्यक्ष कटुवालले जानकारी दिए । उनीहरुको शिलालेखमा नाम राख्दै सम्मान गरिएको प्रधानाध्यपक युग प्रसाद ढुंगानाले बताएका छन् ।

    उनकानुसार अमेरिका निवासी लोक कडरियाले उक्त बिद्यालयलाई ४३ इन्चको टेलिभिजन ८ वटा साउण्ड सिस्टम सहयोग गर्नु भएको छ । दक्षिणकाली माबि २०११ सालमा स्थापना भई गुणास्तरीय शिक्षण प्रदान गर्दे आईरहेको छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्