images
images
  • Latest Update

    Trending

    भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त

    काठमाण्डौँ । भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त भएका छन्। शुक्रबार उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री नियुक्त गरेकी हुन्। उनले शपथ भने आइतबार लिनेछन्।

    शुक्रबार बसेको सत्तारुढ गठबन्धन एनडीएको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो। त्यसपछि मोदीले नयाँ सरकार बनाउने दाबी राष्ट्रपतिसमक्ष पेस गरेका थिए।

    राष्ट्रपतिसँग भेटपछि मोदीले आफूलाई राष्ट्रपतिले नवनिर्वाचित प्रधानमन्त्रीका रुपमा काम गर्न नियुक्त गरेको बताएको बीबीसीले उल्लेख गरेको छ। नवनियुक्त प्रधानमन्त्री मोदीले आइतबारसम्म राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्को सूची पठाउने बताएका छन्।

    मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्। उनी पहिलोपटक २०१४ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०१९ मा प्रधानमन्त्री बने। भाजपा नेता मोदी सत्तारुढ गठबन्धन एनडीएले हालैसम्म लोकसभा चुनावमा बहुमत ल्याएपछि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन्।

    ५४३ सदस्यीय लोकसभामा एनडीएले २९२ सिट जितेको छ भने भाजपा एक्लैको २४० सिट छ। यसअघि मोदी एनडीएबाटै प्रधानमन्त्री बने पनि त्यतिबेला भाजपाको एकल बहुमत थियो।

    तर, यसपटक भने भाजपाले एकल बहुमत ल्याउन नसकेकाले गठबन्धनका दलहरू महत्वपूर्ण भएका छन्। त्यसैले मोदी कमजोर प्रधानमन्त्री बन्ने विश्लेषण भइरहेको छ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्