images
images
  • Latest Update

    Trending

    काठमाडौं महानगरको नगर सभाको १५औँ अधिवेशन जेठ ३२ गते

    काठमाडौं– काठमाडौँ महानगरको नगर सभाको १५औँ अधिवेशन जेठ ३२ गते आव्हान गरिएको छ । काठमाडौँ महानगरले एक सूचना प्रकाशित गर्दै जेठ ३२ गते राष्ट्रिय सभा गृहमा १५औँ नगर अधिवेशन हुने भएको हो ।

    सूचनामा भनिएको छ- ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको संवत् २०८१ जेठ १८ गतेको ३२औँ बैठकको निर्णयअनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ र बागमती प्रदेश सभाबाट जारी भएको गाउँ/नगर/जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन, २०७५ को दफा ३ बमोजिम काठमाडौँ महानगरपालिका नगर सभाको १५औँ अधिवेशन देहायको मिति, समय र स्थानमा बस्ने गरी आह्वान भएको हुँदा काठमाडौँ महानगरपालिका, नगर सभाका सम्पूर्ण सदस्यहरूलाई यसै सार्वजनिक सूचनाद्वारा उपस्थितिका लागि अनुरोध गरिन्छ ।

    अधिवेशन २०८१ साल जेठ ३२ गते, शुक्रबार, दिनको १:०० बजे, राष्ट्रिय सभागृहको सभा हल काठमाडौँमा हुने छ ।’

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्