काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई सान मारिनोका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।
यस्तै राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाको गैरआवासीय राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्