images
images
  • Latest Update

    Trending

    हामीसामु श्रीलंकालाई हराउने अवसर छ : कप्तान रोहित पौडेल

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आफूसामु श्रीलंकालाई हराउने अवसर रहेको बताएका छन् ।

    खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले श्रीलंकाविरुद्ध खेल नेपालको लागि टेस्ट राष्ट्रविरुद्ध जित हासिल गर्ने पहिलो अवसरको रुपमा रहेको बताएका हुन् ।

    उनले विश्वकपमा अन्य एसोसिएट टोलीले ल्याएको नतिजाले पनि नेपालको मनोबल बढेको बताए । ‘यदि विश्वकप हेर्छौं भने एसोसिएट टिमले टेस्ट राष्ट्रहरुलाई हराएका छन् । यसले हाम्रो मनोबल बढेको छ,’ उनले भने, ‘हामी जित निकाल्न सकिन्छ भन्ने विश्वासका साथ नै अघि बढेका छौं ।’

    नेपाललेले भोलिको खेललाई महत्त्वपूर्ण खेलको रुपमा नै लिएको उनको भनाई छ । ‘हाम्रो बलिङ आक्रमण केहि राम्रो छ । हारमा पनि राम्रो प्रदर्शन भएको छ,’ कप्तान पौडेलले भने, ‘यो विश्वकपमा मैदानको अवस्था बुझेर खेल्न सके मात्र सहज हुन्छ । त्यसैले हामीले भोली त्यो बुझेर आफ्नो रणनीति प्रयोग गर्नुपर्छ । नेपालले पनि राम्रो क्रिकेट खेल्छ ।’

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी मेन्स टि२० विश्वकपको दोस्रो खेलमा भोलि श्रीलंकाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजे फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा खेल हुँदैछ । विश्वकप जुन १ बाट सुरु भएको हो ।

    नेपालले जुन ४ मा आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग ड्यालसमा खेलेको थियो । भोलि श्रीलंकासँग खेलेर टोली वेस्ट इन्डिजतिर लाग्ने छ । वेस्ट इन्डिजमा जुन १५ मा दक्षिण अफ्रिकासँग र जुन १७ मा बाङ्ग्लादेशसँग लीगको आफ्नो अन्तिम खेल खेल्ने छ ।

    नेपाली लेगस्पिनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले संयुक्त राज्य अमेरिकाको प्रवेशाज्ञा नपाएकाले उनी त्यहाँ हुने खेलमा सहभागी हुन वञ्चित भए । तर वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन उनी त्यहाँ पुगिसकेका छन् ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्