
काठमाडौं । महान् फुटबलर पेलेकी आमाको १०१ वर्षको उमेरमा निधन भएको छ । पेलेको निधन भएको १८ महिनापछि उनकी आमाको निधन भएको हो ।
पेलेकी आमा सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको ब्राजिलका मिडियाहरूले उल्लेख गरेका छन् । उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारे समेत जानकारी थिएन ।
उनी १७ वर्षको हुँदा १९४० अक्टोबर २३ मा पेलेलाई जन्म दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्