images
images
  • Latest Update

    Trending

    आमसञ्चारको परिभाषा, विद्युतीय माध्यम र इन्टरनेटमा आधारित मिडिया

    आमसञ्चारको परिभाषाः (Describe Mass Media)

    आम र सञ्चार दुई शष्दको संयोजनबाट आमसञ्चार शष्दको निर्माण भएको हो । जसअनुसार आमको अर्थ व्यापक र सञ्चारको अर्थ सन्देश पठाउने काम भन्ने बुझिन्छ । यस अर्थमा हामी व्यापक रुपमा सन्देश पठाउने कामलाई आमसञ्चार भनी बुझन सक्छौँ ।

    अंग्रजी भाषामा पनि यो Mass / Communication को संयोजनबाट बनेको हो । जसअनुसार Mass को ठुलो जनसमुदाय र Communication को अर्थ सञ्चार भन्ने लाग्दछ । समष्टिमा हामी यसलाई विशाल समुदायलाई लक्षित गरेर गरिने सञ्चार भनी भन्न सक्छौँ । तर यति भनेर मात्रै आमसञ्चारलाई सम्पूर्ण रुपमा व्याख्या गर्न भने सकिँदैन । सुरुमा Mass शब्दलाई नकरात्मक र हेयको दृष्टिले हेर्ने गरिन्थ्यो तर अचेल सर्वसाधारण जनतालाई नै राज्यको शक्तिको स्रोतको रुपमा लिने गरिएकोले योशब्दलाई सकरात्मक अर्थमा लिइन्छ ।

    कुनै एक व्यक्ति वा समूहबाट कुनै प्रविधि वा माध्यमको सहयोगमा असीमित जनसमुदायलाई लक्षित गरेर गरिने सञ्चार नै आमसञ्चार हो । आमसञ्चार र सञ्चारको बिचमा फरक के हो भने सञ्चार प्रविधि वा साधनविना हुन सक्छ तर आमसञ्चार प्रविधि वा साधनविना असम्भव छ ।

    आमसञ्चारको प्रकारहरु (Types of Mass Media)
    जब मिडियाको बिभिन्न रूपहरू आउँदछन्, त्यहाँ आधुनिक मिडियाका विभिन्न ढाँचाहरू जस्तै प्रिन्ट मिडिया (समाचार पत्र, पुस्तकहरू, म्यागजिनहरू), प्रसारण मिडिया (टेलिभिजन, रेडियो), डिजिटल मिडिया (इन्टरनेट) साथै भिडियो गेम, संगीत, सेल फोन, फिल्महरू, अन्य बीचमा। यी सबै प्रकारका मिडिया सामग्रीको साथै एक उपकरण वा वस्तु समावेश गर्दछ जुन सामग्री वितरणको लागि माध्यम हो ।

    छापा माध्यम (Print Media)
    सरल शब्दहरूमा, छापा माध्यम भनेको जानकारी र समाचारको मुद्रित रूपको बारेमा हो । यो सबैभन्दा पुरानो माध्ययम हो । जुन पहिलेदेखि नै लेख्ने छाप्ने गर्दथे । छापको इतिहास हर्ने हो भने, रुखको बोक्रामा लगायतमा लेख्ने गर्दथे प्रिन्टिङ प्रेसको आविष्कार हुनु अघि मुद्रित सामग्रीहरू हस्तलेखन गर्नुप-यो जसले सामूहिक वितरणलाई लगभग असम्भव बनायो । छापा माध्यम एक मुख्य प्रकारका आमसञ्चारको टुल्स हो जुन यसलाई व्यापक लोकप्रिय र व्यापक श्रोताको पहुँचमा पुग्न सुविधाजनक बनाउँदछ ।

    पारम्परिक आमसञ्चार पछि समाचार पत्रहरू सामूहिक मिडियाको सब भन्दा पुरानो रूपका रूपमा लिइन्छ किनकि लामो समयसम्म सर्वसाधारणले उनीहरूको स्थानीय क्षेत्रका साथै विश्वभरि भएका घटनाहरू थाहा पाउन अखबारहरूमा भर पर्थे । यसैले, छापा माध्यमले मूल रूपमा समाचार पत्रलाई जनाउँछ र त्यसपछि पत्रिकाहरू, ट्याबलोइडहरू, प्रमोशनल ब्रोशरहरू, पत्रिकाहरू, पुस्तकहरू, उपन्यासहरू र कमिकहरूतर्फ विस्तार गर्दछ । प्रिन्ट मिडियाको फारामहरू, समाचार पत्र (ब्रोडशिट र ट्याबलोइड), आवधिक, न्यूजलेटर्स, र म्यागजिन (सामान्य वा विशिष्ट रुचि), ब्रोशर, पत्रक र प्याम्प्लेटहरू, पत्रिकाहरू, पुस्तक, उपन्यास र कमिक्स आदि ।

    यसका फाइदाहरु :
    १. यसलाई पटक पटक दोहो-याएर पढन सकिन्छ भने आवश्यकतानुसार समाचारको आकार धेरै थोरै लेख्न सकिन्छ । र यो इतिहास निर्माण गर्नका लागि विभिन्न अभिलेखिकरण गर्ने हुन्छ ।

    कमजोरीहरु-बेफाइदाहरु
    १. पढेलेखेका मान्छेहरुमा मात्र उपयोगी छ र यो ढिलो पनि छ ।

    ख. विद्युतीय माध्यम (Electronic Media)
    विद्युतीय तरङगबाट सूचना प्रसारण गर्ने र विद्यतीय उपकरणमार्फत ती तरङगलाई ग्रहण गर्ने माध्यम भएको हुनाले यसलाई विद्युतीय माध्यम भनिन्छ । सन १८९५ मा रेडियो अस्तित्वमा आएपछि यो माध्यमको विकास सुरु भएको हो । विद्युतीय माध्यमलाई नै पर्यायवाची रुपमा प्रसारण माध्यम भनिन्छ किनभने तिनले सूचनालाई एकपटक व्यापक क्षेत्रमा फैलाउन सक्छन् । यस माध्यममा पहिले सन्देश एउटा निश्चित केन्द्रबाट तरङगका रुपमा आकाशमा फालिन्छ र ती तरङगलार्य टाढा टाढासम्म पठाइन्छ । उक्त तरङगलाई प्रापक यन्त्र रेडियो, टिभी वा त्यस्तै अन्य उपकरणले ग्रहरण गरी पूर्ववत रुपमा प्रसारण गर्दछन् ।

    विद्युतीय माध्यमका प्रयोगकर्ताहरु साक्षर हुन अनिवार्य नभएकोले छापा माध्यमका तुलनामा धेरै मानिसले यो माध्यमको प्रयोग गर्ने गर्दछन् । यसलाई दुई उपसमूहमा विभाजन गर्न सकिन्छः

    क. श्रव्य (Audio)
    श्रव्य अर्थात अडियो ध्वनिसँग सम्बन्धित हुन्छ । रेडियो, कसेट, सिडी, एमपी ३ आदि श्रक्ष्य माध्यम हुन् । यो दोहा-याएर सुन्न पाईँदैन्, यो संचार एकतर्फी हुन्छ यसमा तस्विर देख्न पाइँदैन आफैले कल्पना गर्नुपर्दछ । तुलनात्मक रुपमा टिभी भन्दा रेडियो सस्तो छ । रेडिोको आफनै विशेषता छ भने यो माध्यम छिटो छरितो र सरल छ ।

    ख. श्रव्यदृश्य (Audio/Visual)
    ध्वनिको सम्बन्ध श्रवण अर्थात कानसँग भएजस्तै दृश्यको सम्बन्ध दृष्टिसँग हुन्छ । दृश्य र ध्वनि दुवै गुणहरु भएकोले टेलिभिजन, चलचित्र, वृतचित्र इत्यादिलाई श्रव्यदृश्य माध्यम भनिन्छ । आमदर्शकले श्रव्य दृश्य हेर्न र सुन्न सक्छन् यो महंगो मिडिया भएकोले यसलाई हेर्न समय छुट्याउनुपर्छ भने यो एकतर्फ संचार हो । जसले समाचार मात्र होइन सांस्कृतिक प्रवर्दनमा पनि भूमिका खेलेको हन्छ ।

    ३. इन्टरनेटमा आधारित मिडिया (Internet Based Media)
    बीसौँ शताब्दिको अन्तिम दशकमा इन्टरनेट प्रविधिको विकास भएको हो । इन्टरनेट भनेको कम्प्युटर सञ्जालहरुको विश्वव्यापी सञ्जाल हो जसले टेलिफोन, तार, भूउपग्रह र रेडियो तरङगहरुमार्फत करोडौँ कम्प्युटर र तीनमा भएका तथ्याङ्कहरुलाई जोड्छ । इन्टरनेटको माध्यमबाट संसारका सबैकुरालाई हेर्न सकिन्छ यो नयाँ सञ्चार हो । यो छिटो पनि छ, दर्शकले कस्तो प्रतिक्रिया दिए त्यो पनि लेख्न सकिन्छ र तुरुन्त जवाफ दिन पनि सकिन्छ । नयाँ सञ्चार एक अन्तरक्रियात्मक दुई तर्फी संचार हो उपयोगकर्ताहरु लाई सामग्री र जानकारीको सक्रिय उत्पादकहरुको साथ इन्टरनेट एक अत्याधिक अन्तरक्रियात्मक माध्यमको रूपमा लिइन्छ । यसलाई “नेटवर्क को नेटवर्क“ को रूपमा पाि परिभाषित गर्न सकिन्छ । यो द्रुत आमसञ्चारको केन्द्रको रूपमा रूपान्तरण भएको छ किनकि यसले सामूहिक मिडियाका सबै प्रमुख प्रकारहरूलाई चमत्कारपूर्वक एकीकृत गरेको छ ।

    नयाँ सञ्चार सामान्यतया अवस्थित सञ्चारको पुन–अवधारणा हो । यो कम्प्युटर र इन्टरनेट जडान (ब्राडब्यान्ड वा वाइफाइ)को साथ पहुँचको सहजताको साथ एक द्रुत बृद्धि भइरहेको आमसञ्चार हो । कहानी लेखन र ग्राफिक डिजाईनिंग देखि मल्टिमिडिया र एनिमेशन सम्म, यस क्षेत्रमा क्यारियर अनुसरण धेरै फाइदाजनक हुन सक्छ । यस सञ्चारमा विश्वासनीयताको अभाव छ ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्