images
images
  • पत्रकार महासंघको निर्वाचन असार २२ गते हुने

    काठमाडौं – नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुने छ । उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ । यस्तै असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।

    मतदान सकिएपछि मतगणना गर्ने समितिले जनाएको छ ।

     

     

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै