images
images
  • Latest Update

    Trending

    सुदुपश्चिममा बालविवाहको अवस्था सम्बन्धी एक अध्ययन–२०८०

    निरोज तोलाङे—
    अध्याय एक :परिचय
    १.१. अध्ययनको पृष्ठभूमी :
    सामान्य अर्थमा “बालविवाह” भन्नाले कानुनले तोकेको उमेर नपुगी वा बाल्य अवस्थामा गरिने विवाह हो । विभिन्न देशहरूको कानुनले आ–आफ्नो राष्ट्रिय परिप्रेक्ष्य अनुसार विवाह गर्ने उमेर तोकेको हुन्छ । नेपालको सन्दर्भमा एक वा दुवै जनाको उमेर २० बर्षभन्दा मुनिको विवाह बालविवाह हुन्छ ।
    नेपालमा बालबालिकाको परिभाषा अन्तर्गत तोकिएको उमेर (१८ वर्ष) र बालविवाहको लागि तोकिएको उमेर (२० वर्ष) फरक फरक रहेको छ । यसर्थ, नेपालको सन्दर्भमा ‘बाल विवाह’ भन्नाले नेपालको प्रचलित कानुन अनुसार २० बर्षभन्दा कम उमेरमा गरिने विवाह हो । नेपालमा बालविवाह एक बहुआयामिक र जटिल समस्याको रुपमा रहेको छ । मानव अधिकारको गम्भिर उल्लङ्घन र लैङ्गिक विभेदको रुपमा बालविवाह रहेको छ । २०६८ सालको जनगणना अनुसार नेपालमा विवाहित महिलामध्ये ७५ प्रतिशत २० वर्ष उमेर मुनिका रहेका छन् ।
    बालविवाहको कारणले शारीरिक र मानसिक परिवर्तन हुने उमेरका बालबालिकाहरू वैवाहिक बन्धनमा बांँधिन पुग्छन् । यसको परिणाम सबैभन्दा पहिले उनीहरूको शिक्षा पाउने अधिकार समाप्त पारी दिन्छ । त्यसपछि उनीहरू यौन दुव्र्यहार, स्वास्थ्य समस्या र घरायसी उल्झनमा पर्छन् । यसपछि तिनका सन्तानले यो समस्या भोग्छन् र यो चक्र बर्षौ बर्ष चलिरहन्छ । बालिका र किशोरीको व्यक्तित्व विकासको समाप्ती यसको सबैभन्दा ठूलो प्रहार हो ।
    बालविवाहको दर, वासस्थान, भौगोलिक क्षेत्र, शैक्षिकस्तर, घर परिवारको आम्दानीको स्तर, जातजातिको आधारमा फरक फरक छ । मुख्यतया ग्रामिण भेग र सीमान्तकृत समुदायमा बालविवाह बढी देखिन्छ । यसरी जयपृथ्वी नगरपालिका वडा नं. १, कैलाश गाउँमा बालविवाहका कारणहरु पत्ता लगाउनु लगायतका पक्षलाई समेटेर अध्ययन गर्ने उदेश्यले सुदुरपश्चिम प्रदेशमा बालविवाहको अवस्था नामक शिर्षक राखेर जयपृथ्वी नगरपालिका वडा नं. १, कैलाश गाउँलाई अध्ययन क्षेत्र छनौट गरिएको छ ।
    १.२. समस्याको कथनः 
    विवाह गर्ने वा नगर्ने भन्ने विषय प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो । मानव अधिकारको दृष्टिकोणवाट आफूले रोजेको व्यक्तिसंग विवाह गर्न पाउने र आफनो भविष्यको मार्गचित्र तय गर्ने प्र्रत्येक नागरिकको हक अधिकार सुनिश्चित हुनपर्दछ । यसका लागि प्राय सवै मुलुकहरुले विवाहको लागि न्यूनतम उमेर तोकेका हुन्छन् । नेपालको मूलुकी ऐनमा विवाहको लागि कानुनी उमेर २० बर्ष तोकिएको छ । नेपालको संबैधानिक इतिहासमा हालै मात्र जारी भएको नेपालको संविधानले बाल विवाहलाई पहिलो पटक बालअधिकार हननको बिषयको रुपमा उल्लेख गरी दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ । बाल विवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एशियामा नेपाल बंगलादेश र भारत पछि तेश्रो स्थानमा पर्दछ । बालकको तुलनामा संंख्यात्मक रुपमा बढी बालिकाको विवाह १८ वर्ष नपुग्दै हुने गरेको अध्ययनवाट देखिएको छ । यसो हुनुमा महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रुपमा देखिएका छन् ।
    बाल विवाहले बालबालिकाहरूलाई आधारभूत अधिकारबाट बञ्चित मात्र गराउँदैन उनीहरू आफ्नो भविष्यको छनोट गर्ने अधिकार तथा सो सम्बन्धमा निर्णय लिने प्रकृयामा सहभागी हुने अवसरबाट पनि बञ्चित हुन्छन् । बिशेष गरी बालिका र महिलाको सन्र्दभमा बाल विवाह ले एउटा मात्रै अधिकारको उल्लंघन नगरी उनीहरुको जीवनचक्रमा थुप्रै अधिकार उल्ल्ंघनको श्रृंखला सृजना गरी थप हिंसाको कुचक्रमा पर्ने अवस्था रहन्छ ।
    बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने, लैंगिक हिंसा,यौनजन्य हिंसा, बालश्रम, वेचविखन जस्ता थप हिंसाहरुले वालिका र महिलाहरु थप प्रताडित हुन पुग्दछन । कालान्तरमा समाज विकास प्रकृयामा महिलाहरूको भुमिका र सहभागितालाई न्यून बनाई सभ्य, सुंसस्कृत एवं समतामूलक समाज निर्माण गर्न बाल विवाह बाधक तत्व बन्न पुगेको छ ।
    बालविवाहले बालक र बालिका दुवैलाई नकारात्मक असर पार्ने भएता पनि बालिकाहरू यसबाट बढी मात्रामा पीडित हुने गर्दछन् । वैवाहिक सम्बन्धभित्र हुने यौन तथा शारीरिक शोषण एवं हिंसा र विशेषगरी महिलाको प्रजननसम्बन्धी भूमिकाको कारण, बालविवाह गर्ने महिला तथा बालिका बाल्यकालमै आमा बन्नु पर्ने बाध्यताले गर्दा तिनीहरूको स्वास्थ्य, शिक्षा, रोजगारी लगायत मर्यादित जीवनका लागि अपरिहार्य अन्य कैयौ मानव अधिकारको उपभोगबाट वञ्चित हुन्छन् । बालविवाह विरुद्धको अधिकार को क्षेत्रमा केही सकारात्मक पहलहरू भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा जे जस्तो लेखिए तापनि सांस्कृतिक परम्परा, चिन्तन तथा सामाजिक आर्थिक परिवेशले बालविवाह गराउन सघाउ पु-याइरहेको हुन्छ । नेपाली समाजमा बालविवाह कुनै खास जाति वा समुदायमा सीमित छैन । यो प्रथा हिमालदेखि तराईसम्म फैलिएको छ ।
    १.३. अध्ययनको उदेश्यहरुः 
    प्रस्तुत अध्ययनका प्रमुख उदेश्यहरु निम्नानुसार रहेको छ ।
    १. सुदुरपश्चिम प्रदेशमा बालविवाहको कारणहरु पत्ता लगाउनु र त्यसबारे अध्ययन गर्ने ।
    १.४. अध्ययनको महत्वः 
    प्रस्तुत अध्ययनले सम्बन्धित बालबालिकाको स्थिति के कस्तो छ ? बालअधिकार र बालबालिकामाथि हुने विभिन्न खाले हिसांका बारेमा जानकार छन् की छैनन् र त्यहाँका बालबालिकाको अवस्था कस्तो छ र बालविवाहका परिणामहरुका, बालविवाहका कमजोर पक्षहरुका बारेमा अध्ययन गर्न चाहने व्यक्तिका लागि यो सामग्री उपयोगी हुनेछ । यसैगरी जयपृथ्वी नगरपालिका वडा नं. १, कैलाश गाउँमा हुने गरेका बालविवाह बारे जानकारी लिन र बुझन चाहने व्यक्तिहरुको लागि यस अध्ययनले निकै सहयोग गर्नेछ भन्ने कुराको आशा लिएको छु ।
    नेपालमा बाल विवाहको दर विकास क्षेत्र, बसोवास क्षेत्र, आर्थिक–सामाजिक अवस्था, जातजाति, धर्म, समुदाय तथा शैक्षिक अवस्थाको विविधता र अन्य भिन्नताहरूका आधारमा फरक फरक रहेको छ । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरूको सामान्यतया कम उमेरमा विवाह हुने गरेको पाईएको छ । अशिक्षा र कम आयस्रोत भएका परिवारका बालिकाहरू बालविवाहको बढी जोखिममा रहेको पाईएको छ ।
    १. ५. अध्ययनको सीमाहरु :
    प्रस्तुत यस अध्ययनको निश्चित क्षेत्र सुदुरपश्चिम प्रदेश बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं. १, कैलाश गाउँ रहेको छ । यस अध्ययन सुदुरपश्चिममा बालविवाहको अवस्थाका बारेमा छ । अध्ययनको क्षेत्र सानो भएकोले जयपृथ्वी नगरपालिका वडा नं. १, कैलाश गाउँमा बालविवाहका बारे प्रश्न सोधिएको छ भने त्यसका कारणहरु र त्यहाँका बालबालिकाको शिक्षा र स्वास्थ्यको अवस्थाका बारेमा अध्ययन गरिएको छ । त्यसकारण यसबाट निस्केको निष्कर्षले जयपृथ्वी नगरपालिकालाई बालविवाह मुक्त गाउँ निर्माण गर्न र बालबालिकाको अधिकार र सशक्तिकरण तथा बाल विवाह अन्त्य गर्ने मुख्य ध्येयका साथ अध्ययनमा समेटिएको छ ।
    अध्ययाय दुईः सन्दर्भ साहित्यको पुनरावलोकन÷साहित्य समिक्षा 
    सुदरपश्चिममा बालविवाहको अवस्था नामक शीर्षकमा गरिएको अध्ययनको सिलसिलामा विगतमा एका सामान्य खोज तथा अध्ययन, अनुसन्धानबाट प्राप्त निष्कर्षलाई अध्ययन गरिएको छ । उक्त प्रतिवेदन तयार पार्ने क्रममा विभिन्न पत्रपत्रिका, अनलाइन मिडिया र लेखकहरु आदिबाट पनि अध्ययन गरी साहित्य समिक्षा तयार पारिएको छ ।
    हिंसा, शोषण, र्दुव्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो । तथापी, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक–सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन् । लाखौं अन्य बालबालिका जोखिममा छन् ।
    नेपालमा बाल संरक्षणसंग सम्बन्धित मुद्दाहरू विभिन्न स्वरुपमा पाइन्छः हिंसात्मक अनुशासन, बालबिवाह, बाल श्रम, बेचबिखन, महिला र बालिका विरुद्धको हिंसा, बालबालिकालाई अनावश्यक रुपमा अनाथालय वा सुधार गृहमा राखिनु, र बाल–मैत्री तथा लैंगिक संवेदनशील न्याय सेवामा अपुरो पहुंच । दुर्भाग्यवश, यस क्षेत्रमा चुनौतीहरू पनि छन् । नेपालका बालबालिकाहरूले अझै पनि धेरै चुनौतीहरूको सामना गर्नुपर्दछ :
    १. बालबिवाहमा आएको गिरावटको क्रम घटेको छ । हरेक पाँच बालिकाहरूमध्ये दुई जनाको १८ वर्ष पुग्नुभन्दा अगावै विवाह हुन्छ । समुदायले स्विकार गर्नु, बालिकाहरूलाई उचित स्थान नदिने खालका सामाजिक रितिरिवाजहरू, र बलियो पितृसत्तात्मक समाजका कारण बालबिवाहको गिरावट दरलाई बढाउन र दिगो राख्न ठुलो चुनौती छ । बालिका बधुहरुले विद्यालय छोड्नुपर्ने, समय अगावै गर्भवती हुनुपर्ने, दाईजोजस्ता समस्याहरूका कारण घरेलु हिंसा र दुर्व्यवहारको शिकार हुनुपर्ने सम्भावना उच्च रहन्छ ।
    २. १ देखि १४ सम्मका लगभग हरेक बालबालिकाले आफ्नो घरमै हिंसाको सामना गर्नुपर्दछ । हिंसात्मक अनुशासन विधिले लगभग ८२ प्रतिशत बालबालिकामाथि प्रभाव पारेको छ । अनुशासनका सकारात्मक विधिबारे अभिभावकलाई आवश्यक ज्ञान छैन, समाजमा हिंसा स्विकृत छ, र यसका नकारात्मक असरहरूबारे सर्वसाधारणलाई जानकारी छैन ।
    ३. बाल श्रम घटेको छैन । ५–१७ वर्षका हरेक तीन बालबालिका मध्ये एक बाल श्रममा संलग्न छन् भने तीमध्ये लगभग सबैजना जोखिमयुक्त अवस्थामा छन् ।
    ४. २५,००० भन्दा बढि बालबालिका आवासीय बालगृहहरूमा बस्दछन् । यस्ता बाल–गृहहरुमा राम्रो हेरचाह हुन्छ र उचित शिक्षाको अवसर पाइन्छ भन्ने जस्ता गलत बुझाइ हुनु र पारिवारिक वातावरणमा हुर्कनुको महत्व नबुझ्नु आदिका कारण बालबालिकाका आमा–बाबुले आफैले यी आवासीय बालगृहमा छोड्ने गर्दछन् भने कतिले त्यागेका बालबालिका यी गृहहरूमा आईपुग्दछन् ।
    ५. सकारात्मक परिवर्तन हेर्ने हो भने, महिलाबिरुद्ध हुने हिंसाका घटनाहरू प्रहरीमा दर्ताको संख्या वृद्धि हुँदै गईरहेको छ, तर बालबालिकामाथि हुने हिंसा भने धेरैजसो दर्ता हुने गरेका छैनन् ।
    ६. न्यायमा बालबालिकाको पहुँच सिमित छ । कानूनी रूपमा समस्यामा परेका, पिडितहरू तथा घटनाका साक्षी बालबालिकाहरूको लागि सामाजिक सेवाहरूमा पहुँच र सिफारिस सेवा सिमित छ। विद्यमान प्रक्रियाका सबै खण्डहरु बालबालिकाप्रति संवेदनशील छैनन् । बालबालिका पिडित तथा साक्षी भएका अवस्था सहित बालबालिकासँग सरोकार राख्ने सबै मुद्दाहरू नाबालिक बेन्चले हेर्ने गरेको पाईंदैन ।
    ७. कानूनी समस्यामा परेका बालबालिकाको हकमा कानूनी प्रावधानहरू, र बैकल्पिक तथा कारावासको बिकल्प सहितको सजायको प्रावधान आदिको निर्माण सम्पन्न भइसकेको छैन र र पुनर्स्थापना केन्द्रित सेवा एकदमै सिमित छ ।
    बाल संरक्षणको क्षेत्रमा नेपालको प्रगति मिश्रित छ । बालिकाहरूको विवाह हुने घट्दो क्रम संख्या, महिला तथा बालिकामाथिको हिंसा सम्बन्धी प्रहरीमा दर्ता भएका मुद्दाहरूमा आएको उल्लेखनीय वृद्धि, मानव वेचबिखनका प्रयासहरुमाथि बढ्दो कारवाही, नीति तथा कार्यक्रमहरूले बालबालिकालाई बढ्दो संरक्षण, न्यायको क्षेत्रमा बालबालिकाका लागि विशेष एकाईहरुको स्थापना हुनु र बालबालिका सम्बन्धी सुचनामा वृद्धि जस्ता सकारात्मक प्रगतिहरू भएका छन् । बालविवाहका घटना सम्बन्धि कसुरको सूचनाको जाहेरी, अनुसन्धान तथा अदालती कारवाहीको अवस्था र तिनमा रहेका समस्याको पहिचान गरी ती समस्याको समाधानका उपायहरु पत्ता लगाउन आवश्यक रहेको हुँदा सोही विषयमा यो अध्ययन केन्द्रित रहने छ ।
    अध्याय तिन (Unit-3)
    अनुसन्धान विधि
    प्रस्तुत विषयमा अध्ययन गर्ने सिलसिलामा निम्न लिखित प्रक्रियाहरु अवलम्बन गरिएको छ ।
    १. घटनाको स्रोत तथा विवरण
    २. तथ्याङ्क स्रोत
    ३.१ अनसन्धान ढाँचा
    सरकारी वा गैरसरकारी दुवै क्षेत्रमा समाज कल्याणका कार्यदलसंग श्रोत र साधनको कमी छ । कोहि साथमा नभएका वा छुटेका बालबालिका हुन् वा बाल आवास गृहको आवश्यकता भएका बालबालिका हुन्, वा हिंसाको सिकार भए पश्चात सहयोगको आवश्यकता भएका बालबालिका हुन्, बाल संरक्षणसंग सम्बन्धित यी सबै प्रकारका समस्याहरुको रोकथाम, प्रारम्भिक कार्यवाहीहरू, सुनुवाईका सेवाहरु तथा मुद्दा व्यवस्थापन आदि गर्न सक्षम राष्ट्रिय बाल संरक्षण प्रणालीको लागि यो कार्यदल एक मेरुदण्ड हो । फलस्वरूप, सुचना अभिलेखिकरण र सुचना व्यवस्थापन प्रणालीका साथसाथै समस्याको पहिचान, सुचना सम्प्रेषण र उपयुक्त निकायमा सिफारिस गर्ने प्रणाली पनि अपुग छन् ।
    यी सीमाहरूका कारण, कुनै मुद्दाहरुको केहि हदसम्म सम्बोधन भएतापनि, धेरैजसो समयमा ती सम्बोधनहरू अपरिपक्व, छोटो समयावधीको, सिमित प्रभावको र अधिकांश समयमा समस्याको वास्तविक पहिचान नै नभएको देखिन्छ ।
    ३.२. नमुना छनौट प्रक्रिया 
    नमुना छनौट प्रक्रियामा यस विषयको अध्ययन क्षेत्र सुदुपश्चिम प्रदेश बझाङ जिल्ला जयपृथ्वी नगरपालिका  कौडा गा.वि.स. वडा नं. १ मा केन्द्रित रहेको छ । त्यस गाउँमा बसोबास गर्ने ५० घरधुरीलाई छनौट गरी बालविवाहको अवस्थाका सन्दर्भमा स्वयम् उपस्थित भई अन्र्तवार्ता गर्न र लिन नसकिने अवस्था भएकोले साथीभाई र त्यहाँका नगरपालिका, वडा कार्यालय मार्फत सूचना लिने प्रयास गरेको छु । जसमा काूडा गा.वि.स. वडा नं. १ मा बसोबास गर्ने बालबालिकालाई छनौट गरी प्रश्नावलीको संकलन नमुना छनौट प्रक्रियाबाट गरिएको छ ।
    ३.२. तथ्याङ्क स्रोतहरु  
    प्रस्तुत अध्ययन मुख्यतया प्राथमिक स्रोत र द्धितिय श्रोत हुन् । यसरी दुई प्रकारका अनुसन्धानका स्रोतहरुमध्य खास यस विषयको अध्ययन गर्नका लागि प्राथमिक स्रोतको नै आवश्यक पर्ने भएको हँदा स्थलगत रिर्पोट संकलन गर्न कोरोनाका कारण असमर्थ भएकोले द्धितिय स्रोतको नै प्रयोग गरी अध्ययन प्रतिवेदन लेख्ने सिलसिलामा अप्रत्यक्ष रुपमा पनि तथ्याङ्क संकलन गरी तयार पारिएको छ । जस्तैः टेलिफोन, इन्टरनेट माध्ययमबाट, ईमेलमार्फत र अनलाइनमार्फत आदी माध्ययको प्रयोगमा तथ्याङ्क संकलन गर्ने कोशिस गरिएको छ ।
    ३.२. तथ्याङ्क संकलन प्रविधि 
    सुदुपश्चिम प्रदेशको बझाङ्ग जिल्लास्थित जयपृथ्वी नगरपालिका वडा नं. १, कौडा गा.वि.स.का बालविवाहको  अवस्थाबारे त्यही स्थानमा गएर बालबालिकाले शैक्षिक, घरेलु हिसां, घरेलु कामदार तथा बालमजदुर,  बालबालिकामाथि हुने हिसां र र्दुव्यवहारका घटनालाई सम्बोधन गर्ने गरी तयार पारिएका सूचनाहरुलाई मानवअधिकारका क्षेत्रमा कार्यरत संस्थाहरु पत्रपत्रिका तथा अनलाइन मिडियामा, ईन्टरनेट माध्यम र टेलिफोन सम्पर्क लगायतका सूचना तथा संचारको माध्यम प्रयोग गरी त्यसबाट खोजेर तथ्याङ्कहरु संकलन गरेको छु ।
    दलित समुदायले भोगेका पीडादायी घटना वा विवरणले पनि बताउँछ की अझै पनि न्यायको आशमा दलित समुदायहरु हुन् । ती व्यक्तिहरुले भोगेका पीडादायी वास्तविक घटनाहरु, विभिन्न मिडियामा व्यक्त भएका लेखहरु, समस्याहरु तथा घटनाको सम्बोधनका लागि राज्यसँग भएगरेका पैरवीहरु, विभिन्न समयमा विभिन्न व्यक्ति, राज्यका आयोगहरु, सम्बन्धित सरोकारवाला निकायसँग भएका कुराकानी र लेखकहरुको आ–आफनै दृष्टिकोण र विचारहरुको अवलोकनका आधारमा त्यस सूचना तथा जानकारीहरुलाई मुल्याङ्कन गरी तथ्याङ्कहरु उल्लेख गरिएको छ, भने मुख्य साधनको रुपमा घटनाको विवरण र प्रश्नावली विधिको प्रयोग गरिएको छ ।
    अध्याय चार (Unit-4)
    ४.१ तथ्याङ्क प्रस्तुति तथा विश्लेषण
    कुनै पनि विषयको अध्ययनको क्रममा तथ्याङ्कको महत्व सर्वोकृष्ठ हुन्छ । किनभने त्यस अध्ययनको प्रमाण सहित सत्य र तथ्य वा वास्तविक कुरा थाहा गर्न मद्धत पुग्ने भएकोले तथ्याङ्क नै पहिलो विषय हो । यसरी तथ्याङ्कको महत्वलाई मध्यनजर गर्दै यस अध्ययनको क्रममा विभिन्न प्रकारका समस्याहरुको विवरण लिने तथा तथ्याङ्कसंकलन गर्ने कार्य गरिएको छ । साथै संकलन गरिएका तथ्याङ्कहरु यस परियोजना कार्यमा पनि अनिवार्य समाविष्ट वा प्रस्तुत सहित विश्लेषण पनि गर्नुपर्ने भएकोले यस तथ्याङ्कलाई विभिन्न शिर्षकमा विभाजन गरेर तालिका प्रस्तुत सहित विश्लेषण पनि निम्नानुसार उल्लेख गर्न सकिन्छ:
    तालिका नं. १
    यस क्षेत्रमा रहेका बालबालिकाहरुको शैक्षिक अवस्था
    क्र.स. शैक्षिक अवस्था उमेर समूह महिला/पुरुष जम्मा
    १. विद्यालय जाने बालबालिका ५–१६ २५ १५ ४०
    २. विद्यालय नजाने बालबालिका ५–१६ ५ १० १५
    जम्मा संख्या–––५५
    स्रोतः स्थलगत सर्वोक्षण, २०८०
    माथिको तालिका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने बालबालिकाको शैक्षिक अवस्थामा प्रत्यक्षरुपमा असर परेको देखिन्छ । बालबालिकाको शिक्षाको अवस्थालाई हेर्दा ५–१६ उमेर समुहको ४० जनामा २५ जना बालिका महिला र १५ जना बालक विद्यालयमा जाने बालबालिका छन् भने ५–१६ उमेर समुहको ५ जना बालिका र १० जना बालक विद्यालयमा नजाने बालबालिका छन । यसरी हेर्दा ५५ जना बालबालिकामा ४० जना बालिकाहरु स्कुल जाने हुँदा र १५ जान बालक स्कुल नजाने हुँदा यसरी समग्रमा हेर्दा त्यस क्षेत्रका बालबालिकाहरुको शिक्षाको अवस्था केही सनतोषजनक रहेको देखिन्छ ।
    तालिका नं. २
    यस क्षेत्रमा रहेका बाल विवाहको अवस्था
    क्र.स. उमेर समूह बालक/बालिका जम्मा
    १. ५–१६ – – –
    स्रोतः स्थलगत सर्वोक्षण, २०८०
    माथिको तालिका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुको ५–१६ उमेर समुहका बालबालिकाहरु बालविवाहका बारेमा सचेत रहेको थाहा गरियो । जसमा प्रत्यक्षरुपमा बाल विवाहविरुद्ध सम्बन्धी सचेतना कार्यक्रमको प्रभाव परेको देखिन्छ । कम साक्षर अभिभावक भएतापनि आफनो बालबालिकाहरुको भविष्यप्रति अभिभावकहरु चिन्तित भएको देखियो । जसमा स्थानीय सरकार, बाल समुह, बुद्धिजीवि, आमा समुह, महिला समुह, दाजुभाई समुह, अभिभावक, विद्यालय लगायका सरोकारवालाहरुको बाल विवाह विरुद्ध एकजुट भएको देखियो ।
    तालिका नं. ३
    यस क्षेत्रमा रहेका बाल घरेलु कामदारको अवस्था
    क्र.स. उमेर समूह बालक/बालिका जम्मा
    १. ५–१६ – – –
    स्रोतः स्थलगत सर्वेक्षण, २०८०
    माथिको तालिका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुको ५–१६ उमेर समुहका बालबालिकाहरु बाल घरेलु कामदारका बारेमा सचेत रहेको थाहा गरियो । जसमा प्रत्यक्षरुपमा बाल घरेलु कामदारविरुद्ध सम्बन्धी सचेतना कार्यक्रमको प्रभाव परेको देखिन्छ । जसमा स्थानीय सरकार, बाल समुह, बुद्धिजीवि, आमा समुह, महिला समुह, दाजुभाई समुह, अभिभावक, विद्यालय लगायका सरोकारवालाहरुको बाल घरेलु कामदारविरुद्ध एकजुट भएको देखियो ।
    तालिका नं. ४
    यस क्षेत्रमा रहेका बालबालिका माथि हिंसाका घटना तथा र्दुव्यवहारको अवस्था
    क्र.स. उमेर समूह बालक/बालिका जम्मा
    १. ५–१६ – – –
    स्रोतः स्थलगत सर्वेक्षण, २०८०
    माथिको तालिका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुको ५–१६ उमेर समुहका बालबालिकाहरु माथि हिंसाका घटना तथा र्दुव्यवहारका बारेमा सचेत रहेको थाहा गरियो । जसमा प्रत्यक्षरुपमा बालबालिका माथि हिंसाका घटना तथा र्दुव्यवहारविरुद्ध सम्बन्धी सचेतना कार्यक्रमको प्रभाव परेको देखिन्छ ।
    बालबालिका माथि हिंसाका घटना तथा र्दुव्यवहार हुन नदिनका लागि स्थानीय सरकार, बाल समुह, बुद्धिजीवि, आमा समुह, महिला समुह, दाजुभाई समुह, अभिभावक, विद्यालय लगायका सरोकारवालाहरु बालबालिका माथि हिंसाका घटना तथा र्दुव्यवहारविरुद्ध एकजुट भएको देखियो ।
    क. अनुसन्धानबाट प्राप्त नतिजाहरुवाट देहायका कारणहरुले वाल विवाहलाई प्रश्रय दिईरहेको पाईएको छ ।
    ५.१ विवाहलाई महिला र पुरुपको दाम्पत्य जीवन भन्दा विवाह बन्धनको रुपमा लिने धार्मिक एवं साँस्कृतिक मान्यता ।
    ५.२ विवाहलाई पुरुष र महिलाको पारिवारिक मिलनसँग जोडी सामाजिक मर्यादालाई बढी महत्व दिने सामाजिक परम्परा ।
    ५.३ उमेर नपुग्दै हुने विवाहवाट हुनसक्ने हानि र थप समस्याको वारेकामा जानकारीको न्यूनता ।
    ५.४ छोरीलाई दायित्व र भारको रुपमा लिने पितृसत्तात्मक सोँच ।
    ५.५ किशोरकिशोरीमा अपरिपक्वता र ज्ञानको अभाव ।
    ५.६ किशोर किशोरीहरुकोविद्यालय शिक्षामा निरन्तरताको कमी ।
    ५.७ वैवाहिक कार्यमा अभिभावकको निर्णायक भूमिका ।
    ५.८ संचार सामाग्री र सामाजिक संजालको दुरुपयोगबाट किशोरकिशोरीमा पर्न गएको नकारात्मक प्रभाव ।
    ५.९ बाल विवाह दण्डनीय अपराध भएको बारेमा जनचेतनाको कमी ।
    ५.१० विद्यमान कानूनको कमजोर कार्यावन्यन अवस्था आदि ।
    ख. प्रश्नावली (स्वास्थ्यचौकीं) (मुख्य व्यक्तिहरुसंगको अन्तर्वार्ताका लागि प्रश्नावली)
    १. बालविवाहले निम्त्याएको समस्याहरु वा मुद्दाहरु के के हुन् ?
    क)
    ख)
    २. के तपाई २ वर्षको अवधिमा कतिओटा बाल विवाहका घटना भए भन्न सक्नुहुन्छ ? (बैशाख २०७९ देखि अहिलेसम्म)
    क)
    ख)
    ३. बालविवाह अन्त्यका लागि सबैभन्दा राम्रा क्रियाकलाप÷कार्यक्रम के हुन सक्छन् ?
    क)
    ख)
    ४. अभिभावकहरु आफनो बालबालिकाको हेरचाह र भविष्यप्रति कति सचेत हुन्छन् ?
    क)
    ख)
    ५. समुदायमा बालविवाह अन्त्य गर्न स्थानीय सरकारको के भूमिका हुन सक्छ ?
    क)
    ख)
    ६. बालविवाह अन्त्यका लागि बाल क्लब, स्थानीय सरकार तथा सरोकारवाला निकायलाई सक्रिय पार्न कस्तो प्रयास आवश्यक हुन्छ ? तिनीहरुको क्षमता कसरी बढाउन सकिन्छ ?
    क)
    ख)
    सन्दर्भ ग्रन्थ सूची
    १. मर्सी मिशन मिडिया प्रा. लि.
    भाग–१ (पैरवी कसरी गर्ने)
    पैरवी प्रकाशन, काठमाण्डौँ

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्