images
images
  • Latest Update

    Trending

    दलित समुदायमाथि जातीय छुवाछुत र भेदभावले भएको अन्याय सम्बन्धि एक अध्ययन

    निरोज तोलाङे—
    अध्याय एक (Unit-1)
    परिचय
    सामान्य भाषामा बुझने हो भने दलित भन्नाले चरम आर्थिक शोषण तथा समाजिक उत्पीडनको सिकार भई पानी नचल्ने ठानिएको समुदाय नै दलित हो । दलित शव्द व्युत्पति संस्कृत धातु दल बाट भएको जसको अर्थ फुटाउनु, टुक्रा टुक्रा पार्नु र कुल्चनु भन्ने हुन्छ । जसमा नेपाली वृहत शष्दकोषमा दलित शब्दको शाव्दिक अर्थ, फुटाइएको, दबिएको दमन गरियो, थिचिएको, कुल्चिएको हो, दलित समुदाय चन्नो समाजमा हक, इज्जत, प्रतिष्ठा समान रूपले पाउन नसकेको जातिलाई जनाउँछ । बहुभाषी र बहुजाती रहेको नेपाली समाजमा दलित जाति पाखा पारिएका जाति मानिन्छन् । प्रकृतिबाट जन्मने र मर्ने भएता पनि दलित भएर जन्मेकै आधारमा छुवाछुत र भेदभाव भोग्नुपर्नेस्थिति यद्यपी ज्यूँकात्यूँ छ । दलित जाति आफु मानव भएर स्वतन्त्रपूर्वक जिउन पाएका छैनन् । मान्छे भएर जन्मेपछि स्वतन्त्र ढंगले बाँच्न र राज्यद्धारा प्रदत्त अधिकारहरूको समान उपभोग गर्न पाउनु सबै मानवको नैसर्गिक अधिकार हो तर नेपाली समाजमा भने दलित भएर जन्मेकै आधारमा ऊ आफनै अधिकारबाट बन्चित हुनुपरेको छ ।
    नेपाली समाजमा मात्र नभएर युगौदेखि बलियोले निर्धोलाई हेप्ने र मालिक र दासको मानसिकता संसारभर कुनै न कुनै रूपमा चल्दै आएको पाइन्छ । संसारमा देखापरेका सबै जातीय समस्याहरूमध्ये ‘छुवाछुत’ सबैभन्दा क्रुर र मानवीय तत्वलाई हिनताग्रस्त बनाउने समस्या हो । यो देख्दा समान्य लाग्ने तर अनुभुति गर्दा र भोग्दा अत्यास लाग्ने समस्या हो । दलितहरूको वर्षौदेखि भोग्न बाध्य छुवाछुतको समस्या झन पीडादायक छ । एउटै समाजमा बसेर पनि दलित हुनुका कारण मानव भएर बाँच्न हैसियतसम्म पाएका छैनन् उनीहरूले । समाजमा भोग्नु परकोे पीडा तथा राज्यले उनीहरूमाथि गरेको भेदभावका कारण उनीहरूको जीवन अत्यन्त पीडादायक छ । सबै मानव जातिको शरीरमा त्यही रगत नै नै हुन्छ । शारीरिक अंग देखि लिएर बाानट पनि एउटै हुन्छ । त्यही समाजका त्यही नेपाली भूमिमा जन्मिएका हामी सबै नेपाली हौँ । त्यही नेपाली भूमिमा रातदिन काम गर्दै त्यही परिश्रमबाट खाने हामी नेपालीहरू र यो फलानो जात त्यो तल्लो स्तरको जात भन्ने हामी नेपालीहरू नै हो । त्यही छिमेकी साथीभाईको रूपमा हिडेँको साथीहरूलाई पनि जातको हिसाबले भेदभाव गर्दछन् ।
    हाम्रो नेपालले जतिसुकै जातीय भेदभावको अन्त्य गर्छु भनेतापनि अहिलेसम्म लागु भएको छैन् । त्यतिमात्र नभई दलित समुदाय राज्यको समाजिक, आर्थिक र राजनीतिक तवरले सबैखाले अवस्था, व्यवस्था र पहुँचबाट र सबैखाले अवसरबाट पनि बन्चित हुनुपरेको यर्थाथता हाम्रो सामु छ । साँस्कृतिक हिसाबले समेत हेपिएका, दबिएका र दबाइएका वास्तविक श्रमजीवि वर्ग पनि दलित समुदाय नै हुन् । अर्थात हरेक हिसाबले शोषित पीडित, पछाडी परेका, पारिएका उत्पीडित समुदाय हुन् ।
    १.१ अध्ययनको पृष्ठभूमिः
    यो विषयको अध्ययन हामीले मिडिया एड्भोकेसी फोरम नेपालको कार्यक्रम समानतामा पहुँच र मर्सी मिशन मिडिया प्रा. लि. ले प्रकाशन गरेको अर्धवार्षिक बुलेटिन पैरवीको आवाज विषयलाई स्रोत बनाएर मैले तयार गरेका छौँ । यस पैरवी कार्यक्रममा उहाँहरूले स्थलगत अध्ययन गरेर सुदुरपश्चिम प्रदेशमा दलित समुुदायहरूको विभिन्न समस्याहरूलाई प्रस्तुत गर्नुभएको छ ।
    वास्तवमा भन्ने नै हो भने जात भनेको दुईवटा मात्र छ । एउटा पुरूष र एउटा महिला, रगत सबैको रातो नै हुन्छ भने मानवता तथा मानवीयता पनि सबैमा हुनुपर्छ । समाज र राष्ट्रको विकास गर्नुछ भने जातले होइन् हाम्रो आफनो सोचलाई बदल्नुपर्छ र आफैमा सकरात्मक सोचहरूको विकास गर्नु जरूरी छ । यो देशको सुन्दरता भनेको नै सबै जात, धर्म, संस्कृति जस्ता बहुमुल्य र अमुल्य समिश्रणले देशको शोभा बढाएको छ । जातीय विभेदविरूद्ध मनुस्मृति सामाजिक संरचनासँग लडन् जरूरी छ । अझ पनि हाम्रो समाजमा मनुस्मृतिले निर्माण गरेका जातीय अवशेषहरू रहेका छन् तर त्यसलाई सबै मिलेर छिटोभन्दा छिटो भत्काउन जरूरी छ । यो देशको निर्माणमा सबै जातजातीको उतिकै महत्वपूर्ण भुमिका रहेकोले यो दलितको मात्र वा कुनै जातीय समस्या नभएर सबैको साझा समस्या भएकोले, त्यसका निम्ति हामी सबैले आफनो ठाउँबाट जातीय कुसंस्कार विरूद्ध लडन आवश्यक छ ।
    जबसम्म दलित समुदायलाई राज्यको विभिन्न तहमा पहुँचमा बढाउन सकिदैन् तबसम्म दलितमाथि राज्य र गैरदलित मनोबल बढदै जान्छ किनकी दलितहरूले विभेद विरूद्ध सशक्त आवाज उठाउन सक्दैनन् भने गैरदलितलाई कानुन मिची शोषण दमन गरेर घटनालाई दबाउन सहज हुन्छ । जसले गर्दा विभिन्न बहानामा दलितमाथिको विभेदका घटना घटदै जान्छ तसर्थ छुवाछुत र भेदभाव मुक्त समाज निर्माण गर्ने हो भने सुरूवातमा हामी भित्र भएका मनुसोच वा मनुवादी संरचनाले निर्माण गरेको सामाजिक, आर्थिक राजनीतिक संरचना र नकरात्मक चेतनालाई भत्काउन आवश्यक छ । वैज्ञानिक सोच, चिन्तन विभेदविरूद्ध निरन्तर संघर्ष प्रविधिको उच्चतम उपयोग फराकिलो मानवीय विचार र आफैमा समृद्ध दरिलो आत्मविश्वासले नै मानसिकतामा सकरात्मक रूपान्तरण आउँछ र व्यवहारिक परिवर्तन हुन्छ र राष्ट्रको विकास हुन्छ ।
    समस्याको पहिचान/कथन
    नेपालको संविधान र अन्तरराष्ट्रिय अनुबन्ध र महासन्धिहरूको जात व्यवस्थाले सिर्जना गरेका समस्या सम्बोधनका लागि धेरै राम्रा राम्रा कानुनी व्यवस्था गरेको भएतापनि अहिले पनि व्यवहारमा छुवाछुत र जातीय भेदभाव वा विभेदका घटनाहरू गईरहेका छन् ।
    वर्तमान संविधानमा संघिय, प्रादेशिक र स्थानीय तह सबैमा जात जातीहरूको समानुपातिक प्रतिनिधित्वलाई स्वीकार गरेको छ । हाम्रो समाज अझै पनि अन्धविश्वासमा छ, विभेदको संस्कृति मान्छ । ती मनस्थिति तोड्न कानुन बनाएर मात्र पुग्दैन् । समाजको सोच पनि बदल्नु जरूरी हुन्छ । दलित भएका कारण कोठा नपाएको, मन्दिरमा प्रवेश तथा पुजा गर्न नपाएको, धारा तथा इनारमा पानी भर्न नपाएको जस्ता मुद्धा धेरै हुन् । त्यस्तै अन्तरजातीय विवाह गर्दा ज्यानै गुमाउनुपर्ने धम्की आई मानसिक तनाव खेप्नुपर्ने तथा झुठा मुद्धा लगाई दिने, सरकारी कार्यालयमा समेत जातीय भेदभाव तथा छुवाछुत गर्ने कार्यबाट पीडित बन्नुपर्ने अवस्था छ । कर्णाली प्रदेशमा बसोबास गर्ने दलितहरूको अझै पनि स्थानीय स्रोत साधन प्रयोगको अधिकारबाट सधै बन्चित हुँदै आएका छन् । दलित भएकै कारण समाजमा अपमानित हुनुपर्ने अन्याय सहनुपर्ने जस्ता विभेदका कारण मान्छे मरिरहेका छन् । जीउँदाको जीवन पनि कठिन बनेको छ । चुलो छोएको निउँमा, सार्वजनिक धारो, पानी पधेँरो छोएको आरोपमा, लगायतका घटनामा कथित माथिल्लो जातिको आक्रमणबाट दलितहरूमाथि निर्मम कुटपिट भोग्न बाध्य हुन् । हरेक वर्ष छुवाछुत तथा जातीय भेदभाव विभेदकै कारण सामाजिक अपराधका घटनाहरू बन्ने गरेका हुन् ।
    देशमा विभिन्न राजनीतिक आन्दोलनहरू शासकिय व्यवस्था र संरचनामा आमुल परिर्वतन हुँदा पनि जातीय छुवाछुत र विभेद जस्तो समाजिक कुप्रथाको अन्त्य हुन नसक्नु दुःखद् विषय हो । दलित समुदायले राज्यका लागि गरेको बलिदानी संघर्ष महत्वपूर्ण योगदान सम्मानजनक छ । देशका विभिन्न धार्मिक, सांस्कृतिक क्षेत्र, जातीय छुवाछुत र अन्धविश्वास लगायतका कुरितिजन्य परम्परागत मुल्य र मान्यताले गाडेको जरो जरैबाट उखेल्न नसक्नु नै हो । साथै राज्यले प्रभावकारी कानुनको कार्यान्वयन नगर्नु नै मुख्य समस्या रहेको छ ।
    यो समस्याको मुख्य कारण :
    १. व्यक्तिमा भएको अज्ञानता र अल्पज्ञान
    २. रूढीवादी सोच (पुरातन सोच)
    ३. शिक्षा तथा जनचेतनाको कमी
    ४. परम्परागत धर्म र संस्कृतभित्र रहेका गलत मुल्य र मान्यताको विकास
    १.३ अध्ययनको उदेश्यहरू
    यस विषयको अध्ययनले तथा अनुसन्धानले समाजमा रहेका सबै प्रकारका विभेद, असमानता र विकृतिहरूको अन्त्य गरी सभ्य र समतामुलक समाज निर्माण गर्नु आजको आवश्यकता हो । समाजमा सबै वर्ग, जात, धर्म र लिङ्गको सहअस्तित्वलाई सम्मान गरी समाजिक सहिष्णुता कायम राख्न राज्य तथा सम्बन्धित सरोकारवाला निकायको ध्यान आकृष्ट गर्ने र सिंगो देशलाई सम्पूर्ण प्रकारले विभेदमुक्त राज्यको रूपमा स्थापित गरी २१ औँ शताब्दिको मानविय सभ्यताको नमुना राज्य बनाउन तर्फ लाग्न र वैज्ञानिक सोच बनाई राष्ट्र निर्माण गर्न प्रोत्साहित गर्न प्रयास गराउनु यस अध्ययनको उदेश्य रहेको छ ।
    यसैगरी यस अनुसन्धानको मुख्य उदेश्यहरू निम्नानुसार प्रस्तुत गर्न सकिन्छ । 
     जातीय छुवाछुत र भेदभावका कारण दलित समुदायमाथि भएको अन्यायबारे अध्ययन गर्ने ।
    १.३ अध्ययनको महत्व
    प्रस्तुत अध्ययनले सम्बन्धित व्यक्तिहरूले भोगेको जातीय छुवाछुत र जातीय विभेदको समाजिक अन्याय, अत्याचारबाट आफै पनि मुक्त हुन् सकेको छैनन् । जातीय छुवाछुत र भेदभाव जन्य कार्य आजको एक्काइसौ शताव्दिको मानव समाजले निन्दनिय अपराधको रूपमा मानेको छ । यस्तो मानवअधिकारको गम्भिर उल्लंघनलाई संविधानले दण्डीय कार्य मानेको र त्यसलाई अपराधीकरण गरी अपराधीलाई दण्ड र पीडितलाई क्षतिपूर्तिसहितको उपचार प्रदान गर्ने उदेश्यले जारी गरिएको कानूनको कार्यन्वयनको स्थितिका सम्बन्धमा अध्ययन गरी कानूनको कार्यान्वयन तथा पीडितले न्याय प्राप्त गर्ने क्रममा रहेका समस्याका सम्बन्धमा अध्ययन गरी सुधारका कदमहरू अगाडी बढाउन आवश्यक भएकोले यस अध्ययनले वडा कार्यालयलाई र नमुना मच्छिन्द्र क्याम्पसलाई समेत यस अध्ययनले सहयोग पु¥याउने आशा लिएको छु ।
    अध्ययनको सिमाहरूः
    यस अध्ययनको निश्चित क्षेत्र सुदुपश्चिम प्रदेशको पृथ्वी नगरपालिका १, बझाङ्ग जिल्ला कौडा गाउँ रहेको छ । यस अनुसन्धान वा अध्ययन जातीय छुवाछुत र विभेदले दलित समुदायमाथि भएको अन्याय, अत्याचार तथा दमनका बारेमा गरिएको छ । अध्ययनको क्षेत्र सानो भएकोले ८५ जना दलितलाई प्रश्न सोधिएको छ, त्यसकारण यसबाट निस्केको निष्कर्षले दशरथचन्द नगरपालिकालाई नै छुवाछुत तथा विभेदमुक्त समाज निर्माण र जातीय सद्भाव र सम्मानयुक्त समाज र समुदाय बनाउन सोचमा परिवर्तन र व्यवहार प्रयोग ल्याउने मुख्य ध्येयका साथ अध्ययनमा समेटिएको छ ।
    अध्याय दुई (Unit-2)
    सन्दर्भ साहित्यको पुनारावलोकन/साहित्य समिक्षा
    जातीय छुवाछुत र विभेदले दलित समुदायमाथि परेको अन्याय शिर्षकमा अध्ययन गर्ने शिलसिलामा विषयवस्तुसँग सम्बन्धित केही विगतमा भएका घटनाको अध्ययन र विवरणहरू तथा अनुसन्धान प्रतिवेदनहरूको अध्ययन अनुसन्धान गरिएको छ । उक्त प्रतिवेदन तयार पार्ने क्रममा विभिन्न पत्रपत्रिका, अनलाइन मिडिया र लेखकहरू आदिबाट पनि अध्ययन गरी साहित्य समिक्षा तयार पारिएको छ । जातीय विभेद र छुवाछुतको घटना किन सबैको साझा मुद्धा बन्न सकेन ? अझै पनि दलितहरू राज्यको विभिन्न पहुँचमा पुग्न किन सकेनन्, अझै पनि किन दलितहरूले विभिन्न घटनामा न्याय पाएनन्, न्याय दिन सरकार किन र कहाँ चुकिरहेको छ ? यी यावत प्रश्नले आम व्यक्तिहरूमा प्रश्न छाईरहेको छ ।
    प्रस्तुत छ नयाँ पत्रिकाबाट लिइएको घटनाको विवरण :
    १.  १० जेठ ०६८ मा संसद्ले जातीय विभेदलाई सजाय गर्ने कानुन पास गरेको थियो, नौ वर्षपछि १० जेठमै पश्चिम रूकुममा दलित युवा र उनका साथीहरूलाई भेरीमा धकेलियो, कानुन बनेको नौ वर्षमा १७ नागरिकले दलित भएकै कारण ज्यान गुमाएका छन्, जसमा बलात्कृत छोरीहरू पनि छन् ।
    २. सहकर्मीले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा कैलालीको गौरीगंगा नगरपालिका–११ की २१ वर्षीया माया विकको सामूहिक बलात्कार र बीभत्स हत्या भयो । स्थानीय नगरपालिकाका लागि स्थानीयको तथ्यांक संकलन गर्ने जागिर पाएकी माया १२ असार, ०७५ मा बिहान घरबाट निस्किएकी थिइन् । तर, उनी फर्किनन् । उनको शव १५ असारमा चपथली सामुदायिक वनमा भेटियो ।
    ४. अन्तरजातीय विवाह गरेको कारण जाजरकोट भेरी न.पा. ८ का दलित युवा नवराज विक र कथित माथिल्लो जातकी प्रेमीकाबीच विहे गराउन रूकुमको सोती गएका तीन जना युवाको शव नदीमा भेटिएको थियो ।
    जातीय भेदभावलाई दण्डित गर्ने कानुन बनेयता नौ वर्षमा ज्यान गुमाउने दलितहरू:
    ०७७ : नवराज विक (जाजरकोट) अन्तर्जातीय प्रेम
    ०७७ : अंगिरा पासी (रूपन्देही) बलात्कार, बालबिहे र हत्या
    ०७७ : टीकाराम नेपाली (रूकुम) अन्तर्जातीय प्रेममा सहयोग गर्दा
    ०७५ : माया विक (कैलाली) बलात्कारपछि हत्या 
    ०७५ : दितिया रेष्मा रसाइली (धनुषा) बलात्कारपछि हत्या
    ०७५ : रूपमतीकुमारी दास (मोरङ) अपहरण, बलात्कारपछि हत्या
    ०७५ : मना सार्की (कालिकोट) अछुत भन्दै कुटपिटबाट हत्या
    ०७५ : श्रेया सुनार (कास्की) बलात्कारपछि हत्या
    ०७३ : अजित मिजार (काभ्रे) अन्तर्जातीय विवाहपछि हत्या
    ०७३ : लक्ष्मी परियार (काभ्रे) बोक्सीको आरोपमा कुटपिट गरी हत्या
    ०७३ : अस्मिता सार्की (झापा) अन्तर्जातीय प्रेम असफल
    ०७१ : राजेश नेपाली (पर्वत) छुवाछूत
    ०७० : संगीता परियार (तनहुँ) अन्तर्जातीय प्रेम
    ०७० : झुमा विक (ताप्लेजुङ) हत्या
    ०६८ : सेते दमाईं (दैलेख) अन्तर्जातीय विवाह
    ०६८ : शिवशंकर दास (सप्तरी) अन्तर्जातीय विवाह
    ०६८ : मनवीरे सुनार (कालिकोट) चुलो छोएको निहुँमा
    यसरी दलित समुदायले न्याय पाउने मुस्किल र न्यायको आशमा बस्नुपर्ने भएको छ । मानव सभ्यता माथिको कलंकको रूपमा रहेको जातीय भेदभावलाई अपराधीकरण गरी सजायको व्यवस्था भएपनि जातीय भेदभाव र छुवाछुत प्रकृतिका घटनाहरू प्रकाशमा आइरहेको पाइन्छ । ऐनको कार्यान्वयन कति प्रभावकारी रूपमा भएको छ ? प्रभावकारी रूपमा कार्यान्वयन नभएको भए यसका पछाडी के कारणहरू रहेका छन् ? छुवाछुतको घटना सम्बन्धि कसुरको सूचनाको जाहेरी, अनुसन्धान तथा अदालती कारवाहीको अवस्था र तिनमा रहेका समस्याको पहिचान गरी ती समस्याको समाधानका उपायहरू पत्ता लगाउन आवश्यक रहेको हुँदा सोही विषयमा यो अध्ययन केन्द्रित रहने छ ।
    अध्याय तिन (Unit-3)
    अनुसन्धान विधि
    प्रस्तुत विषयमा अध्ययन गर्ने सिलसिलामा निम्न लिखित प्रक्रियाहरू अवलम्बन गरिएको छ ।
    १. घटनाको स्रोत तथा विवरण
    २. तथ्याङ्क स्रोत
    ३.१ अनसन्धान ढाँचा
    समयको परिवर्तनसँगै दलितमाथि गरिने विभेदमा स्वरूप र माध्यम पनि परिवर्तन हुन थालेका छन् । विभिन्न माध्यमको दुरूपयोग गरी दलित जात विशेषको आत्मसम्मानमा ठेस पु-याउने शब्दावलीको प्रयोग गरी अपमान समेत गरेको पाइएको छ । दलित हो भन्ने पहिचान हुनुभन्दा पहिले गर्ने व्यवहार र पहिचान भईसकेपछि उसको वनावट रूपरंग, लवाई खुवाई काम गर्न सक्ने क्षमतालाई फरक तरिकाले सोच्ने मापन गर्ने र आफू अनुकुलमा धारणा बनाउने जस्ता व्यवहार हुने गरको पनि पाइन्छ । दलित समुदायमाथि हुने समाजिक सांस्कृतिक वहिष्करण अपमान, दुव्र्यवहार, तिरस्कारका घटना घटन नदिनका लागि जातीय भेदभाव तथा छुवाछुत विरूद्ध बनेका कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । जातीय भेदभाव तथा छुवाछुतको अन्त्यका लागि जातीय भेदभाव विरूद्धको ऐनको पूर्ण तथा प्रभावकारी कार्यान्वयन गर्नका निम्ति सबैको साझा संकल्पका साथ प्रभावकारी संयन्त्र निर्माणका लागि आवश्यक उपायको अवलम्बन गुर्नपर्ने दखिन्छ । सबै क्षेत्रमा सामाजिक सांस्कृतिक जागरण र अन्तरघुलनका कार्यक्रम तथा सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने देखिन्छ । आधारभुत तहदेखि नै सचेतना वृद्धि गर्नका लागि विद्यालयका पाठ्यक्रममा पुनरावलोकन गर्न सकिन्छ ।
    ३.२. नमुना छनौट प्रक्रिया
    नमुना छनौट प्रक्रियामा यस विषयको अध्ययन क्षेत्र सुदुपश्चिम प्रदेश पृथ्वी नगरपालिका १, कौडा बझाङ्ग जिल्ला रहेको छ । त्यस गाउँमा बसोबास गर्ने ८५ घरधुरीलाई छनौट गरी जातीय छुवाछुत र भेदभावले दलित समुदायमाथि भएको अन्यायका सन्दर्भमा स्वयम् उपस्थित भई अन्र्तवार्ता गर्न र लिन नसकिने अवस्था भएकोले साथीभाइ र त्यहाँका नगरपालिका, वडा कार्यालय मार्फत सूचना लिने प्रयास गरेको छु । जसमा पीडित दलित समुदायलाई छनौट गरी प्रश्नावलीको संकलन नमुना छनौट प्रक्रियाबाट गरिएको छ ।
    ३.२. तथ्याङ्क स्रोतहरू  
    प्रस्तुत अध्ययन मुख्यतया प्राथमिक स्रोत र द्धितिय श्रोत हुन् । यसरी दुई प्रकारका अनुसन्धानका स्रोतहरूमध्ये खास यस विषयको अध्ययन गर्नका लागि प्राथमिक स्रोतको नै आवश्यक पर्ने भएको हँदा स्थलगत रिर्पोट संकलन गर्न कोरोनाका कारण असमर्थ भएकोले द्धितिय स्रोतको नै प्रयोग गरी अध्ययन प्रतिवेदन लेख्ने सिलसिलामा अप्रत्यक्ष रूपमा पनि तथ्याङ्क संकलन गरी तयार पारिएको छ । जस्तैः टेलिफोन, इन्टरनेट माध्ययमबाट, ईमेलमार्फत र अनलाइनमार्फत आदि माध्यमको प्रयोगमा तथ्याङ्क संकलन गर्ने कोशिस गरिएको छ ।
    ३.२. तथ्याङ्क संकलन प्रविधि 
    सुदुपश्चिम प्रदेशको पृथ्वी नगरपालिका १, बझाङ्ग जिल्ला कौडा गाउँमा बसोबास गर्ने दलितहरूको अवस्थाबारे त्यही स्थानमा गएर विभिन्न क्षेत्रमा वा गाउँमा भोगेका अन्याय, अत्याचार र पीडालाई सम्बोधन गर्ने गरी तयार पारिएका सूचनाहरूलाई मानवअधिकारका क्षेत्रमा कार्यरत संस्थाहरू पत्रपत्रिका तथा अनलाइन मिडियामा, ईन्टरनेट माध्यम र टेलिफोन सम्पर्क लगायतका सूचना तथा संचारको माध्यम प्रयोग गरी त्यसबाट खोजेर तथ्याङ्कहरू संकलन गरेको छु ।
    दलित समुदायले भोगेका पीडादायी घटना वा विवरणले पनि बताउँछ की अझै पनि न्यायको आशमा दलित समुदायहरू छन् । ती व्यक्तिहरूले भोगेका पीडादायी वास्तविक घटनाहरू, विभिन्न मिडियामा व्यक्त भएका लेखहरू, समस्याहरू तथा घटनाको सम्बोधनका लागि राज्यसँग भए गरेका पैरवीहरू, विभिन्न समयमा विभिन्न व्यक्ति, राज्यका आयोगहरू, सम्बन्धित सरोकारवाला निकायसँग भएका कुराकानी र लेखकहरूको आ–आफनै दृष्टिकोण र विचारहरूको अवलोकनका आधारमा त्यस सूचना तथा जानकारीहरूलाई मुल्याङ्कन गरी तथ्याङ्कहरू उल्लेख गरिएको छ, भने मुख्य साधनको रूपमा घटनाको विवरण र प्रश्नावली विधिको प्रयोग गरिएको छ ।
    अध्याय चार (Unit-4)
    ४.१ तथ्याङ्क प्रस्तुति तथा विश्लेषण
    कुनै पनि विषयको अध्ययनको क्रममा तथ्याङ्कको महत्व सर्वोकृष्ठ हुन्छ । किनभने त्यस अध्ययनको प्रमाण सहित सत्य र तथ्य वा वास्तविक कुरा थाहा गर्न मद्धत पुग्ने भएकोले तथ्याङ्क नै पहिलो विषय हो । यसरी तथ्याङ्कको महत्वलाई मध्यनजर गर्दै यस अध्ययनको क्रममा विभिन्न प्रकारका समस्याहरूको विवरण लिने तथा तथ्याङ्क संकलन गर्ने कार्य गरिएको छ ।
    साथै संकलन गरिएका तथ्याङ्कहरू यस परियोजना कार्यमा पनि अनिवार्य समाविष्ट वा प्रस्तुत सहित विश्लेषण पनि गर्नुपर्ने भएकोले यस तथ्याङ्कलाई विभिन्न शिर्षकमा विभाजन गरेर प्रस्तुत सहित विश्लेषण पनि निम्नानुसार उल्लेख गर्न सकिन्छ :
    तालिका नं. १
    यस क्षेत्रमा रहेका दलितहरूको शैक्षिक अवस्था
    शैक्षिक अवस्था उमेर समूह महिला पुरूष जम्मा
    १. निरक्षर १५–७० २५ ५ ३०
    २. साक्षर ३०–७० ५ १० १५
    ३. साधरण लेखपढ १५–७० ५ ५ १०
    ४. एस.एल.सी. १५–७० ५ १५ २०
    ५. स्नातक भन्दा माथि २२–७० ५ ५ १०
    जम्मा संख्या–––८५
    स्रोतः स्थलगत सर्वोक्षण, २०८०
    माथिको तालिका अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने दलित सुमदायको शैक्षिक अवस्थामा प्रत्यक्षरूपमा असर परेको देखिन्छ । दलितहरूको शिक्षाको अवस्थालाई हेर्दा ३०–७० उमेर समुहको १५ जनामा ५ जना महिला र १० जना पुरूष साक्षर छन् भने ३० जनामा २५ जना महिला र ५ जना पुरूष निरक्षर रहेको देखिन्छ । त्यसैगरी १५–७० उमेर समुहको १० जनामा ५ जना महिला र ५ जना साधारण लेखपढ गरेका छन् भने १५–३० उमेर समुहको २० जनामा ५ जना महिला र १५ जना पुरूषले एस.एल.सी. सम्म गरेका छन भने स्नातक भन्दा माथि २२–३० उमेर समूहको १० जनामा ५ जना पुरूष र ५ जना महिला अध्ययनरत छन् ।  यसरी हेर्दा ८५ जना व्यक्तिमा ३० जनाको साक्षरता दर कमजोर र १५ जनाको मात्र साक्षरता अवस्था केही राम्रो देखिन्छ । समग्रमा त्यस क्षेत्रका दलितहरूको शिक्षाको अवस्था पनि एकदमै नाजुक रहेको देखिन्छ ।
    तालिका नं. २
    यस क्षेत्रमा रहेका दलितहरूको रोजगारीको अवस्था
    दलितको अवस्था रोजगार बेरोजगार
    १. महिला १० १५
    २. पुरूष १० ५०
    ३. अन्य ० ०
    जम्मा २०६५
    जम्मा संख्या–८५
    स्रोतः स्थलगत सर्वेक्षण, २०८०
    माथिको तथ्याङ्क अनुसार त्यस क्षेत्रमा बसोवास गर्ने दलित समुदायको रोजगारीको समस्या पनि यतिकै रहेको देखिन्छ । पुरूषको तुलनामा महिलाहरू घरधन्दमा व्यस्त हुने र रोजगारी नभएकोले घरखर्च चलाउन पनि नाजुक अवस्था छ । दलित पुरूषहरू पनि हातमा सीप भएर पनि लागानी गर्ने वातावरण र आर्थिक अवस्था नाजुक भएकोले पनि रोजगारी गर्न मुस्किल छ ।
    जसअनुसार परिवार समाजबाट पनि अपेहेलित हुनुपर्ने र बरोजगार भई बस्नुपर्ने दलितको संख्या ५ जनामा महिला र पुरूषको रोजगारीको अवस्था ६५ जना बरोजगारी छन् भने २० जना मात्रले रोजगारी पाएको देखिन्छ । यसो हुँदा दलित समुदायको सीप भएपनि बरोजगार बस्नुपर्ने बाध्यात्मक अवस्था छ भने रोजगारीको स्थिति पनि नाजुक रहेको देखिन्छ ।
    तालिका नं. ३
    यस क्षेत्रमा रहेका दलितहरूको आर्थिक अवस्था
    क्र.स. आर्थिक अवस्था संख्या (घर)
    १. उच्च ३
    २. मध्यम १२
    ३. न्यून ७०
    जम्मा ८५
    स्रोतः स्थलगत सर्वेक्षण, २०८०
    माथिको तथ्याङ्क अनुसार त्यस क्षेत्रमा बसोबास गर्ने दलितहरूको आर्थिक स्थितिबारे स्थलगत एक अध्ययनबाट तयार पारिएको तथ्याङ्क हो । आर्थिकस्थिति उच्च भएको दलितहरूको संख्या शून्य अवस्थामा रहेको देखिन्छ भने मध्यम आर्थिक अवस्था भएका दलितहरूको संख्या १२ रहेको छ । त्यसैगरी न्यून आर्थिक अवस्था भएका दलितहरूको सबैभन्दा धेरै संख्या ७० रहको छ । समग्रमा दलितहरूको आर्थिक अवस्था धेरै दयनीय वा धेरै कमजोर भएका कारण दलितहरू जातीय विभेद र छुवाछुत हिसां वा अन्यायमा परेका छन् ।
    तालिका नं. ४
    यस क्षेत्रमा रहेका दलितहरूको धर्मको अवस्था
    धर्म संख्या
    १. हिन्दु ३०
    २. बौद्ध १२
    ३. ख्रीष्टियन ४०
    ४. धर्म नमान्ने ३
    ५. अन्य ०
    जम्मा ८५
    स्रोतः स्थलगत सर्वोक्षण, २०८०
    माथिको तथ्याङ्क अनुरूप प्रत्येक वर्ष कुनै न कुनै घटनाबाट दलितहरूले आफनो धर्म परिवर्तन गरिएको पाइन्छ । भने त्यस क्षेत्रमा बसोबास गर्ने दलितहरू आफनो धर्म परिवर्तन गर्ने दिनप्रति दिन बढ्दैछ । यस बारे स्थलगत अध्ययनबाट यो तयार पारिएको तथ्याङ्क हो । हिन्दु धर्म मान्ने दलितहरूको संख्या ३० छ भने बौद्ध धर्म मान्नेको संख्या १२ रहेको छ । यसैगरी ख्रीष्टियन धर्म मान्नेको संख्या ४० रहेको छ भने धर्म नमान्ने ३ र अन्य धर्म अपनाउने व्यक्ति शून्य रहेको छ यसरी धर्मको अध्ययन गर्दा ख्रीष्टियन धर्म मान्नेको संख्या उच्च रहेको देखिएको छ ।
    समग्रमा दलित समुदायको धर्मको अवस्था हेर्ने हो भने प्रायजसोले ख्रीष्टियन धर्मप्रति विश्वास वा आस्थावान देखिन्छ कारण धर्म तथा संस्कृति र विभेद, शाताब्दियौँ देखि थिचोमिचोमा परेका, शोषित, दमित, निमुखा र समाजबाट बहिष्कृत र अपेहेलना गर्दा ख्रीष्टियन लगायत अन्य धर्मप्रति दलित समुदाय आर्कषित भएको देख्न सकिन्छ ।
    तालिका नं. ५
    यस क्षेत्रमा रहेका दलितमाथि भएको छुवाछुत र विभेदको संख्या
    विभेद र छुवाछुतको विवरण संख्या
    १. पानी छोएको निहुँ १०
    २. अन्तरजातीय प्रेम विवाह ६०
    ३. घरभित्र पसेको निहुँ १०
    ४. कुटपिट ५
    ५. अन्य ८५
    स्रोतः स्थलगत सर्वोक्षण, २०८०
    माथिको तथ्याङ्क तालिका अनुसार दशरथ नगरपालिका वडा नं. २ तिरूगाउँ बैतडी जिल्लाको दलितमाथि भएको छुवाछुत र जातीय विभेदको घटनाबारे स्थलगत एक अध्ययनबाट तयार पारिएको तथ्याङ्क हो । दलितमाथि भएको छुवाछुत र विभेदको घटनाबारे हेर्दा पानी छोएको निहुँमा १० जना माथि दुव्र्यवहार भएको देखिन्छ भने अन्र्तजातिय प्रेम विवाह गर्नेको संख्या ६० जना रहेको छ यस्तै घरभित्र पसेको निहुँमा १० जना र कुटपिटको संख्या ५ जना रहेको छ । यसरी हेर्दा अन्तरजातीय प्रेम गर्ने र विवाह गर्नेको संख्या धेरै हुनुसँगै धेरै घटनाहरू पनि घटेका हुन् यसकारण ज्यानै गुमाउने स्थितिसम्म आएको छ भने यस्ता घटनाले गर्दा समाजमा दलित समुदायलाई पानी नचलने, भित्र पस्न नहुने लगायत कुटपिट र पानी छोएको निहुँमा दुव्र्यवहार र अन्यायमा परेको देखिन्छ । जसका कारण सामाजिक कुरिति, कुसंस्कार र पुरातनवादी सोचले जरा गाडेको देखिन्छ ।
    अध्याय पाँच (Unit-5)
     सारांश, निष्कर्ष र सुझावहरू
    ५.१. साराशं 
     दलित समुदायको परिचय
     समस्याको अध्ययन र पहिचान गरी समाधानको लागि प्रयत्न
     जातीय भेदभाव र छुवाछुतले गर्दा समाजमा नकरात्मक असर परेको देखिन्छ ।
     दलित समुदायमाथि उठन नसक्नुका कारणहरू
     जातीय र वर्गिय धारणामा परिवर्तन नआएसम्म व्यवहारमा समानताकायम हुन नसकेको देखियो ।
     दलितहरू राज्यको सबै क्षेत्रमा पहुँच नभएको वा नपुगेको देखियो
     अशिक्षा र चेतनाको कमिका कारण समाजमा जातीय भेदभाव र छुवाछुत व्याप्त देखियो ।
     जातीय छुवाछुतको अर्को कारण आर्थिक विपन्नता देखियो ।
     विभेदको दुष्चक्रले गर्दा गरिबीको कारण विभेद छ र विभेदमा परेका समुदायहरूको आर्थिक स्रोत र अवसरको पहुँचमा कमी रहेको देखियो ।
     राज्यले वातीय भेदभाव र छुवाछुतविरूद्धको ऐन, नियम र कानुनको प्रभावकारी कार्यान्वयन र छुवाछुतसम्बन्धि कार्यक्रमहरूको प्रभावकारिता देखिएन ।
     दलित समुदायलाई सक्षम र जागरूक बनाउन राज्यका तर्फबाट जनचेतना र सामाजिक जागरणको कार्ययोजना भएको देखिएन ।
     शिक्षा चेतना, योग्यता, क्षमता, पारिवारिक संगठन, संस्कृति असुरक्षा लगायतका कारणले दलितको अधिकार र हकको संरक्षण गर्न असक्षम देखिएको ।
    निष्कर्ष
    यस अध्ययन तथा अनुसन्धानबाट प्राप्त तथ्याङ्कहरूको आधारमा के निष्कर्षमा पुग्न सकिन्छ भने सुदुरपश्चिम प्रदेशको दलितहरूको अवस्था एकदमै दयनिय देखिन्छ भने सबै क्षेत्रमा कमजोर उपस्थिति सँगै पहुँच नभएको देखिन्छ । शताब्दियौँ देखि विद्यमान जातीय विभेद तथा छुवाछुतको कारणबाट दलित समुदायका मानिसहरू जीवनका आधारभुत आवश्यकताहरूबाट बञ्चित छन् भने यही उनीहरूको आर्थिक सामाजिक विकासको बाधक बनेको छ । जो सक्षम छ, विकसित र सम्पन्न छ उसका विरूद्ध विभेद गर्ने आँट कसैले गर्दैन भने विभेद भईहाल्यो भने पनि त्यसको प्रतिकार गर्ने र कानुनी उपचार खोज्ने हैसियत त्यस्ता व्यक्तिसँग हुन्छ । तसर्थ छुवाछुत र विभेदसँग विपन्नता, अशिक्षा र असक्षमता पनि जोडिएको छ । मानिस विच गरिने विभेद र छुवाछुतको अवस्थाको सिर्जना समाजले खडा गरेको सामाजिक तथा सांस्कृतिक प्रचलन र व्यवहारको कारण भएको हो ।
    यसरी कानुनले नै समाजलाई विभिन्न जातजातिमा वर्गीकरण गरेको कारण जातीय विभेद र छुवाछुतको प्रचलन संस्थागत रूपमा नै कायम रहेको पाइन्छ । समाजमा जातीय विभेदको अन्त्य गर्न राज्यले विशेष पहल गर्नुपर्ने देखिन्छ । लामो समयसम्म दमित, शोषित, आर्थिक रूपमा पिछडिएको दलित वर्गका व्यक्तिमा रहेको गरिबी, परनिर्भरता, निमुखोपना, सहनशिलता, आत्मविश्वासमा कमी तथा पछौटेपनको दुरूपयोग गर्दै उनीहरूमाथि शोषण, हिसां र थिचोमिचो हुने र गर्ने क्रम हिजोभन्दा आज कम भएको देखिदैन । बरू नयाँ प्रक्रिया र प्रविधिको प्रयोगबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा यो क्रम झन बढको अहिलको घटनाक्रमले देखाँउछ ।
    यस प्रकृतिको खराबीलाई रोक्न हटाउन सबैको साझा उपस्थिति, संकल्प, सबै वर्ग तथा समुदायको उपस्थिति पहुँच र पहचिानलाई अन्य व्यक्ति वा समुह सरह बनाई सहभागितामुलक, समावेशी र समान अवसरका आधारमा समाज व्यवस्थापन गर्न नीतिगत, कानुनी संरचनागत प्रयास आवश्यक पर्दछ । यसमा नागरिक समाज, राजनीतिक नेतृत्वको दृढता, राज्यका संयन्त्रको सक्षमता सबैको सकरात्मक सहयोग हुन जरूरी छ ।
    सुझावहरूः
    यो अध्ययन अनुसन्धानको निष्कर्षबाट हामीले निम्न सुझावहरू तयार पारेका छौँ ।
    १. हाम्रो बुझाइ र दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक कुरा शिक्षा नै हो भन्ने कुरालाई आत्मसाथ गरी समाजमा आफू र आफनो परिवारलाई सबै कोणबाट सुसुचित पार्दै एक असल र सभ्य नागरिकको परिचय बनाउने ।
    २. समाजका अगुवा व्यक्तिहरूसँग छुवाछुत प्रथा हटाउने सम्बन्धमा कुरा गर्ने ।
    ३. दैनिक व्यवहार, चालचलन र संस्कारलाई सभ्य बनाउने ।
    ४. जुनसुकै समाजिक समस्या समाधानका लागि निष्कर्ष सहयोगी भावनाका साथ अग्रसर हुने ।
    ५. दलित समुदायको कला, गला, सिप, क्षमता र संस्कृतिको संरक्षणमा टेवा पुग्छ र यसले आयस्रोतको दायरा बढाई जीवनस्तर उकास्न सहयोग गर्छ ।
    ६. अरूलाई बदल्न कठिन हुन्छ तर आफु र आफनो व्यवहारलाई परिवर्तन गरेर मात्र पनि यस समस्यको समाधान गर्न सकिन्छ भन्ने कुरालाई आत्मसाथ गर्ने ।
    ७. राज्यले संविधानमा व्यवस्था गरिएका दलित समुदायको हक अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न आवश्यक कानुनको निर्माण गरी प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउने ।
    ८. दलित समुदायको आर्थिक, सामाजिक सशक्तिकरणमा विशेष कार्यक्रम ल्याउने
    ९. दलित समुदाय लक्षित अभिमुखिकरण कार्यक्रम संचालन गर्ने ।
    १०. दलित समुदायको परम्परागत सिप कलालाई व्यवसायिक र आधुनिकरण गर्नका लागि प्रोत्साहन गर्ने ।
     प्रश्नावली :
    १. तपाईको नाम के हो …………………….
    २. तपाई हाल कति बर्ष हुनुभयो ?  वर्ष………महिना…….
    ३. तपाई कुन धर्म मान्नुहुन्छ ?  हिन्दु………बौद्ध………मुस्लिम………ख्रीष्टियन………अन्य
    ४. तपाईलाई जातीय विभेद र छुवाछुतका बारेमा जानकारी छ ?  छ………छैन………
    ५. तपाईले जातीय विभेद र छुवाछुतको समस्या भोग्नु परेको छ ?  छ ………छैन………
    ६. यदि समस्या भोग्नु भएको छ भने कस्तो खालको समस्या वा पीडा भोग्नुभएको छ ?
       पानी छोएको निहुँ……… कुटपीट………सामाजिक वहिष्कार ……… घरभित्र पसेको निहुँ……… अन्य
    ७. तपाईलाई समाजबाट दलित भएपछि के–के समस्याहरू भोग्नुभएको छ ?
       सामाजिक अपहेलना ………सामाजिक कार्यक्रम वा कार्यमा सहभागी नगराइएका………
       बोलचाल बन्द ………अन्य………
    ८. दलितहरूलाई सरकारले विभिन्न सामाजिक उत्थानका कार्यक्रम लिएर आएको बारे तपाईलाई थाहा छ ?
       छ ………छैन ………
    ९. जातीय छुवाछुत र विभेदका बारेमा सचेतना कार्यक्रम कुन माध्यमबाट जानकारी पाउनु भयो ?
       पत्रपत्रिका ………  रेडियो ……… टेलिभिजन ………स्थानीयबाट  ……… सरकारबाट………
    १०. तपाईको आर्थिक अवस्था कस्तो छ ?  उच्च ……… मध्यम  ………न्यून  ………
    ११. तपाईको परिवारमा कति सदस्य छन ? संख्यामा लेख्नुहोस……………………..
    १२. जातीय छुवाछुत र विभेदबारे तपाईको परिवारले बुझनुभएको छ ?  छ ………छैन………थोरै  ………
    १३. जातीय छुवाछुत र विभेदबारे तपाईको परिवारले कुनै समस्या भोग्नु भएको छ ?  छ ………छैन………
    १४. जातीय छुवाछुत र विभेदको निमुल गर्न तपाईले कस्तो भुमिका खेल्नुभएको छ ?
        सचेतना कार्यक्रम ………सामाजिक अभियान ………विभिन्न अन्र्तक्रिया कार्यक्रम ………
    १५. जातीय छुवाछुत र विभेदबारे तपाईको धारणा के छ यसलाई तपाईले कसरी लिनुहुन्छ ?
        आफनो उत्तर (राय) दिनुहुनुहोस……………………………………………………………
    १६. जातीय छुवाछुत र विभेदबारे तपाईको समाजको धारणा के कस्तो पाउनुभयो ?
        आफनो उत्तर (राय) दिनुहुनुहोस……………………………………………………………
    १७. जातीय छुवाछुत र विभेदलाई निर्मुल पार्न के–के अभियानहरू हुन जरूरी छ ?
        आफनो उत्तर (राय) दिनुहुनुहोस……………………………………………………………
    १८. जातीय छुवाछुत र विभेद गर्नले समाजलाई कस्तो असर पार्छ ?
        आफनो उत्तर (राय) दिनुहुनुहोस……………………………………………………………
    १९. यदि तपाईमाथि जातीय छुवाछुत र विभेद भयो भने तपाई के गर्नुहुन्छ ?
        आफनो उत्तर (राय) दिनुहुनुहोस……………………………………………………………
    २०. जातीय छुवाछुत र विभेद गर्ने व्यक्तिलाई कस्तो खालको सजाय हुनुपर्छ ?
        आफनो उत्तर (राय) दिनुहुनुहोस……………………………………………………………
    सन्दर्भ ग्रन्थ सूची
    १.  मर्सी मिशन मिडिया प्रा. लि.
    जातीय विभेद र छुवाछुत विरूद्धको राष्ट्रिय आवाज–२०७३

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्