images
images
  • Latest Update

    Trending

    बदलिंदो नेपाली समाज र सम्भावना

    निरोज तोलाङे— नेपाल विभिन्न जातीय समूह, विचार, संस्कृति, परम्परा र मान्यता आदि भएको देश हो । गणतन्त्रको आगमनपछि नेपाली समाजमा धेरै परिवर्तन भएको पाउँदछौँ । बालविवाह, विधवा पुनर्विवाह, सम्बन्ध विच्छेद, छुवाछुतसम्बन्धी कानुनहरूले सामाजिक संरचनामा धेरै परिवर्तन ल्याएका छन । विक्रम सम्बत २०२१ को भूमि सुधार ऐनले नेपालमा केही हदसम्म भूमि वितरणमा परिवर्तन एवम सुधार ल्यायो । सामाजिक परिवर्तन ल्याउनमा धेरै कुराहरूले असर परेको हुन्छ, जसमा प्राविधिक परिवर्तन, शहरीकरण, संस्कृतीकरण सामाजिक र सांस्कृतिक परिवर्तन आदि हुन । जीवनशैली, शिक्षा, मूल्यमान्यता, अर्थशास्त्र, पहिरन, मनोरञ्जन आदि क्षेत्रमा पनि पश्चिमी देशहरूको प्रभाव पर्दै आएको देखिएको छ ।

    सामाजिक परिवर्तन जनसाङ्ख्यिकीय, प्राविधिक, सांस्कृतिक, राजनीतिक, आर्थिक र शैक्षिक जस्ता विभिन्न कारणले हुन्छ । आधुनिकीकरणले परम्परागत कृषि समाजबाट औद्योगिक समाजमा रूपान्तरण गर्दै लगेको पाउँछौँ । कृषिको पुरातन प्रविधि अहिले ट्राक्टर तथा अन्य आधुनिक प्रविधिहरूको प्रयोगले गोरु बयलबाट खेत जोत्ने परम्परा धेरै क्षेत्रहरूमा विस्थापित हुँदै आएको छ, तर धेरै जसो पहाडी क्षेत्रहरूमा भने अहिले पनि परम्परागत तरिकाबाटै खेती गरिन्छ । नेपाल कृषिप्रधान देश भएको हुँदा यस प्रकारको आधुनिकीकरणले कृषि पेशामा लाग्नेहरूलाई धेरै नै सम्भावना ल्याएको छ । यसले कृषकहरूलाई खेतमा कार्य गर्न धेरै नै सजिलो पनि बनाइदिएको पनि छ । विदेशमा काम गरेर फर्केका युवाहरू पनि खेतीतिर आकर्षित भएका छन । विदेशबाट बिउबिजनहरू ल्याएर हाल स्वदेशमै पनि नयाँ नयाँ प्रकारका तरकारी एवम फलफूलहरूको खेती गरेर धेरै नै आम्दानी गरेको पाइएको पनि छ । विदेशी फलफूलहरू जस्तैः किवी, एभोकाडो, अङ्गुर, स्याउका विदेशी प्रकार ड्रागोन फल आदि नेपालमै खेती गर्न थालिएको छ । त्यस्तै अस्ट्रिच, कालिज जस्ता पन्छीहरूको पालन पनि नेपालमा गर्न शुरु गरिएको छ । विदेशी प्रजातिका माछाहरूको पालन गरेर कृषि क्षेत्रमा यसले पनि सम्भावना बढाएको छ । यसले युवाहरूमा धेरै नै उत्साह थपेको छ एवम नयाँ नयाँ सम्भावनाहरुको पहिचान गराएको छ ।

    बदलिँदो परिस्थितिमा सञ्चार क्षेत्रले पनि देशमा सम्भावनाहरू बढाउदै लगेको पाइन्छ । इन्टरनेट र डिजिटल प्रविधिबाट पानि स्वरोजगार एवम उपयोगी पहुँचमा सहज गराएको छ । यसले पनि प्रगतिको सम्भावना बढाएको छ । शिक्षाको प्रवर्धन (साक्षरता वृद्धि) नेपाल सरकारको प्राथमिकतामा रहेको लक्ष्य हो । नेपालमा सरकारी शैक्षिक संस्थाको अलावा निजी संस्था पनि फस्टाएका छ जसले प्रभाव पारेको देखिन्छ । शिक्षामा नेपालमा धेरै विकास भएको पाउँछौं । आफ्नो उच्च शिक्षा हासिल गरेर फर्केकाहरूले नयाँ प्रविधिहरूबाट शिक्षा प्रदान पनि गरेका छन इच्छाअनुसार विभिन्न बिकाउ विषयहरू पढन पनि अब नेपालमै पाइन्छ । विदेशमा उच्च शिक्षा हासिल गरेर फर्केकाहरुले नयाँ प्रविधिहरुबाट शिक्षा प्रदान पनि गरेका छन् जसबाट आधुनिक प्रविधिबारे विद्यार्थीहरूले ज्ञान हासिल गर्न सक्दछन र देश विकासमा योगदान पनि गर्दछन । पहिले देशमा एउटा पनि मेडिकल कलेजहरू नभएको अवस्था थियो र पढन भारत वा अन्य देश जानुपर्दथ्यो । गणतन्त्रको आगमनपछि देशमा मेडिकल कलेजहरू खुल्न थाले र डाक्टरहरू पनि स्वदेशमै उत्पादन हुन थाले । त्यस्तै इन्जिनियरिङ, अन्य प्राविधिक एवम कम्युटरसम्बन्धी कलेजहरू पनि खुलेका छन जसले देशमा विकासको सम्भावनाहरू धेरै नै बढाएको पाउँछौँ ।

    परिवर्तित सन्दर्भमा हेर्ने हो भने स्वास्थ्य क्षेत्रमा पनि धेरै नै प्रगतिहरू भएको देख्छौँ । आधुनिक अस्पतालहरू खुल्ने रफ्तार पनि बढ्दो छ । अब गाँउ गाँउमा पनि सरल स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ । चिकित्सक एवम नर्सिङ सेवाहरू पनि सहजै रूपमा पाउन सक्छौँ । यसरी स्वास्थ्य क्षेत्रमा पनि विकास एवम सम्भावनाहरू बढ्दै गएको पाउँछौँ । स्वास्थ्य, शिक्षा जस्ता महत्वपूर्ण क्षेत्रहरूमा प्रविधिको बढ्दो प्रयोगसँगै नेपाली समाज नयाँ युगमा उभिएको छ । मानिसका आस्था र आदर्शहरू परिवर्तन भएका छन जसले गर्दा नेपालको सामाजिक संस्था र जीवन शैलीमा परिवर्तन आएको छ । पहाडी मुलुक भएकाले परिवर्तनका सम्भावनाहरू ल्याउनमा बाटोघाटो तथा शहरीकरणले पनि ठुलो भूमिका खेलेको हुन्छ । हाल भएको बाटोघाटो बिस्तार, उद्योग, कलकारखानाहरूको स्थापनाले देशमा सम्भावनाहरू बढाएको छ । गाउँ गाउँसम्म पनि अहिले बिजुली पुगेको छ जसले यस क्षेत्रको विकासमा धेरै सहयोग पुयाएको छ । देशमा भएको परिवर्तनले गर्दा रोजगारी बढाउनुको साथै सामाजिक आर्थिक स्थितिमा पनि सुधार ल्याएको पाउँछौँ ।
    पूर्णरूपमा देशमा सम्भावनाहरूको विकास भैनसकेको हुँदा रोजगारीको लागि युवा शक्तिहरू विदेशिन बाध्य भएका छन । गन्तव्य मुलुकहरूमा रोजगारीबाट उच्च पारिश्रमिकको सम्भावनाका कारण हरेक वर्ष नेपालीहरू विदेश पलायन हुने गरेको पाइन्छ । सहरीकरण भनेको शहरमा बसोबास गर्नेहरूको अनुपातमा ग्रामीणबाट शहरी क्षेत्रहरूमा बसाइँसराइ गर्ने प्रक्रिया हो जसले शहरहरूको जनसंख्यामा क्रमिक वृद्धि हुनुको साथै विभिन्न उद्योग एवम कलकारखानाहरूको संख्यामा पनि बिस्तार हुनुको साथै रोजगारीका सम्भावनाहरू पनि बढ्न जाने हुन्छ । सहरीकरणले सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनलाई पनि समेट्छ । सहरीकरणको मुख्य कारण सामाजिक (स्वास्थ्य, शिक्षा, सुविधा) र आर्थिक सुविधा (रोजगारीका अवसर र व्यवसाय) हुन ।

    नेपाली समाजका विविधता र सम्भावना
    समाजमा विविधता
    विविधता भनेको विभिन्न जातीय, सामाजिक, आर्थिक र सांस्कृतिक पृष्ठभूमि र जीवनशैली, अनुभव र रुचिहरू भएका फरक फरक समूहका व्यक्तिहरूको समाजिक उपस्थिति हो । हिन्दू, बौद्ध, किराँत, मुस्लिमलगायत सबै धर्म मान्नेहरूका आआफ्नै विशेषताका चाडपर्व र संस्कार संस्कृति छन । तर, सबै चाडपर्वका विशेषता भनेको एउटै हो । सबैको कल्याण गर्नु, सहयोग गर्नु, मित्रताको भावना राख्नु, शिष्ट आचरण, सभ्यता, सद्भाव, सेवा, सहकार्य, सुखशान्ति कायम राख्नु यसको विशेषताभित्र पर्छ । स्वच्छ समाजका लागि चाडपर्वको महत्वपूर्ण भूमिका हुन्छ ।
    एउटा समाजको हिस्सा अर्को स्थानमा पुगेर त्यहाँको समाजसँग मिलेर नौलो र परिचित समाजको उदय भएको पनि पाइन्छ । नेपाली समाजमा प्राचीन कालदेखि नै विकास हुँदै आएको विविध संस्कृति, भेषभुसा, खानपान, चालचलन आदिमा भौगोलिक प्रभाव परेको पाइन्छ । कतिपय व्यापारीलगायत अन्य पेशाका व्यक्तिहरू अन्यत्रबाट आएर यहाँको भाषा, संस्कृति, वातावरण आदिको प्रभाबमा परेर यहीँको समाजलाई नै स्वीकारेको पाइन्छ जसले गर्दा मजबुत र समावेशी समाजको स्थापना हुन गएको हो । स्वास्थ्य, शिक्षा, आर्थिक, अवसर, सुरक्षा र स्वतन्त्रता जस्ता क्षेत्रहरूमा मानिसको जीवनस्तरको विकास गर्ने काम पनि समाजले गर्दछ । समाज भनेको व्यक्तिहरूको आपसी अन्तरक्रिया र अन्तरसम्बन्धबाट बनेको संरचना हो । तसर्थ, समाजले मानिसहरूको समूहलाई नभई तिनीहरूबिच उत्पन्न हुने अन्तरक्रियाका मापदण्डहरूको ढाँचालाई जनाउँछ । समाज प्रक्रिया हो र व्यक्तिविना समाज स्वतन्त्र रूपमा रहँदैन । जातीय समूहहरूमध्ये ब्राह्मण, क्षेत्री, नेवार, थारु, गुरुङ, मगर, शेर्पा आदि छन । नेपाल जातजातिमा मात्रै होइन धर्ममा पनि विविधतायुक्त छ । हिन्दू धर्मका अनुयायीहरूको सङ्ख्या सबैभन्दा बढी छ, जसमा ८१ प्रतिशत मानिसहरू छन । ब्राह्मण (पुजारी जाति), क्षेत्री (योद्धा र शासक), वैश्य (व्यापारी र किसान) र शूद्र (कारिगर) सहित शाब्दिक परम्परामा आधारित जातीय र बहुल संस्कृति नेपाली समाजको बनाबट रहेको पाइन्छ ।

    नेपालमा सामाजिक, भाषिक, सांस्कृतिक, परम्परागत र धार्मिक विविधता छ । शान्ति र समृद्धिका लागि हाम्रा सबै विविधताहरूबिच एकता कायम राख्नु आवश्यक छ । विविधताको विशेषताले हाम्रो देशलाई आफ्नै तरिकाले समृद्ध बनाएको छ । विविधतायुक्त समाजको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसले जीवनका विभिन्न पक्षहरुलाई राम्रो प्रभाव पार्दछ । यस प्रकारको समाजमा सिर्जना हुने सकारात्मक विचारहरूले नवीन कार्यहरूको पहिचान, सहानुभूतिका भावनाहरू र एकतालाई मजबुत बनाउने कार्य गर्दछ । यसले थप न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न पनि मद्दत गर्छ र सबैलाई सफलता प्राप्त हुने अवसर पनि प्रदान गर्दछ । विविधताले समाजको विकासलाई बलियो बनाउने अवसर प्रदान गर्नुको साथै न्यायपूर्ण समाजको पनि निर्माण गर्छ ।
    नेपालको सांस्कृतिक सम्पदा शताब्दीयौंदेखि विकसित हुँदै आएको छ । यसले जातीय, जनजाति र सामाजिक समूहहरूको विविधतालाई समेटेको छ जुन सङ्गीत र नृत्यहरूद्वारा झल्किन्छ । कला शिल्पकारिता, लोककथाहरू, भाषा र साहित्य दर्शन, धर्म, उत्सवहरू खाना आदिहरूले पनि विविध समाजको पहिचान दर्शाउँछन । पहाड र तराईमा बस्ने मानिसहरू फरक हुन्छन । सबैले एक अर्काको धर्म, संस्कृति परम्परालाई सम्मान गर्छन । त्यसैले नेपाल विविध संस्कृति, भाषा आदि विविधताले भरिपूर्ण देश हो । समाजको अन्तिम लक्ष्य भनेको राम्रो र सुखी जीवनको प्रवद्र्धन गर्नु हो । यसले व्यक्तिगत विकासको लागि अवसरहरू सिर्जना गर्दछ । समाजले बेलाबखतको द्वन्द्व र तनावको बाबजुद व्यक्तिहरूबिच सद्भाव र सहयोग सुनिश्चित गर्दछ । अधिकांश समाजका पाँच प्रमुख सामाजिक संस्थाहरू परिवार, राज्य वा सरकार, अर्थतन्त्र, शिक्षा र धर्म हुन । यिनीहरू प्रत्येकका फरक फरक सामाजिक जिम्मेवारीहरू छन ।

    सम्भावनाहरू
    विविध समाजले धेरै सम्भावनाहरू प्रदान गर्दछ । बहुसांस्कृतिक सम्प्रदायहरूबिच सहिष्णुता र समझदारिपनलाई बढावा दिन्छ । विभिन्न व्यक्तिहरूसँगको साझा अनुभवहरूमार्फत समुदायलाई समृद्ध बनाउनुका साथै यसले विभिन्न व्यवसायहरूको वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक प्रगति गर्दछ । विविधतायुक्त समाजले जीवनका विभिन्न पक्षहरूमा राम्रो परिणाम दिन सक्छ, रचनात्मकता, नवीनता, समानुभूति सामाजिक एकतालाई बलियो बनाउँछ । यसले थप न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न पनि मद्दत गर्छ, जहाँ सबैलाई आआफ्नो उद्देश्यमा सफल हुने अवसर हुन्छ ।

    विविधता आजको संसारमा महत्वपूर्ण छ किनभने यसले समाजमा सम्भावनाहरू देखाउँछ । एकअर्काबाट सिक्न र सबैजना आफ्नै तरिकामा विशेष छन भनेर बुझ्न मद्दत गर्दछ । यसको सम्भावनामा विविध समूहको दृष्टिकोण, विचार र रचनात्मक तरिकाले समाधान गर्न सक्छ । विविधतायुक्त समाजमा फरक फरक पृष्ठभूमिका मानिसहरुसँग भूमिका मानिसहरूसँग अन्तरक्रिया गर्नाले विभिन्न संस्कृति, मूल्य र अनुभवहरूको ज्ञान र बुझाइ विस्तार गर्न आआफ्नो क्षेत्रमा व्यक्तिगत विकास गर्न मद्दत गर्दछ । विविध समाजमा सङ्गठन र संस्थाहरूले विभिन्न समूहहरूका बारेमा बुझ्न र गर्न सक्षम हुन आवश्यक छ । विविधताले समाजमा राम्रो निर्णय गर्ने क्षमतालाई बढावा दिएर आर्थिक वृद्धिका सम्भावनाहरूमा योगदान दिन सक्छ । विविधता न्यायपूर्ण र समतामूलक समाजको लागि काम गर्ने एक आवश्यक कुरा हो जसले सबै व्यक्तिहरूलाई समान अवसरहरू प्रदान गर्दछ ।

    समाजमा विविधताले जीवनका विभिन्न पक्षहरूमा राम्रो नतिजा ल्याउन सक्छ, रचनात्मकता, नवीनता, समानुभूति र सामाजिक एकतालाई बढावा दिन्छ । यसले थप न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न पनि मद्दत गर्छ, जहाँ सबैलाई सफलता प्राप्त हुने अवसरम पनि प्राप्त हुन्छ । विविधतायुक्त समाजमा व्यक्तिहरूका आआफ्नै रुचि र प्रतिभा हुनुकासाथै फरक पृष्ठभूमि, संस्कृति र अनुभवहरू हुन्छन । जब हामीसँग विविधता हुन्छ, हामी यी भिन्नताहरूको बारेमा सिक्न र कदर गर्न सक्छौं र बहुपक्षीय सम्भावनाहरू विकास गर्ने सक्दछौं ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्