images
images
  • Latest Update

    Trending

    सामूदायिक वनजंगल व्यवस्थापन सम्बन्धी एक अध्ययन–२०८०

    अध्याय १
    अध्ययनको पृष्ठभूमि
    क. परिचय :
    मानव समाज विकासको क्रममा आर्थिक उन्नति तथा प्रगतिको लागि महत्वपूर्ण श्रोत र साधन प्राकृतिक साधन हो । त्यसमा पनि सरल रुपमा प्रयोग गरी मानव जीवन व्यवहारको लागि अत्यन्तै उपयोगी प्राकृतिक साधनको रुपमा वनश्रोतलाई मानिन्छ । नेपालमा मात्र नभएर विश्व मानव समाजकै निम्ति वन सम्पदा बहु उपयोगी प्राकृतिक साधनकै रुपमा प्रयोग गर्दै आएको पाइन्छ । घरायसी दैनिक प्रयोगमा आउने सामग्रीदेखि लिएर ठूला ठूला कल –कारखाना तथा रेलको लिगमा विछ्याउने काठसम्म वनश्रोत तथा सान्धबारी प्राप्त गर्न सकिन्छ । हरेक प्राणी जगत जीउन आवश्यक अक्सिजन, स्वच्छ हरियाली वातावरण निर्माण गर्नमा समेत वनजंगलले प्रमुख भूमिका खेलेको छ ।

    जंगल र झाडीहरुले प्राय जमिनलाई ढाकेको हुन्छ र बोटविरुवाहरुको स्रोत र वनस्पतिको समुदायले वातावरण सन्तुलन र प्राणीहरुको वासस्थानको प्रमुख भूमिका खेल्दछ । वन सम्पदा प्राकृतिक श्रोत मध्ये यस्तो श्रोत हो, जसले मानव समाज विकासमा उचित भूमिका खेल्दछ । वन सम्पदा पशुपालन व्यवसायसँग दैनिक रुपमा जोडिएको हुन्छ । साथै धर्म, संस्कृति, समाज आर्थिक तथा सामाजिक विकास र वातावरण सन्तुलन कायम राख्न यसको महत्वपूर्ण भूमिका रहन्छ ।

    नेपालको मुख्य शक्तिको श्रोत वन साधन हो । कृषकहरुले खेतीपाती संचालन गर्ने सबै साधन वनबाटै उपलब्ध गर्दछन् । साथै घर निर्माण सामग्री, दाउरा, घाँस, पतकर, तथा अन्य सामग्री वनबाट प्राप्त हुन्छ । पशुपालन व्यवसाय वनजंगलमा सँधै निर्भर रहन्छ । नेपाल भूपरिवेष्ठित सुन्दर हिमाली देश हो । खास गरी पहाड र तराईमा अवस्थित जंगलनै तुलनात्मक रुपमा वनपैदावर उत्पादन योग्य रहेका छन् । खेती संचालन र अन्य आवश्यक माग अनुसारका वस्तुहरु जंगलबाटै प्राप्त हुन्छ ।

    १.२. अध्ययनको महत्वः
    यस अध्ययनमा वन व्यवस्थापन प्रणालीको महत्वपूर्ण पक्षको अध्ययन गरी समावेश गरिएको छ । वनको संरचना, निर्माण तथा वातावरणीय पक्षको अध्ययन र वनलाई गुणात्मक रुपमा विकास गर्न मानवीय पक्षको भूमिकाको जानकारी गराउने यो अध्ययन सामुदायिक वन व्यवस्थापन विषयमा चासो राख्ने व्यक्तिहरुको लागि उपयोगी हुने छ । यस्तै किसिमका अन्य अध्ययनहरुका लागि पनि यो सहयोगी हुने छ र केही आधारहरु प्रदान गर्दछ । वनको संरक्षण, प्रवर्धन, विकास, उपभोगको माध्यमबाट वनसँगको मानवीय सम्वन्ध, आर्थिक उन्नति, वातावरणीय प्रभावले मानवीय जीवनमा दिर्घकालीन रुपमा पार्ने प्रभावको प्रत्यक्ष अप्रत्यक्षे बारेमा सहज अध्ययन र जीवन व्यवहारमा लागू गर्नु नै यस अध्ययनको महत्व रहने छ ।

    १.३. अध्ययनको उदेश्य :
    यस अध्ययनको मुख्य उद्देश्य मकैबारी ठूलो डुड सामुदायिक वनको वर्तमान अवस्था तथा व्यवस्थापन पक्षको उजागर गर्नु रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य यस प्रकार रहेका छन् ।
    १. अध्ययन क्षेत्रमा रहेको वनको वनावट, घनत्व तथा वनको स्थिति पत्ता लगाउनु ।
    २. वन व्यवस्थापन बारेमा अध्ययन गर्नु,
    ३. वन विनासमा मानवीय क्रियाकलापको भूमिका उल्लेख गर्नु,
    ४. सामुदायिक वनबाट हुने मानवीय फाइदाहरु पत्ता लगाउनु,
    ५. वन विनासबाट हुने मानवीय तथा वातावरणीय प्रभाव पत्ता लगाउनु ।

    अध्ययनको विधि :
    यो अनुसन्धान गर्ने क्रममा निम्न विधिको प्रयोग गरी मैले यो रिर्पोट तयार पारेको छु । कुनै पनि शोध कार्य पूरा गर्नका लागि आवश्यक तथ्याङ्क संकलन गर्नुपर्ने हुँदा यस अनुसन्धान कार्यमा प्राथमिक र द्वितीय २ वटै तथ्याङ्कलाई प्रयोगमा ल्याइएको छ ।
    १. प्राथमिक विधि : अनुसन्धानकर्ताले उत्तरदातालाई प्रत्यक्ष सम्बन्धित क्षेत्रमा आपैmलाई भेटेर अवलोकन गर्ने सहभागी हुने र उत्तरदाताबाट विभिन्न स्वरुपबाट तथ्याङ्क संकलन गरिएको छ ।
    क. अन्तरवार्ताः यो प्राथमिक तथ्याङ्क संकलनको लागि महत्वपूर्ण विधि हो । यस तरिकाबाट सूचना संकलन गर्दा अध्ययनको उद्देश्य पत्ता लगाउन धेरै मद्दत पुगेकोछ । यस विधिमा निश्चित प्रश्नको सूची बनाई वन उपभोक्ता समुहमा नमुनाका रुपमा परेका उपभोक्ताहरुलाई मात्र प्रयोगमा ल्याइएको छ ।
    यस अन्र्तवार्ता विधिमा फरक फरक उत्तरदाताका रुपमा फरक लिङ्ग, उमेर, शिक्षा भएका व्यक्तिसँग अन्र्तवार्ता लिइएको छ । यसबाट प्रत्यक्ष रुपमा प्रश्नदाता र उत्तरदातासँग नजिक भएर तथ्याङ्क संकलन गर्न सकिएकोछ ।
    ख. सहभागी निरीक्षण विधिः प्राथमिक सूचना संकलन गर्नका लागि सहभागी निरीक्षण विधि एक महत्वपूर्ण विधि हो । यो विधि क्षेत्रमा आधारित हुने हुनाले अनुसन्धान प्रक्रियामा एउटा गहन अध्ययनका लागि धेरै व्यवहारिक र प्रभावकारी हुन्छ । कुनै पनि अध्ययन क्षेत्रमा गएर अध्ययन गर्नका लागि सोहि ठाउँमा गएर उनीहरुसँगै बसेर सो अध्ययन क्षेत्रको वास्तविक कुरा पत्ता लगाउन सजिलो हुने भएकाले यो विधि उपयुक्त विधि हो । विशेष गरी समुदायमा गएर ज्ञट उनीहरुको बिचमा उनीहरुसँगै बसेर यो विधिबाट तथ्याङ्क संकलन गर्दा वास्तविक तथ्याङ्क आउने गर्दछ । यो विधिलाई अध्ययन क्षेत्र प्रयोगमा ल्याइएकोछ ।
    ग. सामुहिक छलफलः यस विधि अनुसार सूचना प्रदान गर्ने व्यक्तिहरु जस्तै स्थानीय नेता, सरकारी कर्मचारी, शिक्षक, गृहणी, उपभोक्ता समुहका सदस्य, वन व्यवस्थापन समितिका पदाधिकारी आदिसँग छुट्टाछुट्टै समुह वा मिलेसम्म एकै ठाउँमा भेला गरी वनको स्थिति, वन व्यवस्थापनमा महिलाको स्थिति र त्यसलाई प्रभाव पार्ने तत्वहरुको बारेमा थप जानकारी दिन प्रयास गरिएको छ वा सामुहिक छलफलका लागि सबैलाई एकै ठाउँमा भेला गरी अध्ययन गरिएको छ ।
    घ. अन्तरवार्ता : मुख्य सूचना संकलनको लागि अध्ययन क्षेत्रका निश्चित सदस्यहरु, जसअन्तर्गत वन उपभोक्ता समितिका सदस्य तथा प्रमुख अभियन्ता महिला, शिक्षक, स्थानीय राजनैतिक तथा सामाजिक नेता वनपालेलाई मुख्य सूचनाको रुपमा राखी तथ्याङ्क संकलन गरिएको छ । सामुदायिक वन भएपश्चबात महिलाहरुको भूमिकामा आएको परिवर्तन बारेमा वास्तविक तथ्याङ्क संकलन गर्नका लागि यो विधिलाई अनुसन्धानमा ल्याइएकोछ ।
    ङ. तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरणः अध्ययन अनुसन्धानको सफलताको लागि संकलन गरिने तथ्याङ्कको प्रभावकारी विश्लेषण तथा प्रस्तुतीकरणमा भर पर्दछ । विभिन्न अनुसन्धानबाट संकलन गरिएका तथ्याङ्कलाई तालिकीकरण गरी सङ्ख्या र प्रतिशतका आधारमा व्याख्या विश्लेषण गरिएको छ । गुणात्मक तथ्याङ्कलाई वर्णन मात्र गरिएको छ ।
    २. द्वितीय स्रोत आफनो विषय अनुरुप सम्बन्धित तथ्याङ्क संकलन विभाग, अनुसन्धान प्रतिवेदन, पुस्तक, जर्नल, पत्रपत्रिका तथा सम्भावित निकायहरु जस्तो जिल्ला वन कार्यालय, स्थानीय सरकारी कार्यालयमा सम्पर्क गरी तथ्याङ्क संकलन गरिएको छ ।
    ३. तथ्याङ्क संकलन विधि : यस अध्ययनका लागि चाहिने प्राथमिक र द्वितीय तथ्याङ्क संकलन विधिलाई प्रयोगमा ल्याइएको छ । यस किसिमको तथ्याङ्क संकलनका लागि स्थलगत अध्ययन गर्नु अनिवार्य भएकाले स्थलगत अध्ययन गरी निम्न विधि वा तथ्याङ्क संकलन गरिएको छ ।
    ४. तथ्याङ्कको विश्लेषण र प्रस्तुतीकरणः अध्ययन अनुसन्धानको सफलताको लागि संकलन गरिने तथ्याङ्कको प्रभावकारी विश्लेषण तथा प्रस्तुतीकरणमा भर पर्दछ । विभिन्न अनुसन्धानबाट संकलन गरिएका तथ्याङ्कलाई तालिकीकरण गरी सङ्ख्या र प्रतिशतका आधारमा व्याख्या विश्लेषण गरिएको छ । गुणात्मक तथ्याङ्कलाई वर्णन मात्र गरिएको छ ।
    ५. अध्ययनका सीमाहरु : हरेक अध्ययनको आफनै सिमा हुन्छ । विभिन्न समस्या र रोकावटको कारण धेरै अध्ययनमा त्रुटी कमजोरी देखा पर्दछन् । यो अध्ययन पनि अपवाद होइन । यो अध्ययन केबल एउटा नगरपालिका भित्रको नमुना छनोट पद्धतिबाट गरिने अध्ययन हो । त्यसैले यस अध्ययनलाई अन्य ठाउँमा सामान्यीकरण गरेर हेर्न मिल्दैन । मुख्य गरी अनुसन्धानकर्ता स्नातकोत्तर तहको एक विद्यार्थी भएको नाताले निश्चित समयभित्र सीमित उद्देश्य र सानो क्षेत्रमा गरिएको अध्ययन भएकाले यि माथिका समस्याहरु यस अध्ययनलाई सिमित पार्ने माध्यम बनेको छ ।

    १. अध्यययन क्षेत्रको छनौट
    अध्ययनको लागि छनोट गरिएको मकैबारी ठूलोडुँड सामुदायिक वन नेपालको महाभारत पर्वतको श्रृंखलामा अवस्थित कोशी प्रदेशको पाँचथर जिल्लाको उत्तर पूर्वी भागमा रहेको कुम्मायक गाउँपालिका वडा नं. ५ मा पर्दछ । यो सामुदायिक वन चिसो हावापानीको क्षेत्रमा २१०० देखि ३३०० मी, समुद्र सतहदेखिको उचाइमा रहेको छ । यस सामुदायिक वनमा जम्मा पाँचवटा ब्लक रहेका छन् । ती मध्ये भुसपाते, ठूलोडुँड र छिन्टापु ब्लकलाई मुख्य अध्ययन क्षेत्र छनौट गरिनुको कारण अध्ययन कर्ता त्यहीँको बासिन्दा भएको र अध्ययन कार्य गर्न सहज भई दुरुस्त तथ्याङ्क प्राप्त हुने भएकाले हो ।

    २. तथ्याङ्क संकलन
    यस अध्ययनको लागि आवश्यक तथ्याङ्क संकलन विधि प्रमुख रुपमा प्राथमिक तथ्याङ्क संकलन विधिलाई मानिएको छ । जसको लागि स्थलगत अध्ययन अनुगमन, अन्र्तवार्ता अवलोकन आदिको माध्यम बाट पूरा गरिएको छ । वित्तीय श्रोतको रुपमा विभिन्न जानकारी, नक्शा, वन सम्वन्धी प्रकाशित पुस्तक, रिपोर्ट तथा पत्रपत्रिकाहरु समेतलाई लिएको छ । खासगरी ३ प्रकारको सर्वेक्षणबाट प्राथमिक तथ्याङ्क संकलन गरी ल्याइएको छ । जस्को छोटो विश्लेषण तल गरिएको छ ।

    १.४. अध्ययनको क्षेत्रको वितरण : पाँचथर जिल्ला नेपालको सुदुर पूर्वमा पर्दछ । यो जिल्ला कोशी प्रदेशको मध्य पहाडी भागमा पूर्व पश्चिम फैलिएर रहेको छ । यस जिल्लाको क्षेत्रफल १,२४,५९० हेक्टर रहेको छ । यस जिल्लाको कूल वन भूमि ५७,७०७ र समुदायमा हस्तान्तरित वन भूमि ९४१४.१० हेक्टर साथै यस जिल्लाको कूल भूमिको ४६.२३ प्रतिशत भूमि वनले ओगटेको छ भने यसको १६.३२ प्रतिशत भूमि सामूदायिक वनले ओटेको छ । यस जिल्लामा जम्मा हाल १४१ वटा सामुदायिक वनहरु जिल्ला वन कार्यालयद्धारा विभिन्न उपभोक्ता समूहहरुलाई हस्तान्तरण गरिएकोछ । यो जिल्ला मुख्य रुपमा महाभारत पर्वत श्रृखलाको उत्तरी भागमा र ताप्लेजुंग जिल्लाका दक्षिणमा अवस्थित छ । यस शोधपत्रको अध्ययन क्षेत्र यसै जिल्लाको लुबरुपा गा.पा. अन्र्तगतको मकैबारी ठूलो डाँडा सामुदायिक वन भएको हुनाले यस अध्ययन क्षेत्रको संक्षिप्त परिचय निम्नानुसार रहेको छ ।

    १. भौगोलिक अवस्थिति
    लुबरुपा गा.पा. पूर्वाञ्चल विकास क्षेत्रको कोशी प्रदेश अन्र्तगत पाँचथर जिल्लाको उत्तर पूर्वी भागमा रहेको छ । महाभारत पर्वतको श्रृंखलामा अवस्थित यो कुम्मायक गाउँपालिका यो गा.वि.स. २७००४ “१०” उत्तरी अक्षांशदेखि २७००८ “४०” उत्तरी अक्षांश र ८७०४९ “३०” पूर्वी देशान्तरदेखि ८७०५५”००” पूर्वी देशान्तर बीचमा पर्दछ । लुबरुपा गा.पा. पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट लगभग २५ कि.मी. पूर्वमा रहेको छ । अध्ययन क्षेत्रको छनौट लुबरुपा गा.पा. को वार्ड नं. २ मा अवस्थित मकैबारी ठूलोडुँड सामुदायिक वनलाई गरिएको छ । यो वन उक्त वार्डको पूर्वी भागमा पर्दछ । यो गा.पा. तथा अध्ययन क्षेत्रभित्रको सामुदायिक वनलाई छिन्टापु डाँडा (महाभारत पर्वत श्रृखला) ले पूर्वमा घेरेको छ पश्चिममा त्रिवेणी खोला पर्दछ भने उत्तरमा सिदिन गा.पा.को सीमा वुढीथाम डाँडा, थाम डाँडा, बलुडाँडा तथा वान्टेडाँडाको रेन्ज रहेको छ । त्यस्तै यस गा.पा. को दक्षिणी सिमाना पाटेनागी डाँडा र झ्रयाब खोला पर्दछ ।

    २. धरातलीय स्वरुप
    अध्ययन क्षेत्रको धरातलीय अवस्थिति अत्यन्तै भिरालो रहेको छ । यस क्षेत्रको फैलावट समुद्र सतहबाट ११०० मिटर देखि ३३०० मिटर भन्दा माथिसम्म रहेको छ । यस क्षेत्रको सालाखाला उचाई समुद्र सतहदेखि २००० मिटरमा पर्दछ । यसको निर्धारित क्षेत्र पूर्व पश्चिम फैलिएर रहेको छ । यस क्षेत्रको ढाल १०० देखि ५०० सम्म रहेको छ । यस क्षेत्रको मुख्य नदी फेमे खोला हो । फेमे खोलाको उत्पत्ति भुस्पाते ठूलोडुँड सामुदायिक वन क्षेत्रबाट भएको छ । यो खोला दक्षिण पूर्वबाट उत्पत्ति भएर उत्तर पश्चिमतिर बहन्छ । यसका सहायक खोलाहरुमा काली खोला, गुप्ती खोला, साबभिता खोला, घट्टे खोला, झ्रयाब खोला र त्रिवेणी खोला पर्दछन् । यी सबै खोलाहरु मानवीय उपयोगका दृष्टिले अत्यन्तै उपयोगी छन् । यी खोलाहरुबाट स्वच्छ पीउने पानीको आपूर्ति, सिंचाई सुविधाबाट स्था नीय जनताहरुको आर्थिक जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग पुगिरहेको छ भने साना जलविद्युत योजनाहरु संचालन गर्न अझ बढी यी नदीहरु उपयोगी देखिन्छन् ।

    ३. हावापानी तथा वनस्पती
    यो क्षेत्र विशेष गरी चिसो र उष्ण हावापानीको क्षेत्रमा पर्दछ । खासगरेर ग्रिष्मको समयमा गर्मी र हिउँदकोे समयमा जाडो हावापानी पाइन्छ । यस क्षेत्रको औषत तापक्रम १००c देखि १५०c सम्म रहन्छ । मनसुनको समयमा यस क्षेत्रमा अत्यधिक बर्षा हुने गर्दछ । यस क्षेत्रको बार्षिक बर्ष १००० देखि २००० मिलिमिटर सम्म हुने गर्दछ । हिउँदको समयमा पश्चिमी चक्रवातीय वर्षाको प्रभावले थोरै मात्रामा मात्र बर्षा हुने गर्दछ । हिउँदमा उच्च ठाउँमा भएको हुनाले हिमपात समेत अनिवार्य रुपमा हुने गर्दछ ।
    यस अध्ययन क्षेत्रमा पर्ने गाउँपालिका तथा सामुदायिक वन क्षेत्रमा विशेष गरी पतझर मौसमी वन र मिश्रित प्रकारको जंगलको वाहुल्यता रहेको छ । यस क्षेत्रको पश्चिम तर्फको होचो भूभागमा चाँप, उत्तिस, कटुस, चिलाउने, ओखर, शिरिष नै महत्वपूर्ण वनस्पतिको रुपमा पाइन्छ भने सबै भन्दा मानवीय उपयोगको हिसावले चाँप बहुमुल्य वनस्पतिको रुपमा परिचित छ । अझ तल्लो भागमा टाँकी, बाँस, कोइरालो, कुटमिरो समेत पाइन्छ । यस सामुदायिक वनको उत्तरपूर्वी क्षेत्रमा उच्च पहाड समेत पाइन्छ । महाभारत पर्वतको छिन्टापु क्षेत्रमा मिश्रित प्रकारको वनस्पति प्रशस्त मात्रामा पाइन्छन् ।
    यस क्षेत्रको उचाइमा धुपी–सल्ला, लोड सल्ला, गोब्रे सल्ला, ढाब्ग्रे सल्ला, चिमाल, लाली गुराँस, आरुपाते, पाँचपाते, पिपली, खसु्र, वान्टे, काउलो, अंगेरी, भोजपत्र, धोगेचाप, खोल्मे, खराने, आदि वनस्पतिहरु पाइन्छन् । भने घरेलु उद्योग सञ्चालनको निम्ति बहुउपयोगी वनस्पति मालिभेँ, निगालो र लोक्ता जस्ता आर्थिक क्रियाकलापमा उपायोगी वनस्पतिहरु पनि यस क्षेत्रका मुख्य वनस्पति भित्र पर्दछन् । यस क्षेत्रमा पाइने वनस्पतिहरु मध्ये चाँप, धुपी, धुपी सल्ला, सल्ला, काउलो, पिप्ली, उत्तिस, ओखर, बान्टे, आरुपाते तथा मालिब्गोे घर निर्माण सामग्री (काठ) तथा अन्य विविध घरेलु सामग्री निर्माण र प्रयोगमा आउने वनस्पतिहरु भित्र पर्दछन् । जसको प्रयोगले त्यस क्षेत्रको उपभोक्ताहरुको आर्थिक जीवनमा सकारात्मक प्रभाव पारिरहेको पाइन्छ ।

    ४. भू–उपयोग
    यस गाउँपालिका तथा अध्ययन क्षेत्रको सम्पूर्ण जमिनको भू–भाग मध्ये ४० प्रतिशत भू–भाग वन जंगलले ढाकेको छ । त्यस्तै ४० प्रतिशत भू–भाग खेतीयोग्य जमिनको रुपमा प्रयोग भइरहेको छ । यस क्षेत्रको १० प्रतिशत जमिन घासे मैदानको रुपमा वा प शुचरीचरणको क्षेत्रभित्र पर्दछ भने अन्य १० प्रतिशत भू–भाग भिर, ढाँड, तथा मानव अनुपयोगी भूमिको क्षेत्रमा पर्दछ ।
    यस क्षेत्रको प्रमुख बाली मकै हो । सम्पूर्ण खेतीयोग्य भूमिमा मकै खेती नै उपयुक्त हुन्छ भने मिश्रित वालीको रुपमा वा सहायक खेतीको रुपमा आलु खेती गरिन्छ । धान यस गाउँपालिकाको पश्चिमी सीमाको तल्लो एवं होचो भूमिमा तथा खोला किनारमा मात्रै नगन्य रुपमा गरिन्छ । यस क्षेत्रको सामुदायिक वनभन्दा तल होचो भूमिको ओसिलो एवं चिसो भूमिमा नगदे वालीको रुपमा अलैची खेती प्रशस्त मात्रामा गरिन्छ । जसले गर्दा यस क्षेत्रको समूहहरुको आर्थिक जीवनमा ठूलो सहयोग पु-याउँदै आएको छ । साथै गरीबी न्यूनीकरणमा विशेष योगदान पुगेको छ । यस क्षेत्रको भू–उपयोग परंपरागत खेती प्रणालीमा आधारीत छ । साथै भिरालो जमिनमा साधारण गह्रा निर्माण गरी जमिनलाई कृषि भूमिमा प्रयोग गर्ने चलन यथावत रहेको छ ।

    १.५. समस्याको कथन :
    बन विनासको कारण नेपालको वातावरणम नै जटिलता थपिएको छ । उचित वन व्यवस्थापन तथा संरक्षण नहुँदा पहाड, तराई र उपत्यका वरिपरिको वातावरण दिनानु दिन विग्रिरहेको छ । मानिसहरुले अन्यन्तै भिरालो र संवेदनशिल भूमिमा समेत जर्वजस्त कृषि व्यवसाय गर्दै आएका छन् । जसले गर्दा भलवाढी पहिरोको प्रकोप बार्षिक रुपमा बढिरहेके छ भने वन विनाशले विश्वतापमान वृद्धिमा सहयोग पु-याएर विश्व वातावरणको विनास भइरहेको बताएको पाइन्छ ।
    अनियन्त्रित वन फडानीबाट वातावरणमा परिवर्तन भएको र उक्त परिवर्तनले जैविक विविद्यतामा ह्रास हुने कुरा उल्लेख भएको पाइन्छ । नेपालको वातावरणीय सन्तुलनको लागि ४३ प्रतिशत भु–भाग वनले ढाकेको हुनु पर्ने कुरा उल्लेख गरेको पाइन्छ । तर नेपालमा वनले ढाकेको क्षेत्र त्यो भन्दा कम छ । उच्च पहाड तथा दुर्गम क्षेत्रमा प्रस स्त वन जंगल पाइन्छ । जसले प्राकृतिक वातावरण सन्तुलनमा सहयोग गरेको भएता पनि मानवीय दैनिक प्रयोजनको लागि सहज छैन । त्यहाँको काठ, दाउरा, घाँस तथा अन्य पैदावरमा प्रयोग हुन सकेको छैन ।
    नेपालको उच्च पहाडी भू–भागको वन जंगल क्षेत्रमा न त बाटोघाटो नै छ न त मानव वस्ती नै । यहाँका सम्पूर्ण प्राकृतिक सम्पदा नष्ट भएर गएका छन् । यो अध्ययन कसरी सामूदायिक वनको व्यवस्थापन बढी प्रभावकारी ढंगले गर्न सकिन्छ ? मानिसको आर्थिक जीवनमा सामुदायिक वनले पारेको प्रभाव कस्तो रहेको छ ? भन्नेमा केन्द्रित रहेको छ । साथै वन व्यवस्थापकीय प्रक्रियामा परिवर्तन ल्याउन के कस्ता उपायहरु अवलम्वन गर्नु पर्दछ ? भइरहेका नीति तथा कार्यक्रमहरुमा के कति परिवर्तन गर्नु पर्ने देखिन्छ ? जस्ता प्रश्नहरुको समाधान खोज्ने यो अध्ययनको मुख्य समस्या रहेको छ ।
    यसैगरी सामुदायिक वनको वनावट, घनत्व र प्रकार कस्तो रहेको छ? वन विनासमा मानवीय क्रियाकलापले कस्तो भूमिका खेलेको छ ? सामुदायिक वनबाट हुने फाइदा तथा बेफाइदाहरु के के हुन् ? वन व्यवस्थानको अवस्था कस्तो छ ? वन संरक्षणमा उपभोक्ता समूहको सहयोग कत्तिको प्रभावकारी रहेको छ ? आदि जस्ता कुराहरु नियाल्ने कुरा यस अध्ययनका प्रमुख चुनौतिहरु हुन् ।

    १.५. अध्ययनको क्षेत्रको प्रमुख क्रियाकलाप :
    क्रियाकलाप नं. १ः

    घरधुरी सर्वेक्षणः घरधुरी सर्वेक्षणबाट स्थानीय उपभोक्ता समूहहरुले प्रयोग गर्ने सामुदायिक वनको पायक पर्ने क्षेत्र, वनश्रोत साधनको उत्पादन, प्रयोग, पशुपालन प्रणाली, पशुपालनको लागि प्रयोग आउने वनजंगल, सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, धार्मिक सांस्कृतिक पक्ष समेतको संकलन गरी जानकारीमा ल्याउन सहयोग पुगेको छ । प्रश्नावलीको प्रयोग गर्न ४० घरधुरी छनौट गरी उपभोक्ता समूह मध्येबाट क्रम अनुसारको पद्दति प्रयोग गरी तथ्याङ्क संकलन गरी अध्ययन सामग्री संकलन र प्रयोग गरिएको छ ।

    क्रियाकलाप नं. २ :

    वनस्पति सर्वेक्षणः अध्ययन क्षेत्र भित्रको सामुदायिक वनको विभिन्न प्रकारका वनस्पतिहरुको स्थलगत अध्ययनबाट सर्वेक्षण गरी वनमा पाइने रुखहरुका जात र सवभन्दा अग्लो जात ढया्ब्ग्रे र गोब्रे सल्ला तथा खस्रुका रुखहरुले उचाई लिएको छ । साथै सामुदायिक वन आसपासमा पशुपालन गरी वस्ने गाइपालक कुषक गोठाला बाट वनमा पाइने वन्य जन्तु, जडिवुटी, लाली गुराँस, चिमालका प्रकारहरु वन्यजन्तु तथा मुनाल, कालिज लगायत पंक्षीका प्रकारहरु समेतको तथ्याङ्क संकलन गरिएको छ ।
    क्रियाकलाप नं. ३ :

    वनसम्पदा उपयोग सर्वेक्षणः विभिन्न व्लक का ४० घरधुरीलाई छनौट गरी सामुदायिक वनमा प्राप्त वन सम्पदाको प्रयोग जस्तो काठ, दाउरा, जडीवुटी, घाँस, सोत्तर पत्तकर चरिचरण आदिको जानकारी लिएर अध्ययन सामग्री संकलन कार्य पूरा गरिएको छ ।

    क्रियाकलाप नं. ४ :

    तथ्याङ्क विश्लेषण: स्थलगत अध्ययन बाट एवं संकलित तथ्याङ्कलाई जाँचकीको माध्यमबाट आवश्यक परिक्षण गरी आवश्यक टेवल तथा चित्रहरु आदिको सरल प्रयोग मार्फत तथ्याङ्कको विश्लेषण प्रयोगबारे गरिएको छ । अध्ययन भ्रमणबाट प्राप्त तथ्याङ्क तथा सामुदायिक वन उपयोगमा संलग्न उपभोक्ता समितिका सदस्य हरुलाई सामान्य प्रश्नावलीको माध्यमबाट प्राप्त तथ्याङ्क तथा जिल्ला वन कार्यालय, गाउँ विकास समितिको कायाएलय र सामुदायिक वन समितिबाट प्राप्त वित्तिय तथ्याङ्कहरुलाई तालिकीकरण र तुलनात्मक विश्लेषण गरी आवश्यक तालिका तथा चित्रहरुमा प्रयोग गरिएको छ ।

    १.७. तथ्यांकको व्याख्या तथा विश्लेषण
    यस लुबरुपा गाउँपलिकाको जम्मा जनसंख्या ५,५२० रहेको छ । यस क्षेत्रमा ९४७ घरधुरी संख्या छ भने पुरुष २६७४ र महिला २८४६ रहेका छन् । उमेर तथा लैगिंक बनोट तल प्रस्तुत तालिकामा सपष्ट पारिएको छ । क्रियाशिल तथा आत्मनिर्भर जनसंख्या १५ देखि ६० बर्ष भित्रका रहेका छन् । ५४ प्रतिशत वाकी र ४८ प्रतिशत आत्मनिर्भर रहेका छन् । जुन बालबालिका र वृद्धाभित्र पर्दछन् ।

    अध्याय २
    साहित्य समिक्षा
    नेपाललाई विशेष ध्यान दिएर जल प्रदुषणको समिक्षाः
    पानी एक महत्वपूर्ण रसायनिक र आणविक पदार्थ हो जसको कारण जीवनको अस्तित्व सम्भव भउको हो । तसर्थ पोखरी र प्राकृतिक जल निकायहरुमा पानीको गुणस्तर विश्व स्वास्थ्य संगठन वा राष्ट्रिय मापदण्डले तोकेको मानक सीमा पुरा गनूृपर्दछ, पानी प्रदुषण तब हुन्छ जब हानिकारक पदार्थहरु जस्तै रसायन वा सुक्षमजीवहरुले खोलाहरु, नदिहरु, तालहरु, महासगरहरु, जलचरहरु वा पानीको अन्य निकायहरुलाई दुषित गर्छन् र जसले पानीको गुणस्तरलाई मानेन् र वातारणको लागि विषाक्त बनाउँछ (यो अध्ययन जनवरीदेखि मार्च २००० सम्मको अवधिमा गरिएको थियो । प्रकाशित लेख, जर्नल, थेसिस, म्यानुअल, मापदण्ड आदि विभिन्न स्रोतबाट संकलन गरी विस्तृत रुपमा अघि बढाएको थियो । पिउने पानी रोगजनक जीवहरुबाट गर्नुपर्दछ, कम सांहिता भएका यौगिकहरु जुन तीब्र रुपमा विषाक्त हुन्छन् । जिम्मेवार निकायले, पोखरी, खोलानाला लगायत पानीका विभिन्न स्रोतमा हुने जलप्रदुषणलाई संरक्षण र न्यूनिकरण गर्ने योजना बनाउनुपर्दछ । जिम्मेवार निकायले खोलानाला लगायत पानीका विभिन्न स्रोतमा हुने जल प्रदुषणलाई संरक्षण र न्यूनीकरण गर्ने योजना बनाउनुपर्दछ ।

    अध्याय ३
    ३.५. अनुसन्धानको पद्धती (Relational of the selection of study area)
    नेपालमा वन उद्यम विकासका सम्भावित अवसरहरू
    नेपालमा करिब सत्ताइस लाख हेक्टर कृषियोग्य जमीन छ । यसको ठिक दोब्बर पचपन्न लाख हेक्टर वन क्षेत्र छ । सत्ताइस लाख हेक्टर कृषियोग्य जमिनले नेपालका असी प्रतिशत जनतालाई खान, लाउन र काम गर्नका लागि अवसर प्रदान गरेको छ । नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु-याएको छ । तर कृषि क्षेत्रभन्दा दोब्बर क्षेत्रफल भएको वन क्षेत्रले नेपाली जनता र नेपालको आर्थिक विकासमा पु-याएको योगदानको मात्रा धेरै कम छ ।

    यसको अर्थ नेपाल र नेपाली जनताको आर्थिक समृद्धिमा वन क्षेत्रले उल्लेख्य मात्रामा योगदान पु-याउन सकिरहेको छैन । यसो हुनुको प्रमुख कारण नेपालको वनको दिगो व्यवस्थापन नहुनु नै हो। नेपालको वन स्रोतको उचित व्यवस्थापन नहुँदा वन स्रोतको गुणस्तर बिग्रदो अवस्थामा छ भने वनको चोरी निकासीमा वृद्धि भई वन क्षेत्र भ्रष्टाचारको अखडा बन्न पुगेको छ । यी कारणहरूले नेपालमा वन स्रोतमा आधारित वन उद्यमहरूको विकास हुन सकिरहेको छैन । त्यसैले यसतर्फ सरकार, समुदाय, निजी क्षेत्र र सबै सराकारवालाहरूले गम्भीर भएर सोच्नुपर्ने बेला भइसकेको छ ।
    क) काठ उद्यम
    ख) जडिबुटी तथा गैरकाष्ठ उद्यम
    ग) कृषि वन उद्यम
    घ) पर्य–पर्यटन उद्यम
    ङ) पशुपन्छी तथा जनावर पालन उद्यम
    च) वातावरणीय सेवा उद्यम
    छ) कार्बन व्यापार उद्यम
    ज) हरियाली उर्जा वन उद्यम
    झ) जैविक मल वन उद्यम
    ञ) खनिजजन्य उद्यम

    ३.६. अन्यवर्णात्मक अनुसन्धान (Relational of the selection of study area)
    नेपालमा वन उद्यम विकासका फाइदाहरू कुनै पनि देशको आर्थिक समृद्धिको मूल आधार भनेको प्राकृतिक स्रोतको उपलब्धता, ती स्रोतहरूको दिगो व्यवस्थापन, उपयोग र उद्यमशीलता तथा उद्यमहरूको विकास नै हो। नेपालको वन जङ्गल महत्वपूर्ण प्राकृतिक स्रोत हो । यसको दिगो व्यवस्थापन, उद्यम व्यवसायको सञ्चालन तथा विकास गरेर समृद्ध नेपालको निर्माण गर्न सकिन्छ । यसरी हरियाली वन उद्यम सञ्चालन गर्दा नेपालको ग्रामीण विकास, स्वरोजगारी वृद्धि र दिगो अर्थतन्त्र विकासमा महत्वपूर्ण योगदान पुग्दछ । हरियाली वन उद्यम विकासबाट हुने फाइदाहरूको बारेमा यहाँ केही चर्चा गरिएको छ ।

    क. हरित स्वरोजगारी सिर्जना गर्ने
    नेपालमा सामुदायिक वनको क्षेत्रफल १७ लाख हेक्टरभन्दा धेरै रहेको छ । सत्र लाख हेक्टर सामुदायिक वन क्षेत्रफल सहित नेपालमा करिब पचपन्न लाख हेक्टर वन क्षेत्र रहेको छ । नेपालको कृषि भू–भागको दोब्बर वन भू– भाग रहेको छ । नेपालमा एक हेक्टर कृषि क्षेत्रफलबाट कम्तीमा एउटा परिवार वा छ सात जनालाई स्वरोजगारी प्राप्त भइरहेको छ । तर यो मात्रा वन क्षेत्रको हकमा निकै कम हो । यसले के कुराको सङ्केत गर्दछ भने नेपालमा वनको दिगो व्यवस्थापन गरी रोजगारी बढाउनु पर्ने आवश्यकता देखिन्छ ।
    नेपालमा वन स्रोतको दिगो व्यवस्थापन गरी एक हेक्टर वन क्षेत्रबाट बढीमा पाँच छ जनालाई स्वरोजगारी प्रदान गर्न सकिन्छ । यसो गर्दा नेपालको कूल वन क्षेत्रलाई व्यवस्थापन गर्दा दुईदेखि तीन लाख जनाका लागि रोजगारी सिर्जना गर्न सकिन्छ । तर यसका लागि ठूलो लगानीको आवश्यकता र भौतिक पूर्वाधार विकासको आवश्यकता पर्दछ । त्यसैगरी नेपालको कतिपय वनक्षेत्र पहुँचभित्र पनि रहेको छैन । नेपालका १८ हजारभन्दा धेरै सामुदायिक वनहरूमध्ये प्रायः सबै सामुदायिक वन क्षेत्र दिगो व्यवस्थापनका लागि योग्य रहेका छन् ।

    ख) युवा तथा जनशक्तिको पलायनलाई रोक्ने
    नेपालमा बेरोजगारी समस्या कहालीलाग्दो छ । ग्रामीण र दुर्गम क्षेत्रमा भौतिक पूर्वाधार र बजार विस्तार हुन सकिरहेको छैन । त्यसैले ग्रामीण क्षेत्रबाट मानिसहरू सहरी क्षेत्रमा बसाइसराइ गर्ने र नेपालबाट कामका लागि विदेश जाने युवा जनशक्तिको सङ्ख्या ठूलो छ । यस्तो बसाइसराइ र विदेश पलायनले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र पारिवारिक संरचनामा निकै दुरगामी असर पारिरहेको छ । यस्तो बसाइसराइ र विदेश पलायन कसैको रोजाइको विषयभन्दा पनि बाध्यताको कारण बनेको छ । त्यसैले नेपालको सामुदायिक वन उद्यमहरूले कम्तीमा पचास लाख स्वरोजगारी सिर्जना गर्दा युवा तथा जनशक्तिको सहर र विदेश पलायनलाई रोक्न मद्दत पुग्न सक्दछ । सामुदायिक वन लगायत अन्य वनहरूको दिगो व्यवस्थापन गरी वन उद्यम सञ्चालन गर्दा स्वदेशमै रोजगारी गर्नेको सङ्ख्या बढ्न जान्छ । त्यसैले सामुदायिक वन उद्यमको एउटा महत्त्वपूर्ण फाइदा भनेको युवा तथा जनशक्तिको विदेश पलायनलाई रोक्ने हुन्छ ।

    ग) गरिबी न्यूनीकरण
    नेपाल गरिबी र भोकमरीको चेपुवामा छ । नेपालका ग्रामीण र दुर्गम भेगका जनताहरू खाना नपाएर मृत्युवरण गर्नु परिरहेको तितो यथार्थ हाम्रो सामु छर्लङ्ग छ । यसो हुनाको प्रमुख कारण अहिलेसम्म नेपालमा भइरहेका सबै विकासका पहल तथा प्रयासहरू प्रभावकारी नहुनु हो।

    गरिबलाई खान दिएर मात्र पुग्दैन उनीहरूलाई सीप सिकाई उद्यमी बन्न सिकाउनु पर्दछ । कुनै पनि उद्यम गर्नका लागि विद्यमान प्राकृतिक स्रोतहरू जस्तैः-जल, जङ्गल र जमीनमा गरिबको अधिकार स्थापित गर्नु पर्दछ । गरिब विपन्नलाई उद्यमी बन्ने अवसर प्रदान गर्नु पर्दछ । त्यसैले सामुदायिक वनको दिगो व्यवस्थापनका माध्यमबाट सामुदायिक वन उद्यमको विकास गरी देशको गरिबी न्यूनीकरण तथा बेरोजगारीको जल्दोबल्दो समस्या घटाउन सकिने सम्भावना छ । नेपालको सामुदायिक वन र अन्य वन क्षेत्रको दिगो व्यवस्थापन गरेर दिगो रूपमा वन उद्यमहरू सञ्चालन गर्ने हो भने आगामी दश वर्षमा नेपालमा गरिबी निवारण हुन्छ । यसकारण गरिबी निवारण सामुदायिक वन उद्यमको एउटा महत्त्वपूर्ण फाइदा हो ।

    घ) दिगो वातावरण संरक्षण
    सामुदायिक वन उद्यम सञ्चालनका लागि वनको दिगो व्यवस्थापन अनिवार्य छ । नेपालका वनहरूमा दिगो व्यवस्थापनका कार्यहरू नहुँदा वनको गुणस्तर बिँग्रदो छ । यसले वन संरक्षणमा भन्दा वातावरण बिगार्नमा सहयोग पुगेको छ । वनहरू हरियो हुँदैमा स्वच्छ र राम्रो तथा मानिस मोटो हुँदैमा स्वस्थ र तन्दुरुस्त हुँदैन । वन हरियो भएर वनभित्र रूख विरुवाहरूको पुस्तान्तरणको (साना विरुवाहरू र विभिन्न उमेर समूहका विरुवाहरू) विषयलाई राम्ररी व्यवस्थापन गरिएको छैन भने त्यस्तो वन स्रोत एकै अवधिमा समाप्त हुन सक्छ ।

    नेपालका सामुदायिक वनहरूको अवस्था प्रायः यस्तै छ । त्यसैले सामुदायिक वनलाई दिगो बनाउनका लागि दिगो वन व्यवस्थापन आवश्यक छ । दिगो वातावरण संरक्षणका लागि वनको दिगो व्यवस्थापन अनिवार्य छ भने दिगो वन व्यवस्थापन नभई कुनै पनि सामुदायिक वन उद्यम पनि दिगो रूपमा विकास र सञ्चालन हुन सक्दैन । त्यसैले नेपालको हरियो वन र सामुदायिक वनलाई निरन्तर रूपैयाँ निकाली रहने धनयन्त्र बनाउनका लागि वनको दिगो व्यवस्थापन र वन उद्यम सञ्चालन र विकासमा आजैदेखि लाग्नु पर्दछ ।

    दिगो वन व्यवस्थापनलाई धनयन्त्र बनाउनका लागि आइपर्ने सबै बाधा व्यवधानहरूलाई समुदाय, निजी क्षेत्र, सरकार, र सबै सरोकारवालाहरूको सहकार्य आवश्यक छ । यसकारण समृद्ध राष्ट्र निर्माणका लागि प्राकृतिक स्रोतको दिगो व्यवस्थापन र वन उद्यम विकासका लागि हामी सबैले सहकार्य, सहमति र सफलतामय यात्राको प्रारम्भ गरौं र हरियो वनलाई दिगो यसरी नै मैले यो शिर्षक छानेको कारण सजिलो वा आफनो ठाउँको वरपर जान सकिने वार्तालाप हुन सकिन्छ त्यही भएर यो शिर्षक छानिएको हो ।

    ६.७. अनुसन्धानको ढाँचा (Relational of the selection of study area)
    क. वर्णनात्मक अनुसन्धान ढाँचा
    वर्तमान अवस्थामा अस्तित्वमा रहेको अवस्थाहरुका बारेमा अध्ययन गरी सूचना संग्रह गरी निष्कर्ष निकाल्न प्रयोग गरिने अनुसन्धान ढाँचालाई वर्णनात्मक अनुसन्धान भनिन्छ । यसमा विशेषगरी कुनै समुदाय समुह, जम्मा आदिको सही तरिकाले वर्णन गर्ने र तीनका बारेमा सम्पूर्ण विवरण बुझने उदेश्य राखिएको हुन्छ ।

    ख. व्याख्यात्मक अनुसन्धान ढाँचा
    कुनै पनि सामाजिक घटनाको बारेमा अध्ययन गर्दा ती घटनाहरु वा विषयहरु किन घटिरहेका छन् भन्ने थाहा पाउने घटनाको व्याख्या गरिने ढाँचा नै व्याख्यात्मक अनुसन्धानात्मक ढाँचा हो । यस प्रकारको ढाँचामा अस्तित्वमा रहेका पूर्वतः सिद्धान्तहरुको परीक्षण गर्ने उदेश्यहरु पनि राखिएको छ ।

    अध्याय ३
    ५.१. साराशं (Summary)
    मानव समाज विकासको लागि तथा प्राणी जीवन र जगतकै अपरिहार्य प्राकृतिक श्रोत तथा साधनमध्ये एक प्रमुख साधन वनसाधन हो । मानवीय सामाजिक तथा आर्थिक क्रियाकलाप संचालन गर्न मात्र होइन मानव जीवनको लागि उचित एवं सन्तुलित वातावरण कायम राख्नमा समेत उत्तीकै महत्वपूर्ण भूमिका वन साधन एवं स्रोतको रहेको छ । यसलाई उपयोग गर्न पनि अन्य प्राकृतिक साधनको तुलनामा सरल हुने हुनाले पनि वनसाधन देशकै प्रमुख प्राकृतिक साधनको रुपमा मानिन्छ र सोही अनुसार प्रयोग पनि गर्दै आएको पाइन्छ ।
    वन विकासमा वाधा पु-याउने प्रमुख तत्व नै मानव क्रियाकलाप हो भने वन विकासको लागि पनि मानव चेतनामै भरपर्दछ भन्ने ठहर तथा निष्कर्ष यस अध्ययनको रहेको छ ।

    यस अध्ययनमा सामुदायिक वनको मह्रत्व, तथा फाइदा, वेफाइदा समेतको विश्लेषण गरिएको छ । साथै वन विनासका कारण र प्रभावहरु समेतको छोटो विश्लेषणात्मक अध्ययन गरिएको छ भने अध्ययन क्षेत्रभित्र पर्ने सामुदायिक वनमा प्राप्त वनजंगलका प्रकारहरु छुट्टाई वन पैदावारबाट प्राप्त आर्थिक पक्षलाई समेत उल्लेख गरिएको छ । मकैबारी ठूलोडुँड सामुदायिक वनमा पाइने वोट विरुवा तथा रुखहरुमा सबैभन्दा बढी ढयाब्ग्रे सल्ला, गुराँस, खस्रु, वान्टे र भोजपत्र पाइन्छन । घरेलु उद्योग संचालनको निम्ति आवश्यक कच्चा पदार्थ लोक्ता, मालिभेँ, निगालो प्रशस्त मात्रामा पाइनु यस सामुदायिक वनको प्रमुख वि शेषता नै हो । साथै जडीवुटी प्रसस्त मात्रामा यस सामुदायिक वन क्षेत्रमा पाइन्छन् । सबैभन्दा कम रुखहरुको घनत्व भित्ते वनमा रहेको छ । प्रति हेक्टर २२७ रुखहरु रहेका छन । ठूलोडुँड वनमा ३०३ र छिन्टापु वनमा ४३३ रुखहरु प्रति हेक्टर रहेका छन् । यिनीहरुको बीचमा घनत्व र दूरीको परस्पर सम्बन्ध रहेको छ । यसो हुनुको मुख्य कारण भित्ते वन मानव वस्ती नजिक र छिन्टापु वन मानव बस्तीभन्दा धेरै टाढा पर्नाले नै हो । वनको बढी घनत्व छिन्टापुमा र कम घनत्व भित्ते वनमा रहेको छ । अन्य जंगलको घनत्व मध्यम प्रकारको रहेको देखिन्छ । साथै सबैभन्दा अग्लो ठूलो रुख ढयाब्गे्र सल्ला र गोबे्र सल्ला रहेका छन् ।

    नापका हिसाबले हेर्ने हो भने सालाखाला उचाइ २० देखि २९ मी.र मोटाई ५ देखि ७ मी. सम्मको रहेका पाइन्छ भने अत्यन्तै पुरानो वा धेरै पहिलेको लगभग ३७० बर्षे रुखहरु पनि सल्लाकै रहेको पाइएको छ । यसरी हेर्दा ढयाब्ग्रे सल्लाको रुखहरुले अन्य जातका रुखहरुलाई ओझेलमा पारी विकास हुनबाट वञ्चित गरिरहेको देखिन्छ । ठूलोडुँड क्षेत्रमा भने हार्भेमिना पाखा वन र भित्तेमा खसु्रको वाहुल्य रहेको छ । अन्य वनमा वान्टे, कटुस जातको रुखहरुको प्रधानता रहेको छ ।

    मकैबारी ठूलोडुँड सामुदायिक वनको भित्ते र गुप्ती वन तिव्रगतिमा विनास भइरहेको छ । उक्त वन विनासको प्रमुख कारण दाउरा र घर निर्माण सामग्रीको निम्ति रुख काटनु हो । यस्तै सालैपिच्छे हाँगा काटनु को साथै खोप्ने, बोक्रा उकाउने, ढाल्ने आदि समेत गरेको पाइन्छ । भित्ते वन हाँगा छास्ने २४ प्रतिशत, ढाल्ने ३१.९ प्रतिशत, खोप्ने १४.३ प्रतिशत र बोक्राउने ३ प्रतिशत रहेको छ । यस्तै ठूलोडुँड वन हाँगा छास्ने १७ प्रतिशत, ढाल्ने ८.३ प्रतिशत, खोप्ने १२.५ प्रतिशत र बोक्राउने ५ प्रतिशत तथा छिन्टापु वनमा हाँगा छास्ने २० प्रतिशत, ढाल्ने ७.३ प्रतिशत, खोप्ने ९ प्रतिशत र बोक्राउने काम ३ प्रतिशत रहेको छ ।

    ५.२. निष्कर्ष र सिफारिसहरु :
    यस अध्ययनबाट के निष्कर्षमा पुग्न सकिन्छ भने भित्ते वन विनास तत्काल रोक्ने प्रभावकारी कदम चाल्नु पर्दछ । तव मात्र अन्य ब्लकको तुलनामा वन जोगाउन सकिन्छ । ठूलोडुँड र छिन्टापु वनपैदावार उचित रुपमा व्यवस्थापन गर्न सके स्थानीय उपभोक्ताहरुको आर्थिक एवं सामाजिक जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ । उक्त सामुदयिक वनमा खुल्ला पशुचरणलाई रोकी अझ व्यवस्थित गर्न वाँकी नै देखिन्छ । तुलनात्मक रुपमा भित्ते र गुप्ती वनको भन्दा हार्भेमिना पाखा, छिन्टापु र ठूलोडुँड वनको वन पैदावार बढी उपयोगी रहेको छ । हालसम्म विनास पनि कम मात्रामा भएको पाइन्छ । यी दुई वन बढी विनास र अन्य तीन ब्लक सुरक्षित रहनुको प्रमुख कारण वन नजिक बढी वस्ती तथा वढ्दो जनसंख्याकै प्रभाव हो ।

    सामुदायिक वन गठन पूर्व समय भन्दा गठन पश्चात वन व्यवस्थापन तथा संरक्षण पक्ष सबल भएको पाइएको छ । उक्त सामुदायिक वनमा प्राप्त वन पैदावार खासगरी काठ, घरेलु उद्योगको कच्चा सामग्री, जडीवुटी तथा पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै अगाडि बढेको खण्डमा मकैवारी ठूलोडुँड सामुदायिक वन विकासको माध्यमबाट स्थानीय उपभोक्ता समूहको आर्थिक एवं सामाजिक भविष्य समेत समृद्ध वन्दै जाने देखिन्छ । त्यसकारण समुदायमा हस्तान्तरण पश्चात वन संरक्षण, सम्वद्र्धन गर्ने दायित्व स्थानीय उपभोक्ता समूहले आफ्नै भएको वोध समेत गरेको पाइन्छ । फलस्वरुप उक्त वन विकासको प्रवल सम्भावना रहेको छ ।

    ५.३ सिफारिस तथा सुझावहरु
    क) स्थानीय उपभोक्ता समूह र उपभोक्ता समिति सदस्यहरुमा वन विज्ञान तथा वन विकास सम्बन्धी अवधारणा, ज्ञान, सीप, आदि पक्षमा सैद्धान्तिक एवं व्यवहारिक ज्ञानको अभाव देखिन्छ । परम्परागत ढाँचामा वन विकासमा सम्लग्न समूहहरु लागिपरेको देखिन्छ । तसर्थ परिश्रम वमोजिमको परिणाम पाइरहेका छैनन । त्यसैले अन्दाजकै भरमा वनलाई विकास गर्ने रुढीगत व्यवहारको अन्त्य गर्न हरेक वन उपभोक्ता सदस्यहरुलाई नर्सरी गर्ने, वृक्षारोपण गर्ने, वेर्ना तयार पार्ने, वन गोलमेड गर्ने, हाँगा काठने अग्नी नियन्त्रण रेखा कोर्ने जस्ता प्र मुख विषयमा तालिमको व्यवस्था गरी तालिम दिनु अनिवार्य देखिन्छ ।

    ख) अध्ययन क्षेत्र भित्रको वन विनास रोकी वन संरक्षण गर्न प्रभावकारी कदम चाल्नु अनि वार्य भइसकेको छ । इन्धनको वैकल्पिक उजाको व्यवस्था गर्न सके, वढदो चरिचरण नियन्त्रण, जनसंख्या वृद्धिदरमा रोकथाम, खोरिया प्रथाको अन्त्य, रोजगारको सृजना, आर्थिक तथा सामाजिक चेतनाको विकास, काठ निकासीमा रोक लगाई वैकल्पिक आर्थिक श्रोतहरुको पहिचान र परिचालन उक्त वन संरक्षणमा थप सहयोग पुग्ने र वन विनासमा नियन्त्रण गर्न सकिने देखिन्छ ।

    ग) उक्त सामुदायिक वन विकास गर्न र तिव्र गतिमा भइरहेको विनासलाई रोकथाम तथा नियन्त्रण गर्न प्रभावकारी सामुदायिक वन नीति नियमहरु निर्माण गरी स्थानीय जनताको बीचमा अत्यन्तै प्रभावकारी रुपमा कार्यान्वयन ग रे वनश्रोत तथा साधनलाई प्रभावकारी रुपमै विकास गर्न र प्राप्त वनसाधनलाई भविष्यसम्म जोगाई राख्नको साथै स्थानीय जनताहरको आर्थिक जीवनस्तर माथि उठाउन थप सहयोग पुग्ने देखिन्छ ।
    प्रस्तुत क्रियाकलापहरु सचेत रुपमा अगाडि बढाउने हो भने उक्त सामुदायिक वन विकास तथा संरक्षण गर्नमा सहयोग पुग्नु मात्रै होइन जिल्लाकै उदाहरणीय सामुदायिक वन सावित हुन सक्ने आधारहरु देखिएका छन् ।

    सन्दर्भग्रन्थ :
    भक्त सापकोटा
    शहर÷ग्रामिण विकासका अभ्यासहरु
    विद्यार्थी पुस्तक भण्डार, काठमाण्डौँ, २०८०

    CBS, (2001 ), Population Census of Nepal , Central Bureau of Statistic, Kathmandu: NPC/HMG/N.
    D.F.O. (2002/2003), Forest Work Plan: An Overview (First Edition), Pancthar: Makaibari Thulodud Community Forest
    Gurung R. (2001), Status and Dynamic of Forest in Jumla District, Nepal, Masters Degree Dissertion, Kirtipur: T. U., C.D.G.

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्