
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनलाई साझा दस्तावेज बनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले चारवटा प्रतिवेदनलाई सर्वसम्मतिले अनुमोदन गरेपछि प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने विषयमा छलफल गरेको हो ।
यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने राष्ट्रिय महाधिवेशनमा सो दस्तावेजमा छलफल गरिने छ । महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीले अहिलेसम्म गरेका तयारीबारे जानकारी गराइएको बैठकमा आर्थिक व्यवस्थापनका विषयमा समेत छलफल गरिएको पोलिटब्यूरो सदस्य भाष्कर काफ्लेले जानकारी दिए ।
छनोट गरिएका प्रतिनिधिको कुल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि, क्षेत्र, भूगोल, समावेशी ढङ्गले सन्तुलन मिलाएर विवादरहित तरिका मनोनयन गर्ने विषयमा छलफल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)
प्रतिक्रिया दिनुहोस्