images
images
  • पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडरको घोषणा

    चितवन । तेस्रो कृषि–जलावायु युवा लिडरसीप समिट २०८१ ले १०० युवा इको लिडर (पर्यावरणीय युवा अगुवा) को घोषणा गरेको छ ।

    इको लिडरले वर्षभरी हरित कृषि, जलावयु परिवृत्न तथा दिगो विकासका लागि अभियानहरु संंचालन गर्नेछन् । सबै इको लिडरलाई समेटर असार १६ गते १०० युवा इको लिडर्स नेटवर्क गठन गरिएको फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।

    उक्त नेटवर्कमा देभरीबाट २५ वर्ष मुनिका युवाहरु छनौट गरिएको अवस्थीले बताए । उनले १०० युवा इको लिडर छनौट देशभरीबाट प्राप्त ५०० आवेदक मध्येबाट छानिएका बताएका छन् ।

    समिटले १०० युवा इको लिडर्स नेटवर्कको विधान, कार्यविधि तथा ६ महिनाको कार्ययोजना तथा आचारसंहिता समेत पारित गरेको आयोजकले जानकारी दिए । इको लिडरले संकल्प पत्रमा हस्ताक्षर तथा औठा छाप लगाएर हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी कार्य गर्ने र आफ्नो आचरण पनि सोही अनुसार गर्ने संकल्प गरेका छन् ।

    सम्मेलन उद्घाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले गरेका थिए । उहाँले नेपाल सरकारले युवा पलायन रोक्न र युवालाई स्वदेशमै बस्नका लागि दिर्घकालिन कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । विशिष्ट अतिथि बागमती प्रदेश सभाको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले आफू बागमती प्रदेश जलवायुमैत्री कानुन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

    कार्यक्रममा बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष, द एशिया फाउण्डेसनका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिएका थिए । समिटमा तीन ओटा फरक फरक विषयमा कार्यपत्रहरु पेश गरिएको थियो । जसमा महर्षि वैदिक इन्टरनेसनल फाउण्डेनबाट प्रध्यापक जोन कोनहाउसले वैदिक कृषि प्रणालीको बारेमा प्रस्तुत गरेका थिए ।

    त्यसैगरी कृषि तथा वन विश्वविद्यालय सह प्राध्यापक दिेश भट्टले कृषि र जलवायु परिवर्तनका चुनौती र युवाका सवालको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै ओरेक नेपालकाी कार्यकारी निर्देश सुनिता मैनाली जलवायु न्याय र कृषिको बारेमा कार्यपत्र पेश गरेका थिए ।

    त्यस्तै हरित युवा गोष्टीमा १० ओटा कृषि, जलवायु परिवर्तन र युवासँग जोडिएका विषय १० ओटा समूहमा फलफल गरी साधानका उपाय पहिचान गरिएको फोर एच नेपालका उपाध्यक्ष सिता रणपालले जानकारी दिए ।

    समिटको अर्को दिन छानिएका १० ओटा कृषि, जलवायु परिवतनसँग जाडिएका नविन विचारहरु छनौट गरी प्रत्येक युवालाई जनही दशर हजार दिने घोषणा समेत गरिएको आयोजक सरोज कुमार जाशीले बताए । डा. चिन्तमणी योगीले युवालाई जीवन जीउने शैली र युवाको सकरात्मक धारण विकास सम्बन्धी प्रशिक्षण पनि गराएका थिए ।

    १० बुँदे जलवायु परिवर्तन संकल्प पत्र जारी चितवनमा सम्पन्न भएको तेस्रो युवा कृषि–जलवायु युवा लिडरसीप समिटले हरित कृषि तथा जलवायु परिवर्तन सम्बन्धी १० बुँदे संकल्प पत्र जारी गरेको छ । समिटको संकल्प पत्रमा पर्यावरणीय संरक्षणका लागि युवा आफ्नो संकल्प जारी गरेको अवस्थीले जानकारी दिनु भयो ।

    संकल्प पत्रमा युवाले आफ्ना व्यवहार तथा नेतृत्व पर्यावरणमैत्री बनाउने र आफूले समुदायमा जलवायु परिवर्तन न्यूनिकरण तथा रैथाने कृषिको संरक्षणमा लागि पर्ने प्रतिबद्धता जनाएका छन् । र, सरकारसँग जलवायु परिवर्तनका लागि प्रभावकारी नीति ल्याउन पनि माग गरेका छन् ।

    उद्योग, कलकारखाना तथा निर्माणर्काले जलवायु परिवर्तनमा ठूलो असर परेकाले सामाजिक उत्तरदायित्व बजेट मध्ये पर्यावरण संरक्षणका लागि निश्चित बजेट छुटयाउन पनि माग गरेका छन् ।

    समिट २०८१ असार १३ देखि १५ गतेसम्म आयोजना गरिएको थियो । समिटमा भरतपुर महानगरपालिका, द एशिया फाउण्डेशन, नबिल बैंक, नेपाल टेलिकम, कृषि विकास बैंक तथा ओरेक नेपाल सहितका सहकार्य तथा सँझेदारी रहेको आयोजकले जानकारी दिए ।

    खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    मन पर्‍यो (१००%)

    मन परेन (०%)

    तटस्थ (०%)

    रिस उठ्यो(०%)

    प्रतिक्रिया दिनुहोस्

    भर्खरै